ANA 2009...Invitation to Nepe's talk on Federalism

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

A talk by Nepe on Federalism Nepal Forum ANA 2009     · What kind of debate and resolution/confusion are happening in Nepal regarding the issue of “federalism” ? · Why is the idea of “ethnic federalism” bad for Nepal ? · What are the good alternative models ? · Is there an organic model of federalism for Nepal ?   If you are interested in an exploration to find out the answers to these questions, join me in my talk at ‘Nepal forum’ on Friday, 3rd July morning (9:15 AM ) during ANA Convention 2009 in Oakland. CA. I will be presenting relevant facts, data and arguments to argue against the idea of “ethnic federalism” and for a home-grown model of federalism evolved further to achieve cultural inclusion and economic justice to all stakeholders of Nepal. Your attendance and hard questions will be my honor.   Date: Friday, July 3, 2009 Time: 9:15 AM Location: Check the brochure   Looking forward to seeing you there and in other fun events.   Nepe

Nepe · Jun 25, 2009 1:48 PM · 97,094 views

69 Replies · Showing 61 - 69
Page 4 of 4

no one's gonna give a rat's ass about your work. first, all nepalis, no matter where they live, are self-motivated for denial of development and peace. second, ANA is a place i've found to be a place for hunters - both male and females - to seek for an opportunity to get drunk and get laid. and yes, fighting too if time allows. third, instead of organising shitty conferences and spend on drinks and music, donate the money to the needy. अन्तिममा, साँचो कुरा गर्नुपर्दा तिम्रो talk ले भुत्रो पनि केही नेप्पर्दैन। नेपालका जनतालाई सुक्को मतलब छैन देश कसरी विभिन्न क्षेत्रमा विभाजित हुँदैछ भनेर। शान्ति र स्थिरता भए पुग्छ उनीहरुलाई, अरु केही चाहिन्न।  तिम्रो हुँकार जतिसुकै तिखो भएपनि नेपालमा रहेका जनताको न्यूनतम मागको बारेमा सम्बोधन गर्न सक्दैन भने डुबेर मरे हुन्छ यत्रो पढेको, संसार देखेको र मैँ हुँ भनाउँदाहरूले। नेपालमा भएका त के, यहीँ भएका बौद्विक वर्गले पनि बाल दिँदैनन ANA र त्यसको गतिविधिबारे।  ANA मा आउने मध्ये गनेर २-४ जना नमस्कार गर्न योग्य होलान, अरुलाई त त्यहीँ तलको gas station मा देखिराको हो।

bhikhaari · Jun 30, 2009 1:42 PM

raju161, I apologize for not replying to your message. But that was because I fully agreed with your point. वास्तवमा नै हामीलाई तत्काल चाहिएको शान्ति र कानुनीराज हो । अब त्यस्तो प्राथमिकताको विषय छाडेर तँलाई किन संघियताको विषयमा बोल्नुपर्‍यो भन्नुहुन्छ भने, मैले देखेसम्म संघियता विषयको confusion ले पनि हाम्रो अशान्ति र अराजकतामा केही योगदान पुर्‍याईरहेको छ । पुरै तराईलाई अलग्ग राज्य बनाउनुपर्छ वा ठूलठूला जातीहरुलाई राज्य दिनुपर्छ भनेर लडिरहेका सशस्त्र समुह दखि सक्रिय प्राज्ञहरुले राज्यलाई यसरी तर्साएका छन् कि राज्यले शान्तिको श र कानुनीराजको क पनि सोच्नसकेको छैन तराईका र पहाडका सशस्त्र समुहसंग वार्ता गर्ने रे । तर वार्तामा के भन्ने भन्ने कुरो राज्यलाई थाहा छैन । त्यस्तो छ अवस्था । संघियताको विषय (खास गरेर राजनैतिक पक्ष) अति जटिल बनिसकेको छ । यो नसुल्झाईकन नेपालको तराईमा चलिरहेको  र केही पहाडी भेगमा समेत शुरु हुन लागेको जातिय रंगको अराजकता हट्नेछैन । त्यसकारण म आफै सिकारु हुँदाहुँदै पनि मैले सिकेका कुरा र मेरा केही मन्थन बाँड्न खोजेको हुँ । त्यत्ति हो ।   *** *** *** *** *** *** *** ***   Bhikhari, ANA को limitation बारेमा सहमत छु । 4000-5000 सहभागीमा मुश्किलले 50 जना forum सुन्न आउँछन् । ANA मा हुने खर्च बरु कुनै परोपकारमा लगाउनुमा पूण्य छ भन्ने कुरामा पनि सहमतै छु । तर जीवनको विविधता अस्वीकार गर्न हुन्न । परोपकार, सरोकार, स्वैच्छा, यौनेच्छा यी सब जीवनका स्वाभाविक र स्वीकार्य पाटोहरु हुन् । त्यसरी हेर्नुपर्छ भन्छु म ता ।   Nepe

