झन्डै बोर्ड !!!!!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

झन्डै बोर्ड......................................   हाम्रो टोल छिमेकमा एक जना डाक्टर साहेब बस्नु हुन्छ । डाक्टर बालक राम । असली नाम उहांको राम मान,  तर टोल छिमेकमा डाक्टर बालक राम भनेर चिनिनु हुन्छ । कारण सरल छ, सबल छ । उहाँ आफुलाई देश कै सबैभन्दा वरिष्ठ बालरोग बिशेषज्ञ मान्नु हुन्छ वा देखाउन चाहनु हुन्छ । उहाँको घरको भित्तामा देशकै सबैभन्दा ठुलो आकारको डाक्टरी साइनबोर्ड झुन्ड्याइको जो कोइले देख्न सक्नु हुन्छ । कुल लम्बाइ १८ फिट र चौडाइ साँढे ३ फीट । साथै घरको चार किल्लामा ५ ठाउँमा आफ्नो बिज्ञापन टास्नु भएको छ । यसमाने मा उहाँ देश कै सर्बाधिक वरिष्ठ डाक्टर साहेब हुनै पर्छ भन्ने ठहर् टोलबासी को छ ।   डाक्टर साहेब अत्यन्त ब्यस्त मात्र होइन एकदम बिजी हुनु पर्दछ। यो अन्दाज मात्र होइनन, प्रमाणहरु पनि यथेष्ट छन ।  महाराजगंज कान्तिबाल अस्पातलको बाहिर को औषधी पसल देखी लिएर बानेश्वर चोक। बानेश्वर चोक देखिओ कोटेश्वर महादेबस्थान। कोटेश्वर देखी टंकेश्वर सम्म उहाँको साइनबोर्ड भाको क्लिनिक पुग न पुग ५९ वटा छन रे टोलका बेरोजगार भाईहरुले सर्भे गरेको। त्रिपुरेश्वर पशु चिकित्सालयको बाहिर पट्टी को औषधी पसलमा उहाँको साइनबोर्ड झुक्किएर राखेको हो कि आँफै राखेको त्यो चाँही थाहा भएन।    यदी तपाईं  बिरामी लिएर  उहाँको घर वा काठमाडौ भरी फैलिएको क्लिनिक जहाँ देखाउनजानु भए  तपाईं को घर ठेगाना पुरै लिनु हुन्छ । एकहफ्तामा पनि फोलो अप गर्न नआएमा उहाँ आँफै घर पुग्नु हुन्छ। यसमाने मा डाक्टर साहेब को काम प्रतिको लगनशिलतामा कुनै शंका छैन। (किन आएनन भन्ने तिर सोच्ने डाक्टर साहेबको फुर्सद नै हुँदैन) ।  ओखती डाक्टर राम मान को राम वाण नै हुने गर्छ रे। किन कि दोस्रो पल्ट दोहरिएर त्यो बिरामी उहांको जानु पर्दैन वा जादैनन रे। यसमाने मा डाक्टर साहेब आँफैमा गर्ब  गर्नु हुन्छ र कहिले काहीँ टोल छिमेकमा भोजभतेरमा ४-५ गिलास जुस रित्याए पछी भन्नु हुन्छ ।   जुस लागेको बेला अरु पनि गर्ब को कुरा सगर्ब भन्ने गर्नु हुन्छ । उहाँ नै पहिलो नेपाली रे जसले चाइना गएर इङ्लिश मा पढेको रे। चाइना मै डि सि एच गरेको पहिलो नेपाली रे। पहिलो नेपाली विद्यार्थी संगठन को अध्यक्ष रे। डाकटर साहेब अझ थप्नु हुन्थ्यो। अरु त सब नक्कली बाल बिशेषज्ञ रे। बंगलादेशबाट नि डिसिएच हुन्छ ? नाक खुम्च्याउनु हुन्छ । डिसिएच भनेको के हो भनी एक जना टोलकै भाईले सोध्दा डाक्टर साहेब ले भन्नु भयो।   "डिसिएच भनेको बाल रोग सम्बन्धी सबै भन्दा ठुलो डिग्री हो, पी एच डि भन्दा नि ठुलो। डाकटर अफ चाइल्ड हेल्थ । " यो पंक्तिका लेखकको ज्ञान ले त डिसिएच भनेको कुनै डिग्री होइन भनेर पढेको। डिप्लोमा इन चाईल्ड हेल्थ भन्ने १० महिने तालिम हो भन्ने मेरो धारणा फेल खायो। तै पनि डाक्टर साहेबअको तर्क गर्न सक्ने क्षमता र तर्कबाट फरक्क फर्केर मुक्का हान्ने अर्को क्षमता सँग परिचित भाकोले शायद नै डाक्टर साहेब सँग पङा लिने गर्छु । डाक्टर साहेब को बाल्यकाल हाम्रै टोलमा बितेको र आफ्नै बिरादरीका। यो पंक्तिकार भन्दा २ ब्याच सिनियर। सानो हुंदा नै उहां अजङगको हुनु हुन्थ्यो। गुच्चा, तेलकासा, आसपास, घ्वाइं जे पनि खेल्नु हुन्थ्यो। अजातशत्रु भन्दा फरक पर्दैन। उहाँ हार्नु हुन्न। हराइयो भने षड्यन्त्र भाको ठहर् हुन्थ्यो। खेलमा आफु हारियो कि अर्का दाँत झारियो । हरेक दिन कोइ न कोइ को राम धुलाई नगरी खाना खानु हुन्न थियो बालक राम । सबै भन्दा रोचक काहानी त उहाँ हाइस्कूल पढ्दा तिर को छ । जुनियर् भाको नाताले उहाँको गर्बिलो कृयाकलाप नजदिक बाट हेर्ने शौभाग्य जो मिलेको थियो ।  क्रमश:  

