नेपालमा दन्डहिनता - एक झलक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो धागोमा नेपालमा भईरहेका दन्डहिनताको उदाहरणहरु टाँस्नहुन तथा छलफल गर्नुहुन अनुरोध छ। तलको उदाहरण पक्कै नै दन्डहिनता हो। यसरी सानो भन्दा सानो कुराले (घरायसी मामाला) पनि सर्वसाधारणलाई पीर मार्का पार्नु पक्कै नै अपराध हो। त्यस्तो अपराधीहरु सजाँयको लायक छन्। तर दन्डहिनताको करणले यिनिहरु गर्वकोसाथ साधारण जनतालाई मारमा पारीरहेका छन। श्रीमान श्रीमती झगडामा चक्काजाम श्रीमान र श्रीमतीको झगडाका कारण नेपालगन्जमा एक घन्टा चक्काजाम भएको छ। श्रीमतीले अपहेलना गरेको उजुरी दर्ता गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गर्न खोज्दा बिहीबार दिउसो श्रीमान् समर्थकले पक्राउविरुद्ध चक्काजाम गरेका हुन । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार वैदवारका अनुसार नेपालगन्ज-५ गणेशपुर निवासी साविरा वान हल्वाईले श्रीमान इम्तियाज हलुवाई र उनको घरपरिवारले अपहेलना गरेको उजुरी प्रहरीमा दिएपछि इम्तियाजसँग बुझ्न खोज्दा चक्काजाम गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी कार्यालयमा लगेपछि इम्तियाज पक्षधरले चक्काजाम गरी यातायात अस्तव्यस्त पारे । चक्काजामले सर्वसाधारणलाई अप्ठ्यारो भएपछि श्रीमान र श्रीमतीलाई प्रशासनमा लगेर छलफल गर्ने सहमतिमा एक घण्टापछि चक्काजाम खुलेको थियो । पछि जिल्ला प्रशासन कार्यालयमा २५ वर्षीय इम्तियाजले श्रीमतीलाई अपहेलना नगर्ने कबोल गरेपछि कुरा मिलेको थियो । सोही विषयलाई लिएर भएको चक्काजाम र तनावले सर्वसाधारण र प्रहरीलाई तनाव मात्र दियो । डिएसपी वैदवारका अनुसार पछिल्ला दिनमा राजनीतिक दलहरुले दिने दबाबका साथै विभिन्न समुदायले पनि प्रहरीलाई अनुसन्धान गरी काम गर्न समस्या पारिरहेका छन् । एक महिनाको बीचमा अपराधको आरोपमा पक्राउ परेका तीन घटनामा गाउँलेद्धारा प्रहरी कार्यालय घेराउ गर्ने काम पनि भए । राजनीतिक दलका स्थानीय तथा केन्द्रीय नेताहरुले कोही मान्छे पक्राउ पर्यो कि आफ्नो पार्टीको भएको भन्दै कारबाही नगर्न धम्की दिएका घटना प्रहरी सम्झनै सक्दैन । प्रहरीका अनुसार कुनै कुनै बेला एउटै मान्छेलाई धेरै पार्टीले आफनो भन्दै छुटाउन दबाब दिन्छन् । तर पक्राउ परेका व्यक्ति कुन पार्टीको हो भन्ने कुरा पक्राउ गर्ने प्रहरीलाई मात्र नभई स्वयम् राजनीतिक दललाई पनि थाहा हुँदैन । Last edited: 25-Jun-09 11:12 AM