Nepe · Jun 30, 2009 3:25 PM

विचलित वर्तमान   आफुले देख्ता दुइ ढुङ्गा बिचको तरुल जस्तो तर विश्वले देख्ता दुइ तरुल बिचको सानो ढुङ्गा जस्तो बुद्ध र सगरमाथाको बिज्ञापनले सधै पेट भर्ने सोचिरहेको अस्त व्यस्त, तर आफैंमा मस्त – कमल पित्तको रोगी जस्तो बुढो कुकुर ले हड्डी चुस्ता खाएको आफ्नै रगत जस्तो आँफैसँग को युद्धमा  आँफै पराजित अविरल स्खलित, पल पल विचलित मानौ झम्टी रहेंछ्न्‌ एक हूल बाजहरु प्रगाढ निद्रामा सुतिरहेका परेवाहरु । देवकोटा लेख्यौ - नेपाल, सुन्दर, शान्त, विशाल सुन्दर त डढेलो लागेर सकिएका  जङ्‌गलहरु पहिरोले बगाएका पाखाहरु वर्तमानको त्रासदीमा सपना खोजिरहेका निर्दोष आँखाहरु शान्त त हिउँको चिसोमा पनि पड्‌किरहेछ ज्वलामुखि दिउँसै हराउँदै गइरहेछन्‌ दक्षिणकाली र बगलामुखी कसैलाई क्रान्तिको भ्रान्ति, कसैलाई शान्तिको भ्रान्ती विशाल त चार लाख छत्तीस वर्णमा बिभाजित नाकको उचाइ र आँखाको गोलाइमा बिभाजित आमाको जिब्रो र बाबुको बिडोंमा बिभाजित   नेपाल, सुन्दर, शान्त, विशाल हाम्रा टिशीयन र टर्नर अरबमा भेडा चराइरहेका होलान्‌ असारको पन्ध्र मा अचेल कालीदास धाराप्रवाह गोली चलाइ रहेका होलान्‌ औंसी मा जुनकिरी खोज्दै गरेको, अनि मरुस्थल मा पानीको थोपो, दग्ध, स्तब्ध, त्रसित, विचलित अव्यक्त पीडामा मौन, विकलित।

Gokul · Jul 1, 2009 10:32 AM

नेपेजी, तपाइ आफ्‌नो ब्रम्हले देखेको र हृदयले सुनेको कुरा भन्ने मान्छे हो । गणतन्त्र गर्भमा हुदा आशावादी हुनुहुन्थ्यो । अहिले गणतन्त्रको गर्भबाट गन्‌तन्त्र र मन्‌तन्त्रको मुसल निस्केको छ, जस्ले सबै सम्हार गर्नेछ समयमै सोच बिचार पुर्याएन भने । त्यही त्रासदीबोध गराउन खोज्दैहुनुहुन्छ, त्यसको लागि धन्यबाद । बर्सौ अगाडि भएको साझाको छलफलमा मैले आफ्नो संशय व्यक्त गरेको थिएं – कतै हाम्रो देश   नाकको उचाइ र आँखाको गोलाइमा बिभाजित आमाको जिब्रो र बाबुको बिडोंमा बिभाजित   हुने त हैन? भनेर किनभने हामीसंग बेग हैन आबेग छ, हाम्रो राष्ट्रप्रेम आफनो देशको माया मा हैन, छिमेकी देशको घृणामा अडेको छ We can do revolution, but no evolution. जबसम्म घृणाको राष्ट्रवादबाट हामी प्रेमको राष्ट्रवादमा evolve हुदैनौ, हाम्रो कुनै राष्ट्रिय लक्ष र गन्तव्य हुनेछैन । Until that knowledge dawns on us, we will keep bickering and fighting, tearing apart all the fabrics of our society and nation. At the end when everything will be quiet on the western front, we will realize how stupid and shortsighted we were. We will learn only in a very hard way. We will dearly pay for our selfishness, greed and arrogance. This is the irrefutable law of nature and we cannot escape that.