rahulvai · Jun 25, 2009 10:42 AM · 70,835 views

52 Replies · Showing 41 - 52
Page 3 of 3

हो पुरे हो सही बात - बालक राम जस्तो लाई घुमाएर सुमाएर हान्न सक्ने ले हाम्लाई बाँकी छाड्ला - नो चान्स त्यो पनि अहिले - खक्कु भइसक्या बेला -

serial · Jul 23, 2009 7:25 PM

हर्के, बालक राम आइ एस्सी पढ्न सके सि डाक्टरी पढ्न गैहाल्छ नि के को हतार ? बालक राम को मुक्का चाँही झन्डै मात्र भेटेको नि।   लहरे, मैले बालक राम लाई पेल्ने ? यह् नही हो सकता !!!!!!! मिल ले तोरी पेल्ने कि तोरिले मिल ? बैरे, पेच हान्ने बालक राम अनी उसैको सिको गरेर जवाफ फर्काएको मात्र को पर्भू। इंट का जवाफ पत्थर भन्थे त्यती मात्र हो । रिट्ठे,  धन्न बिरामी मान्छे, पूर्णरुपमा ठीक भा छैन, तै पनि कथा लेख्यो भन्नु को कता कता? छोटो भयो रे । भेन है भेन । खुशी, हास्नु त पर्छ तर धेरै पनि होइन क्या। भोली को लागि पनि केही बाँकी राख्नु पर्छ नि। हाँसो को स्टक सकियो भने ? पुरे, आफु त सिधा मान्छे घुमाएर हान्न कहाँ आउछ र भन्या । आफुलाई घुमाउन थाल्यो भने चाँही त्यसलाई पनि गूगली नै जान्छ ।

rahulvai · Jul 24, 2009 8:23 AM

तारेमाम ठुल्दाइ। धेरै पछी आउनु भयो तर गतिलो कथा लिएर आउनु भएछ। काहानी कथा बस्तु सधैं भन्दा निकै भिन्दै को छ दाई को ब्यङ तिर को प्रथम प्रस्तुती गजब को छ्, कता कता पहिले दुरदर्शन बाट आउने रोचक सिरियलहरु जस्तो लाग्यो। ल दाई कलम चलाऊँ,बालक राम को राम्लीला अघी बढाउँ।