harikancha · Jun 25, 2009 11:05 AM · 24,014 views

13 Replies

अपहरणको शृखला बढ्यो (Nayapatrika) सप्तरी/ तराईमा विभिन्न समूहले शृंखलाबद्ध रूपमा सर्वसाधारण तथा कर्मचारीलाई अपहरण गरेको छ। एक सातायता सप्तरीमा आधा दर्जनको अपहरण भएको छ। सरकारले १ माघदेखि तराईका जिल्लामा 'विशेष सुरक्षा नीति' लागू गरेपछि कमी भएको अपहरणको शृंखला फेरि बढेको छ। पछिल्लोपटक अज्ञात समूहले सप्तरीको बदगामाबाट घरमा सुतिरहेका बदगामा गाविस–५ का मोहमद मजबुल सेखलाई अपहरण गरेको छ। उनको अवस्था अज्ञात छ। यसअघि ओखलढुंगामा कार्यरत अहेब बोरिया गाविस–६ निवासी रामदेव ठाकुर र उनका छोरा बब्लु ४ जेठमा अपहरणमा परेका थिए। अपहरणकारीको आँखा छलेर छोरा बब्लु भागेका थिए। रामदेव भने प्रहरीको सहयोगमा अपहरणको चार दिनपछि आइतबार मुक्त भएका छन्। अपहरणको आरोपमा कोचाबखारीको कुपहीबाट श्रीप्रसाद मण्डललाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी, ६ जेठमा सप्तरीको राजविराजबाट सिम्रहासिहियोन गाविस– ५ की गीताकुमारी यादव अपहरणमा परेकी थिइन्। हजुरआमासँगै बजार आउँदा अपहरणमा परेकी उनी पनि भागेर मुक्त भएकी छन्। आपराधिक समूहले केही समययता सप्तरीमा अपहरण, लुटपाट, चोरीका घटना शंृखलाबद्ध रूपमा घटाउँदै आएका छन्। तर, जिल्ला प्रहरी कार्यालयले आपराधिक गतिविधि रोक्न सक्रिय भएको जनाएको छ। सप्तरीका डिसपी सुनदसिंह बस्नेतले भने, …शान्ति–सुरक्षा कायम गर्न प्रहरीले कुनै कसर बाँकी राखेको छैन।' बच्चा अपहरणको त्रास कपिलवस्तु/ बालबालिका अपहरणको हल्लाले कपिलवस्तुमा त्रास फैलिएको छ। अभिभावकले हल्लाकै भरमा छोराछोरीलाई विद्यालय पठाउनसमेत छाडेका छन्। तराईमा केही समयअघि भारतीयले बालबालिका अपहरण गरेको हल्ला सेलाउन नपाउँदै कपिलवस्तुमा पनि यस्तो हल्ला चलेको हो। हल्लाकै भरमा एक सातायता गाउँमा त्रास फैलिएको छ। प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले तराईमा चलेको अपहरणको हल्ला कपिलवस्तुमा पनि चलाइएकाले नडराउन आग्रह गरे। हल्ला फैलिएपछि सीमा क्षेत्रमा कडाइ गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताए।