Gokul · Jul 1, 2009 11:07 AM

Recycled and old, but unfortunately more relevant than ever before. मेरो देश दिनहु हत्याको डेबिट र क्रेडिट हिसाब राखेर नाफाको खोजीमा हिडिरहेको व्यापारी जस्तो – मेरो देश   एक्काइसौं शताब्दीको पहिलो यात्रामै भविष्य जति चुर्लुम्म डुबेको विवश, असहाय टाईटानिक जस्तो – मेरो देश   आफ्ना अंगहरू अचानोमाथि चोक्टिदैं लुछिदै गर्दा पनि रुन नसकेर टुलुटुलु हेरिरहेको बगरेको खसीको टाउको जस्तो – मेरो देश   विवेक र चेतनाको लोड शेडिङ्गले दिउँसै रात पर्ने गरेको अंधेर नगरी जस्तो – मेरो देश    मद– उन्मत्त भएर आफ्नै सम्हार गर्ने यदु वंशीहरू अनि निःसहाय अर्जुन देखेर आक्रमण गर्ने डाकुहरू महाभारतको अन्तिम दृश्य जस्तो – मेरो देश

Gokul · Jul 1, 2009 11:16 AM

गोकुलजी, लामो अन्तरालपछि दर्शन पाईयो । प्रणाम ! कोसेलीको लागि धन्यवाद ! भूपि स्कूलको बेजोड सामयिक कविता – पहिले पनि पढेको हो । कस्तो विचित्रता, यो असामयिक कहिले भएन । Nepe

Nepe · Jul 1, 2009 11:47 AM

Some of the panelists and moderators of the Nepal Forum... And for the friends interested in my presentation, I have hopefully a happy news to share - my work might appear in a form of an article in a periodical in Nepal, although not very soon. With this, I would like to close this thread. I thank all the participants for your thought and emotion provoking comments. I benefited from them. Thank you. Nepe

Nepe · Jul 10, 2009 7:54 PM

Nepe ji how did the event turn out? How many showed up for your talks?

grgDai · Jul 16, 2009 10:17 AM

grgDaiji, It was as expected-- comparable to all other forums but poor in terms of the ratio with the total attendance of the convention. Mine was less speech, more data. So the attendants seem to be finding it educational. And the panelist who presented after mine also frequently referred to some of the data I presented. One interesting anecdote is the ex-minister and now the leader of ‘Terai-Madhes Democratic Party’, Mr. Sarbendranath Shukla, who presented Madhesi issues had to refer to some of the unfriendly data (to the cases he was supposed to make) from my presentation. Here are two such slides.   and Shuklaji did make a point about a short list of ministers from Madhesi group compared to one from Pahadi group (not shown). However, if you look at the surnames of the Madhesi minister and compare that with the total population of those castes, they do not lag much behind. At least they are enjoying much better representation than that of the most unfortunate groups, dalits and muslims. But the more important data would be the representation of Madhesi group in the current Constituent Assembly. As a bulk, they are represented absolutely proportionately. But the most unfriendly (to high caste Madhesi elite’s cause) data is the following splitting of high caste Madhesis and dalit Madhesis’ representation. High caste Madhesis is actually enjoying disproportionately high representation in the Constituent Assembly.   Terai populations and representation in Constituent Assembly: Groups Population Representation in CA Tharu and other adivasi 16 % 18 (15.5%) Terai high caste and Muslim 34 % 56 (48.3%) Hill group (Bahun, Chhetri, Janajati) 36 % 39 (33.6%) Dalit (Terai and Hill) 14 % 3 (2.6%) Total 100 % 116 (100%) Source: Jyoti Danuwar, 2008 Now, does some Madhesi parties’ demand for ‘One Madhesh, One Pradesh’ make any sense ? Absolutely not. And it was good to hear from Sarbendranath Shuklaji at the forum that ‘One Madhes, One Pradesh’ is not an immediate demand/agreement of Madhesis. That’s all for now. Nepe Last edited: 16-Jul-09 03:16 PM

Nepe · Jul 16, 2009 3:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all