बिस्टे · Jul 24, 2009 9:54 AM

झन्डै बोर्ड......................... अन्तिम भाग । एवं रीतले समय बित्दै गयो। बालक रामले आइ एस्सी फस इअर सक्याउनु भयो । तर प्राप्तांक उहाँ को शान र फुर्ती को सुर्ती बराबर पनि भएन छ । अनुहार र हाउ भाउ त्यही बताउथ्यो।   १० पढ्दै थिएं । एस् एल सी को तनाव र प्रेशर दुबै थियो। अरुमा त जेनतेन पास गरिएला, तर अंग्रेजीमा..................... । उफ!!!! सम्झी सम्झी आङ्ग नै सिरिङ्ग हुने। टेस्ट परीक्षा पनि सकियो । राहुले पुन: फस भयो । यसपाली को मार्जिन सेकेन हुनेको भन्दा  १५१  अंक को फरक थियो । एस् एल सि को ब्यापक तयारी मा लाग्नै पर्‍यो। पास गर्न सकिएन त्यो पनि फस ब्वाइ ले भने त चम्चा मा बागमतिको पानी हालेर, त्यसै मा हाम फालेर मरे नि हुन्छ । यसै बीच बालक रामको ब्याचको औपचारिक बिदाइ समारोह तथा फस डिभिजन ल्याउने होनहार विद्यार्थीहरुको सम्मान कार्यक्रम को आयोजना भाको थियो स्कूलमा। राहुले लगायत केही सम्भाब्य झन्डै बोर्डहरुलाई पनि निम्ता गरिएको थियो । कार्यक्रममा डाक्टर बालक को रौनक हेर्न लायकको थियो नै। त्यो ब्याच को टपर त्यसमा पनि झन्डै बोर्ड आएको । भेट भयो । कुरा भयो ।   "यहाँ किन नि पढ्न सढ्न न बसेर ? यस्तो तालले एस् एल सी पास हुन्छस तं...... ।" हुन पनि हो ट्वाइलेट् जांदा समेत पढेर त बोर्ड आएन उहाको ।    " के गर्नु हेड सरले बोलाउनु भयो। दाई जस्तो झन्डै बोर्ड.................... आएकाहरुबाट इन्स्पायर भएर बोर्ड ल्याउनु पर्छ रे ।" "ल्याउंछस बोर्ड तैले । " "मामा को छोरा को ब्याहामा ३-४ घण्टा जन्तीमा ट्याम लस गर्दा ३ नम्बर पुगेन मेरो । यस्तो चाहिने न चाहिने प्रोग्राममा आएर बोर्ड निकाल्ने ? "   "हैन दाई, मलाई बोर्ड निकाल्नु छैन। फस डिभिजन भए पुग्छ । "   "बाइ द वे , टेस्ट को रिजल्ट् भयो ?"   "भयो दाई ।"   " ईतिहास त चेन्ज भएन होला नि ? कल्ले फस हान्यो।"   "ईतिहास मा न भए नि भूगोलमा हुने रहेछ दाई । यसपाली पनि झन्डै सेकेन भाको। १५१ नम्बरले मात्र फस भाको ।" अब भने बालक राम लाई बेक्कार मा टेस्ट को रिजल्ट् सोधेको जस्तो लाग्यो । "ल ल भैहाल्यो । एस् एल सी मा चाँही राम्रो गर ।"   अब भने बालक रामले आफ्नो धरातलिय यथार्थ राम्रो सँग चिनेको जस्तो लाग्यो। कार्यक्रम सुरु भयो । समारोहमा बर्तमान विद्यार्थीहरुको तर्फबाट बधाई ज्ञापन गर्नको लागि उदघोषक महोदय ले राहुले को नाम लियो । अग्रपंकतिमा गजधम्म फुलेर बसेका बालक राम लाई असह्य भयो । रगतका नशा फुलेर आएको स्पष्ट देखिन्थ्यो। संबोधन को क्रम मा बालक राम को प्रसंशामा २-४ शब्द खर्चि दिएं। अनुहार मा तेज वापस आयो। जे होस् आफ्नै बिरादरी को ब्रदर हो नि बालक राम । एस् एल सी सकियो ।   रिजल्ट् को पर्खाइ मा थिएं । बिभिन्न हडताल आन्दोलन को कारण बालक रामहरुको सेकेन इअर को गती दुर्गाती मै थियो। फुर्सदिलो देखिन्थे बालक राम । टोल मा बालक राम को दाई ले कोल्ड ड्रिन्क्स को पसल भर्खरै खोलेका थिए। बालक राम पनि पसलमा आउथे कहिले काही ।   आषाढ को १३ गते, रेडियो ले अचानक राहुले को नाम फुक्यो ।  गोर्खापत्र र दि राइजिङ नेपाल को मुखप्रिष्ठमा राहुले को नाम र फोटो छापियो। जिन्दगी मा बिरलै देखेको सपना पुरा भयो। सबजना खुशी थिए। स्कूल मा घर मा । टोलमा कसैले न चिन्ने थिएं , अब चिनियो। डाक्टर बालक रामको नाक मुख सात दिन सम्म देखिएन। आठौं दिनमा कलम काका (मौसी काकीको पतिदेब) ले सगं: ( शगुण) दिने रे भनेर बोलाउन आउनु भयो। हामी नेवारहरुको कुनै बिशेष उपलब्धीमा शगुण दिएर सम्मान गर्ने चलन अद्यापी छदै छ । बोलाएको ठाम मा जानै पर्‍यो। घर को आँगनै मा मौसी काकी बिशाल मुस्कान सहित् स्वागतार्थ बसी राख्नु भाथ्यो। बालक राम को अनुहार मा कुनै खुशी र मुस्कान दुबै थिएन। औपचारिकता मिस्सिएको " कङ्ग्राचुलेशन " चाँही पाएं। शगुन को कार्यक्रम सकियो। खानपिन गफगाफ चल्यो। मौसी काकी ले सोध्नु भयो। "फेरी मेरो राम ले एस् एल सि दिन मिल्दैन ? " "बोर नाअेर कस्तो बोर भैराख्या त्यसलाई । अहिले सम्म बोर मानी राख्या छ ।"   "मिल्न त मिल्छ काकी........................................................ " "फेरी एस् एल सी दिएर नि झन्डै  बोर्ड................................................आयो भने गर्नु नि ? "   मेरो जवाफ सुने पछी काकीको पनि झाँकी देखियो र त्यहाबाट हिंड्नु नै कल्याणकारी ठांने , अन्यथा बालक राम लाई झोंक चल्यो भने खाना मात्र होइन अन्य चिज पनि खानु पर्ने हुन्छ । औपचारिक रुपमा धन्यवाद दिदै बालक रामको घरबाट सकुशल निस्कें । अस्तु!!!!         