harikancha · Jun 25, 2009 11:20 AM

</html> <br><br><br>अरुलाई ‌ऐन, धमलालाई चैन !<br> <img src="http://www.nagariknews.com/ima..."><br>काठमाडौं जिल्ला अदालत परिसरमा बिहीबार दिउँसो एउटा स्यान्ट्रो कार टक्क रोकियो। कारबाट सानका साथ झरे रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला। अदालती प्रक्रियाको ‍औपचारिकता सकिएपछि उनी फेरि आरामसँग कारमा चढेर फर्किए।  एउटै अभियोग, उही मुद्दा। धमला सानका साथ बाहिरी दुनियाँको आनन्द लिइरहेछन्। तर एकै अभियोगमा समातिएका अन्य तीन भने हत्कडीसहित जेलबाट अदालत पुर्याइएका थिए। <br>काठमाडौं, असार ११ (नागरिक)- दुई महिनाअघि रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँग आफ्नो भाइ रामशुभक महतो जेलबाट कहिले छुट्छ भनी अनुनय गर्दै थिए एक किशोर। धमला त्यतिबेला रामशुभक अब धेरै दिन थुनिँदैन, छिट्टै बाहिर आउँछ भनी उनलाई आश्वासन दिँदै थिए।<p>न उनी महतोलाई छुटाउन आदेश दिनसक्ने अवस्थामा थिए, न त मुद्दा फिर्ता गर्नसक्ने तहमा नै। उनी हातहतियार तथा खरखजानासमेत तीनवटा 'जघन्य' अभियोग लागेर मुद्दा खेपिरहेका एक पात्र थिए। जुन अभियोग महतो वीरेन्द्र केएम र मनोज महतोमाथि लागिरहेको छ।</p><p>महतोको दाइलाई सान्त्वनाका लागि उनले आश्वासन दिएको करिब साढे दुई महिना भएको छ। तर उनका भाइ रामशुभकलगायत् अरु जेलबाट छुटेनन्, बरु मुद्दा टुंगो लाग्नेबेलासम्म पुर्पक्षका लागि थुनामा राखिए। जिल्ला अदालतले समेत धमलालाई छोड्न आदेश दिए पनि पुनरावेदन अदालतको चैत २८ को आदेशले रिहा भएका थिए।</p><p>उनै धमला बुधबार काठमाडौं जिल्ला अदालतमा बकपत्रका लागि जाँदा स्यान्ट्रो गाडीमा आरामसँग पुगेर हाजिर भए। अदालती प्रक्रिया सके र फर्के तर अरु तीन जना प्रहरीको हतकडीमा बाँधिएर आए। एउटै अभियोग, उही मुद्दा। धमला भने अदालतको आदेशले रिहा भए पनि उनीहरु जेलमा कोचिएका छन्। उनीहरुलाई गत माघ १९ मा राजधानीबाट पक्राउ गरिएको थियो।</p><p>तीनै जनामाथि सरकारी वकिलले हातहतियार तथा खरखजाना ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा एवं अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा चलाइएको थियो।</p><p>'सानालाई ऐन, ठूलालाई चैन'  भन्ने उक्ति नेपालमा पहिलेदेखि नै चल्दै आएको छ।  केही अभियुक्त जेलमा र कोही भने रिहा भएको स्थितिले अहिले पुन: एक पटक त्यही उक्ति सम्झना गराएको छ। यस्तो स्थितिले 'सबैलाई कानुनको समान संरक्षण' भन्ने मान्यतालाई नै चुनौती दिएको कानुन व्यवासायी बताउँछन्।</p><p>'यो त न्याय प्रणालीको दोष हो, हामीले के गर्नु'- रामशुभकले भने। 'धमला र हामीमाथि लागेको अभियोग एउटै हो, हामी भने जेलमा सड्नुपरेको छ', उनले भने- 'न हामी रणवीर सेनासँगको साँठगाँठ, न कुनै आपराधिक क्रियाकलापमै सँलग्न छौं तर यस्तो अवस्था आइपर् यो।' तीमध्ये मनोजले आफू मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) को सदस्य रहेको स्वीकार गरेका छन्।</p><p>प्रहरीले उनको कोठाबाट डेटोनेटर र फ्युज बरामद भएको अभियोगपत्रमा उल्लेख छ। धमला र उनीहरुबीचको अभियोगमा यही आधार र प्रमाण फरक भएकाले उनीहरुलाई थुनामा राखिएको अदालतसम्बद्ध स्रोतले बतायो। यसका साथै धमला र उनीहरुबीच भएको फोनवार्ताको रेकर्ड प्रमाणका रुपमा पेश गरिएको छ।</p><p>तर वीरेन्द्र केएम र मनोजले प्रहरीले बरामदी मुचुल्का नक्कली व्यक्ति राखी खडा गरेको, स्थानीयलाई मुचुल्कामा साक्षी नराखेको, प्रहरीले ती सामान कोठामा 'प्लाण्ट' गरेको जिकीर गरेका छन्। हामीलाई यातना दिई मार्नेसम्मको धम्की दिई धमलासँग मोवाइलमा कुरा गराएको र त्यो अघि कुनै सम्पर्क नभएको महतोले बताए।</p><p>'प्रहरीले जबर्जस्ती बयान गरायो, अदालतमा आई साँचो कुरा भन्यौं, हाम्रै बयानका आधारमा धमला छुटे, रामशुभकले भने- 'एउटै मिसिल प्रमाणमा हामीचाहिँ जेलमा सड्नुपर्ने ?'</p><p>पत्रकार महासङ्घले पनि आवाज उठाओस् भन्ने महतो चाहन्छन। 'महासंघले प्रतिवेदन निकालेर मात्र हुन्न, हाम्रो रिहाइका लागि सक्दो पहल गरोस्'- उनले भने।</p></div><br> <div style="color: maroon; font-size: 10px; font-weight: bold;">Last edited: 26-Jun-09 10:14 AM</div> Last edited: 26-Jun-09 10:15 AM

_ · Jun 25, 2009 11:45 AM

यो त अती भयो अब प्रधानमन्त्रीबाटै दन्डहिनताको समर्थन! धमलालाई छुटाउन अब तिनै जनाको मुद्दा फिर्ता रे! अनी यो पत्रकार महासंघले प्रतिवेदन तयार पार्दैमा मुद्दाको छिनोफानो हुन्छ त? धमलाको मुद्दा फिर्ता लिन सकारात्मक (samachaarpatra) प्रधानमन्त्री माधवकुमार नेपालले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित पत्रकारहरू वीरेन्द्र केएम र रामशुभक महतोको मुद्दा फिर्ता लिन सकारात्मक भएको बताउनुभएको छ। नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा उहाँले तीनैजना पत्रकारलाई न्याय दिनुपर्नेमा आफू गम्भीर भएको बताउनुभएको छ। नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाको नेतृत्वमा गएको टोलीले पत्रकारको सुरक्षा र धमलासहित तीन पत्रकारको मुद्दा फिर्ता लिन आग्रह गरेको थियो। प्रधानमन्त्रीले पत्रकारको सुरक्षा र दण्डहीनताको अन्त्यका लागि गम्भीर भएको बताउनुभयो। महासंघका अध्यक्ष झाले पत्रकारहरूलाई नियोजित रूपमा फसाउन खोजिएको भनी महासंघका तर्फाट प्रतिवेदन र्सार्वजनिक गरिसकिएकाले मुद्दा फिर्ता लिन आग्रह गरिएको बताउनुभयो।

harikancha · Jun 26, 2009 12:34 AM

दलित महिलालाई दिसा कोच्याउने हेडमास्टर्नी अभिनन्दित http://www.nayapatrika.com/new... अर्जुन पौडेल/नयाँ पत्रिका बोक्सीको आरोपमा दलित महिलालाई दिसा कोच्याउने प्रधानाध्यापिका विमला गोलेलाई ललितपुर प्युटारवासीले फूलमालाले स्वागत गरेका छन् । चार दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएकी विमलालाई निर्दोष भन्दै गाउँवासीले अभिनन्दन गरेका हुन् । बोक्सीको आरोपमा प्युटारकी कल्लीकुमारी विकलाई चरम यातनासहित दिसा कोच्याएर फरार भएकी विमलालाई प्रहरीले गत २७ जेठमा पक्राउ गरी चारदिनपछि धरौटीमा छोडेको थियो । 'विमला निर्दोष छिन् भन्दै गाउँलेले उनलाई फूलमाला लगाएर अभिनन्दन गरे,' एक स्थानीयवासीले बताए । दलित महिलालाई यातना दिएको अभियोगमा मुद्दा खेपिरहेकी विमलालाई गाउँलेले उनले पढाउने गडिभञ्ज्याङ प्राथमिक विद्यालयमा स-सम्मान फर्काएका छन् । विमला भोलेन्टिएर्स शिक्षिकाका रूपमा सो विद्यालयमा पढाउँदै आएकी थिइन् । गोलेमाथिको मुद्दा फैसला नै नभइसकेको अवस्थामा उनलाई पूर्ववत अवस्थामा फर्काउन नहुने भन्दै राष्ट्रिय महिला आयोगले विरोध जनाएको छ । आयोगकी सदस्य धनकुमारी सुनारले यस विषयमा कुरा गर्न शिक्षामन्त्रीसँग समय मागिएको बताइन् । 'उनीमाथिको मुद्दा नै फैसला हुन बाँकी छँदै जागिरमा फर्काउनुहुन्न भन्ने हाम्रो माग हो, यस विषयमा शिक्षामन्त्रीसँग कुरा गर्न समय मागेका छौं,' सुनारले भनिन् । सभासद् विनोद पहाडीले विमलालाई शिक्षिकाका रूपमा पूर्ववत् अवस्थामा फर्काइएको विरोधमा जिल्ला शिक्षा कार्यालयमा डेलिगेसन जाने बताए । ललितपुर जिल्ला शिक्षा कार्यालयले भने शिक्षिका विमला स्थायी शिक्षक नभएकाले समुदायले उनलाई बहाली गरे केही गर्न नसकिने जनाएको पहाडीले बताए । विमलाले दिसा कोच्याएकी दलित महिला कल्लीकुमारी दुई महिनासम्म राजधानी बसेर जेठको अन्तिम साता गाउँ फर्किएकी थिइन् ।