rahulvai · Aug 3, 2009 10:35 AM

>>"मामा को छोरा को ब्याहामा ३-४ घण्टा जन्तीमा ट्याम लस गर्दा ३ नम्बर पुगेन मेरो । <<लोल बालक राम लोल >>"फेरी मेरो राम ले एस् एल सि दिन मिल्दैन ? " "बोर नाअेर कस्तो बोर भैराख्या त्यसलाई । अहिले सम्म बोर मानी राख्या छ ।" <<लोल मसी काकी लोल >>मिल्न त मिल्छ काकी........................................................ " "फेरी एस् एल सी दिएर नि झन्डै  बोर्ड................................................आयो भने गर्नु नि ? "<<लोल ठुल्दाइ लोल    

serial · Aug 3, 2009 10:58 AM

<<"मिल्न त मिल्छ काकी........................................................ " "फेरी एस् एल सी दिएर नि झन्डै  बोर्ड................................................आयो भने गर्नु नि ? ">> लोल महा लोल   बालक राम ले लखेटेन छ धन्न

बैरे · Aug 3, 2009 11:22 AM

  Enjoyed reading it.. Keep it up dai!! 

cheli · Aug 3, 2009 12:05 PM

माफ गर्नु होला, पहिले देखी नै पढ्दै यो कथा तर समयाभाब ले गर्दा कमेन्ट गर्न पाको थिइन ।  गजबको रहेछ, फरक प्रस्तुती लाग्यो तपाईंको यो कथा अरु कथाहरु भन्दा, ब्यङग र हाँसो मिसीएको । जिबनको त्यो पललाई यसरी रमाइलो सँग प्रस्तुत गरेर हामी सँग बाडनु भएकोमा राहुल दाई लाई मुरी मुरी धन्यवाद । के गर्नु बालक राम जस्ताहरु पहिले पनि थिए र आझै पनि छन, नेपाल जाँदा खेरी हामी सबैले कुनै न कुनै रुपमा यो कुरा महसुस गरेकै छौं । फेरी पनि यसरी राहुलदाईले हामीलाई कथाहरु लेखेर मनोरन्जन दिनुहुने छ  भनेर अर्को कथाको आशामा छु । - भक्ते

Bhakte · Aug 3, 2009 12:53 PM

Thuldai, ati ramro katha sunaunu bho. Dhanyabad

*~Spring~* · Aug 3, 2009 3:11 PM

dai hajur ko ta jatatatai board  hai sahityama pani , slc ma ani ahile ko kam ma pani boardai aawos vanne kamana gardachu. katha dherai ramro cha aba arko farak kataho parkhaima......

nepalibabu101 · Aug 3, 2009 9:47 PM

लहरे, कमेण्ट झनै लोल । महालोल ! बैरे, लखेट्ने छाँटकाँट देखे पछी त्यहा बाट बिदावारि भाको नि । कम्ता चलाख छ तो राहुले? चेली, प्रोत्साहन को लागि धन्यवाद। भक्ते, डाक्टर बालक राम त अरुको प्रगती सहनै नसक्ने, आफु बाहेक अरु हुँदै नहुने आम नेपाली मानसिकताका प्रतिनिधि पात्र मात्र हुन। प्रोत्साहन र टिप्पणी को लागि आभारी छु ।  पिया, धन्यवाद, रमाइलो मानी मानी पढिदिनु भो। भाव बुझी दिनु भो। नेपाली बाबु , राहुले को बोर्ड आएको कथा भन्दा नि झन्डै बोर्ड ल्याएका बालक राम र मौसी काकी को कथा हो। समाजमा यस्ता नौटंकी पात्रहरु धेरै छन । तिनको कथा थियो त्यो। सबै अनाम पाठकहरुमा अभार ब्यक्त गर्न चाहन्छु ।

rahulvai · Aug 4, 2009 10:11 AM

ल पढि भ्याइयो, बालक राम र काकीको चर्तिकला अजब्-गजब रेछ। ठुल्दाइलाई पनि उइलेको बधाई!

perfectionist · Aug 4, 2009 10:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all