_ · Jun 26, 2009 9:56 AM

</html> बोक्सी प्रकरणमा सभासद्को टोलीमाथि आक्रमण प्रयास http://www.onlinepatrika.com/v... काठमाडौं - “चैत ७ गतेका दिन श्रीमानसँगै खेतमा काम गरिरहेकी थिएँ, उनीहरूले दुईजना बहिनीलाई लिन पठाएँ । उनीहरूको घरमा पुग्नेबित्तिकै मनोगत आरोप लगाउँदै कुटपिट, लछारपछार गरे।शुक्रबारको गोरखापत्रमा ललितपुरबाट सीताराम बिलासी लेख्छन्- बोक्सी बकाउने नाममा स्तनको मुन्टा काट्छु भन्दै रेट्न खोजे । बोक्सी हुँ भन्न लगाए । दिसा गर्न लगाएर खान भने । खान नमानेपछि विमला गोलेले मेरो चुल्ठो समातेर मुखमा कोच्याउने काम गरिन्।” सभ्य समाजलाई चुनौती दिँदै बोक्सीको आरोपमा महिलालाई दिसा खुवाउने कामकी पीडित कल्लीकुमारी विकले बुधबार घटनास्थल पुगेका संविधानसभा सदस्य, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला अधिकारवादी एवं पत्रकारहरूलाई दिएको राजधानी उपत्यकाकै एउटा गाउँको घटना विवरण हो यो।ललितपुर जिल्लाको प्युटार गाविसकी कल्लीकुमारीलाई स्थानीय एउटा प्राथमिक विद्यालयकी प्रधानाध्यापक विमला गोले (तामाङ) र उनका इष्टमित्रबाट भएको यो घटनाको समाचार सुनेपछि सभासद्सहितको टोली त्यहाँ पुगेको हो। गालीगलौज र धम्की दिँदै विमलाले आफू र आˆना पतिलाई दुई दिनसम्म उनीहरूले कोठाभित्र बन्धक बनाएर राखेको जानकारी उनले दिए। दुई दिनपछि पनि उहाँहरूलाई त्यसै छाडिएन। दुई वर्षसम्म गाउँमा कोही मर्योध भने टाउको मात्रै दुख्यो भने पनि वा कुनै गाईबस्तु मर्योल भने जिम्मा लिने सर्त गराउँदै घटनाका बारेमा गाउँले बोलाउने, उजुरी गरेमा बोरामा हालेर खोलामा खसालिदिने धम्की दिएको कल्कीकुमारीले बताए।झन्डै ४० वर्ष उमेरकी विकलाई रक्ताम्मे हुनेगरी कुटेपछि बाहिर हल्ला गरेमा वा पुलिसमा उजुर गरेमा ज्यान मार्ने धम्की दिँदै विमला र उहाँका पति एवं जेठाजुले केही दिनदेखि निगरानी राखेका थिए । धामीझाँक्रीको काम गर्ने शेरमान लामाले विकलाई बोक्सीको रूपमा औँल्याएपछि घटनाको पृष्ठभूमि बनेको थियो । घटनापछि विस्थापित हुन पुगेको विक परिवार पुनः आक्रमण हुने त्रासले भयभीत छ। नजिकैको पल्लो गाउँकाले उहाँहरूलाई संरक्षण गर्दै आएका छन् । पीडितको पक्षबाट प्रहरीमा उजुरी दिइए पनि आरोपीहरू पक्राउ परेका छैनन्। आरोपी बिमलाको पक्षमा यहाँको समुदाय एक भएर लागेको छ। उनीहरूका अनुसार घटना गाउँको समस्या भएकाले गाउँमै समाधान गर्नुपर्छ । ढुङ्गा र लाठीसहित बसेका उनीहरूले बुधबार काठमाडौँबाट पुगेको पत्रकारसहितको टोलीलाई सुरुमा आक्रमण गर्न खोजेपछि प्रहरीले रोकेको थियो । आफूले कल्कीकुमारीलाई दिसा खुवाउनेलगायतका काम नगरेको दाबी विमलाको छ । “विकले रक्सी खाएर आफूले आफैँलाई बोक्सी हुँ भन्ने, तेरो परिवारलाई खान्छु भन्ने, सिलाउन लगेको कपडा फिर्ता नगरी धुजाधुजा बनाएर ˆयाँक्ने गरेको” विमलाले भनिन्। घटनाका बारेमा स्थानीय एमाले कार्यकर्ता दुर्गाप्रसाद घिमिरेले “पल्लो गाउँमा भएको घटना केही दिनसम्म आफूहरूले जानकारी पाउन नसकेको” बताउनुभयो । उनको भनाइ छ, “पीडक पक्षलाई सोध्दा ऊ होइन भन्छ, पीडित पक्षसँग बुझ्दा गम्भीर अपराध भएको देखिन्छ ।”घटनास्थल पुगेकी राष्ट्रिय महिला आयोगकी धनकुमारी सुनारले घटना निमुखा दलितलाई हेप्ने ज्वलन्त नमुना भएको बताए। “घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिनुपर्छ, ता कि अरू पनि यसरी पीडित हुनु नपरोस्”, उनको भनाइ छ। सुनारले भने, “हाम्रो जनचेतनास्तर सीमित देखियो, राज्यले जति र जुन ढङ्गबाट गर्नुपथ्र्यो, त्यो रहेनछ।” Last edited: 26-Jun-09 10:07 AM Last edited: 26-Jun-09 10:08 AM

_ · Jun 26, 2009 9:57 AM

एक त अदालतबाट न्याय पाउनै ढिलो हुन्छ, तेसमाथी अदालतको फैसला कर्वन्ययन गर्नै गाह्रो। एसरी अदालती फैसलालाई नटेर्ने मान्छेलाई केही गर्न नसक्नु यो कस्तो लचारीपन अदालत तथा पुलिस प्रशासनको? शायद यिनिहरु पक्कै पनि कुनै पार्टीका बलियै नेतासँग कसिलो सम्बन्ध हुनुपर्छ। दन्ड सुनाएर पनि दन्डहिनता! सरकारी जग्गामा व्यक्तिले गरे खेती विराटनगर, ११ असार (nayapatrika) विराटनगर उपमहा–नगरपालिकामा रहेका सरकारी कार्यालयको जग्गामा व्यक्तिले खेती गर्न थालेका छन्। घरेलु तथा साना उद्योग र जिल्ला विकास समितिको जग्गामा व्यक्तिले खेती गरेका हुन्। घरेलु तथा साना उद्योगको विराटनगर–१० को कित्ता नम्बर ११३६/३७ को गरी १२ कठ्ठा जग्गामा स्थानीय व्यक्तिले भोगचलन गरेका छन्। भोगचलन गरेबापत कार्यालयले केही पाएको छैन। लामो समयदेखि विवादमा रहेको सो जग्गा सर्वोच्च अदालतले ०५७ सालमा फैसला गरेपछि घरेलुको नाममा दर्ता भएको थियो। यसअघि सोही जग्गा मुआब्जासहित अधिग्रहण गरेर घरेलुको नाममा दर्ता भएको थियो। तर, पुरानै धनीले आफ्नो भएको भन्दै जग्गा भोगचलन गरेका छन्। स्थानीय कृष्णराज, विजयराज, नवराज, सरदराज, किरण, अजयराज आचार्य र रेणुकादेवी उपाध्यायले अतिक्रमण गरेकाले हटाइपाऊँ भनी घरेलुले मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले उसैको पक्षमा फैसला गरेको थियो। तर, अदालतको फैसला अवज्ञा गरी रेणुकादेवी उपाध्यायका सन्तानले भोगचलन गर्दै आएको घरेलुले जनाएको छ। …हामीसँग जग्गाको पुर्जा छ, तर जग्गामा जान सक्ने अवस्था छैन,' घरेलुका एक कर्मचारीले भने। हाल घरेलु कार्यालय भाडामा बसेको छ। यसैगरी, जिल्ला विकास समिति मोरङको नाममा रहेको उपनपा–१८ को १० कठ्ठा जग्गा पनि व्यक्तिले भोगचलन गरेका छन्। जग्गा फिर्ता गराउन पहल भइरहेको जिविसले जनाएको छ।

harikancha · Jun 26, 2009 8:45 PM

दन्डहिनताको सुरुवात त हाम्रै नेताभनाउँदाहरुले सुरुवात गरेक हुन। जो अगुवा उही बाटो हगुवा भयेपछी, सर्वसाधारणले किन चर्पी बनाई राखुन त? यसरी जनताको करबाट खरिद गरिएका गाडीहरु नेताहरुले सरकारी पदावधी सकेर पनि ब्यक्तिगत प्रायोजनको लागि प्रयोग गर्नु कहाँसम्मको न्यायोचित कुरो हो? ति गाडीहरु फिर्तलिने सम्बद्ध कार्यालय/ संस्था के हेरिरहेका हुन? के यो कार्य गर्ने ब्यक्तिहरु दन्डका भागीदार छैनन? यिनिहरुलाई कार्वाही गर्न नसक्नु के दन्डहिनता होइन? यसमा हामी जनताको पनि कमजोरी छ। हामी आँफै हामीले तिरेको कर कहाँ कसरी सदुपयोग/ दुरुपायोग भई रहेको छ, केही वास्ता गर्दैनौं। मेलम्चीका गाडी दुरुपयोग (dainikee) मेलम्ची खानेपानी आयोजनाका ११ वटा महँगा गाडी असम्बद्ध व्यक्तिले प्रयोग गरेका छन् । तर आयोजना आफैंले भने परामर्शदाताका लागि मासिक तीन लाख रुपैयाँ तिरेर भाडाको गाडी लिएको छ । अनधिकृत रूपमा मेलम्चीका गाडी लैजानेमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि बहालवाला मन्त्री र उनका सहयोगीसम्म छन् । आयोजना स्रोतका अनुसार कोइराला र अर्का पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले लगेको गाडी अझै फिर्ता गरेका छैनन् । प्रभावशाली नेताले कानुनको खिल्ली उडाउँदै सरकारी गाडीलाई निजीसमेत बनाएका छन् । पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सरकारी नम्बर प्लेट परिवर्तन गरी रातो -निजी) बनाएका छन् । उनले ०६० असोज १४ गते मेलम्चीको बा१झ ६६०७ नम्बरको सरकारी गाडीलाई रातो प्लेट बनाएर बा४च ८८७५ नम्बर राखेका छन् । 'यो नम्बर अर्काे निजी गाडीसँग पनि मिल्छ,' स्रोतले भन्यो । थापामात्र होइन, पूर्वप्रधानमन्त्री कोइरालाले लगेको जापानी टोयोटा टर्वाे जिपले बा४च ६६६१ नम्बर पाएको छ । कोइरालाले ०६२ असोज २८ मा गाडी लगेका थिए । सरकारले छुट्टै गाडी दिँदादिँदै पनि भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले मेलम्चीको गाडीसमेत लगेका छन् । गत भदौदेखि उनले आयोजनाको बा१झ ७११० नम्बरको गाडीमा नीलो नम्बर प्लेट राखी मन्त्रीले चढ्ने गाडीका रूपमा उपयोग गरेका छन् । भौतिक योजना मन्त्रालयका दुवै सचिवले पनि मेलम्चीका गाडी उपयोग गरिरहेका छन् । सचिव पूर्ण कडरियाले सरकारी नम्बर प्लेट -बा१झ ५१८४) परिवर्तन गरी निजी -बा४च ७७३३) बनाएका छन् । सरकारीलाई निजी बनाउनु गैरकानुनी हो । ०६४ कात्तिकदेखि कडरियाले निजी नम्बर प्लेट हाली चढ्न थालेका हुन् । उनलाई पनि सचिवको हैसियतमा सरकारी गाडी उपलब्ध छ । अर्का सचिव उमाकान्त झाले पनि मेलम्चीको बा१झ ७१९५ नम्बरको गाडीलाई बा४च ३३०३ नम्बर बनाएर ०६४ जेठदेखि चढी आएका छन् । आयोजनाका पूर्वकार्यकारी निर्देशक सुमनप्रसाद शर्माले पनि ०६४ भदौदेखि बा३च ५४९४ नम्बरको मेलम्चीकै गाडी लिएका छन् । अर्का पूर्वकार्यकारी निर्देशक हरिराम कोइरालाले पनि आयोजनाकै गाडी चढेका छन् । गत कात्तिकदेखि उनले आयोजनाको बा४च १५०२ नम्बरको मोटर चढेका हुन् । स्वायत्त निकायका रूपमा रहेको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष बीकेमान सिंहले पनि मेलम्चीकै बा१झ ७१९४ कुदाएका छन् । स्रोतका अनुसार 'माथि' बाट आदेश आएपछि आयोजनाले नियुक्ति नै नभएका भौतिक योजना राज्यमन्त्रीलाई बा४च १५०३ नम्बरको गाडी छुट्याएको छ । मन्त्रालयअन्तर्गत र असम्बद्ध प्रभावशाली व्यक्तिलाई दिएर मात्र नपुगी आयोजनाले मन्त्री गच्छदारका पिछुवा -पछाडि हिँड्ने) का लागि समेत नयाँ गाडी दिएको छ । बा१झ ६६०२ नम्बरको प्राडो गच्छदारका सहयोगीले चढिरहेका छन् । एकातिर असम्बद्ध र अनधिकृत व्यक्तिले मेलम्चीको गाडी दुरुपयोग गरिरहेका छन् भने अर्कातिर आयोजनाले परामर्शदाताका लागि मासिक करिब ३ लाख रुपैयाँ भाडा तिरेर गाडी उपलब्ध गराएको छ । स्रोतका अनुसार सुरुङको परामर्शदाता 'पोरी' लाई एउटा प्राडो र अर्काे पीकअप जिप मासिक १ लाख ८३ हजार भाडामा उपलब्ध गराइएको छ । त्यस्तै अर्का परामर्शदाता 'पीआरसी' लाई मासिक ९६ हजार भाडामा एउटा प्राडो उपलब्ध गराइएको छ ।

harikancha · Jun 26, 2009 9:00 PM

यसरी जे हुँदा पनि बाटो बन्द, सर्वजनिक तथा निजी सम्पत्तिको सर्वनास गर्न जरुरीनै छ? भिडतन्त्र किन मोउलाउंदै छ नेपालमा? एस्तो कृयाकलापहरु निरुत्साहित गर्न जिम्मेवार राजनैतीक दलहरु आँफै भिड्तन्त्र प्रयोग गर्न समुहहरु खडा गर्छन्। सर्वसाधारण जानताले कहिले सम्म को को बाट सधैं त्रसित तथा पीडित भई रहनु पर्ने? अराजक भिड, वैसियल गुण्डा, अपहरणकारी, अन्य दलका गुण्डा, निस्फिक्री कानुन तोड्न र अपराध गर्न ब्यस्त छन। रोक्ने कल्ले? के यस्ता अपराध बन्द गर्न अब सर्वस्स्धारणहरु नै कानुन मिच्न सुरुगर्नु पर्ने हो त? Locals block highway in Thimi Kantipur Report BHAKTAPUR, June 28 - Local residents and students of SOS School have disrupted transportation in Arniko Highway Sunday after a motorbike was hit by a passenger bus at Thimi. The bus (Ba 1 Kha 6342) heading towards Melamchi Sindhupalchowk from capital was burnt to ashes by the fuming mob. The injured have been identified as Rupesh and Sanjaya, both students of SOS School located at Bhaktapur.

harikancha · Jun 28, 2009 9:37 PM

बिनाशकाले बिपरित बुद्धी ।।

jhan_besmari · Jun 28, 2009 9:56 PM

http://www.ted.com/talks/paul_...

kundale · Jun 28, 2009 11:27 PM

कुन्डले! पौल कोल्लिएरको एक एक कुरा नेपालमा लागु भएको जस्तो लाग्यो। त्एस्ले जे जे हुनु हुँदैन भन्या छ त्यही भईराछ र जे हुनु पर्छ भन्या छ त्यो केही पनि भाछैन ! ineresting talk यहाँ अर्को उदाहरण रक्षक नै भक्षक! मजदुरलाई हिरासतमा यातना (nayapatrika) धान भिजाउने बाटा चोरेको आरोपमा पक्राउ परेका एक मजदुर प्रहरीको चरम यातनाका कारण थला परेका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरका सई शान्तिप्रकाश सापकोटाले ढेउढाकला-९ का मजदुर चिन्कु थारूलाई हिरासतमा यातना दिएका हुन् । स्थानीय मदरल्यान्ड विद्यालयका रिक्साचालक चिन्कुलाई घरबाटै पक्राउ गरिएको थियो । छिमेकी तिलक पौडेलले बाटा चोरेको आरोप लगाउँदै चिन्कुविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । चिन्कुले आफूलाई सई सापकोटाले चोरी आरोप नस्विकारे मारिदिने धम्की दिँदै यातना दिएको बताए । 'तेरो श्रीमती विधुवा हुन्छ । चोरी गरेको स्वीकार भन्दै पाइतालामा भाटाले कुटे,' उनले भने । आरोप पुष्टि नभएपछि चिन्कु छुटेका छन् । धान भिजाउने बाटा छिमेकीले लगेको थाहा भएपछि उनी छुटेका हुन् । विनाकारण हिरासतमा यातना पाएका उनले न्याय दिलाइदिन तथा दोषी सई सापकोटालाई कारबाहीको माग गर्दै शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । बर्दियाका प्रहरी उपरीक्षक गणेश केसीले घटनाबारे जानकारी नपाएको बताए । सई सापकोटा काजमा केही दिनका लागि आएको र सरुवा भएर सुर्खेत गइसकेको उनले जानकारी दिए । 'तर पनि घटनाबारे जानकारी लिन्छु । हिरासतभित्र यातना दिइएको पाइए कारबाही हुन्छ,' उनले भने । Last edited: 30-Jun-09 06:53 PM

harikancha · Jun 30, 2009 6:50 PM

झडपमा प्रहरीसहित पाँच घाइते (nayapatrika) मकवानपुर/ चुरियामाई गाविसको मयुरधापमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा चार प्रहरीसहित पाँचजना घाइते भएका छन् । बच्चा अपहरण गर्न आएको आरोपमा नवलपरासी बर्दघाट-४ का कृष्णप्रसाद भण्डारीलाई स्थानीय बासिन्दाले कुटपिट गरेपछि झडप भएको हो । कुटपिटबाट भण्डारीलाई बचाउन खोज्दा स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन करिब ५० राउन्ड हवाइफायर र दुई दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गर्‍यो । दिउँसो दुई बजेदेखि भएको झडप साँझ ६ बजे नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई जिम्मा लगाउन आग्रह गर्दा स्थानीय बासिन्दाले अटेर गरेका थिए । स्थानीय बासिन्दाले विरोध गर्दै प्रहरीमाथि ढुंगा बर्साउन थालेपछि झडप भएको हो । ढुंगामुढा भएपछि हवाइफायर र अश्रुग्यास प्रयोग गरेको प्रहरी निरीक्षक वीरेन्द्र यादवले बताए । स्थिति नियन्त्रणमा लिन करिब दुई सय प्रहरी परिचालित थिए । अपहरणको आरोप लागेका भण्डारी व्यापारका लागि एक लाख रुपैयाँ लिएर हेटौंडा आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार व्यापार गर्न आएका उनीमाथि गाउँलेले अनाहकमा आक्रमण गरेका हुन् । झडपमा भण्डारीसहित प्रहरी हवल्दार राजन ढकाल, रामबहादुर थापा, प्रहरी जवान सूर्य लामा र लक्ष्मण लम्साल घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।

harikancha · Jun 30, 2009 6:55 PM

Exactly Harikanchha, that's one of the reasons why I am dubious of Nepe's talk on federalism. It assumes that a political solution is the foremost thing that we should be worried about, and this talk is convincing enough of the fallacy of that argument.....

kundale · Jun 30, 2009 9:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all