लक्ष्मी र फुच्चे केटो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लक्ष्मी र फुच्चे केटो म सुन्धाराको हुलाकमा चिट्ठी खसालेर जमलको त्रि. बि. को कार्यालयमा प्रमाणपत्रको लागि निवेदन दिन जाँदै थिए। हुन त सुन्धाराबाट जमल तिर जाने सेतो टेम्पो नपाउने हैन तर टेम्पोको कोचाकोच त्याँ माथि प्रायजसो टेम्पोमा केटी मान्छे देखे पछी कुखुरे बैस जागेर आउने महारोगिहरुको झन्झटमा परेर दिन नै खराब गर्नु भन्दा बरु हिंड्नै निको। त्यसैले गन्तब्य धेरै टाढा नभए म हिंड्ने नै गर्थे। हिंड्दै जाँदा दरबार हाइस्कुल निर पुगेको थिए मेरो कानमा "आमा हो भोक लाग्यो...........आमा भोक लाग्यो......." भन्दै ठुल्ठुलो स्वरमा एकोहोरो रोएको आवाज ठोक्कियो। अलिक अगाडि पुगेर हेरेको त एउटा ८, ९ बर्षको केटो पेट समातेर बलिन्द्र आँसु झार्दै रोइरहेको थियो। उस्ले ठाउँ ठाउँमा च्यातिएको खैरो सर्ट र निलो निलो हाफ प्यान्ट लगाएको थियो। त्यो सर्ट पहिले पक्कै पनि सेतो हुनु पर्छ मैले अनुमान गरे।पहेँला दाँत, जिन्रिङ्ग कपाल, लेघ्रै लेघ्रा परेको अनुहार र शरिर , लामा लामा काला नङले पनि उस्को बिबसता फलाकी रहेका थिए। त्यतिले नपुगेर छेउ छाउमा कसैले बिहान सकेको नित्यकर्मका थुप्राहरुमा भुन भुनाएका झिंगाहरुले पनि उस्को बिरुपताको बर्णन गर्दै थिए। हुन त त्यस्ता बच्चाहरु मेरा लागि नौला थिएनन। कलेज जाँदा आउँदा " दिदी १ रुपीया दिनु न........दिदी १ रुपीया दिनु न" भन्दैखुट्टा छुन खोजेर हैरान नै खेलाउँथे। कथम कदाचित एउटा लाई १ रुपैया दि हाल्यो भने अर्को झुण्ड नै आइलाग्थ्यो। त्यसैले&nbsp; मेरो मनमा त्यस्ता बच्चाहरुको लागि खासै माया दया थिएन। तर त्यो बच्चोको करुण क्रन्दनले मेरो मन सर्है कुँडियो। "५ रुपैया दिनु पर्यो यस्लाई" भनेर पर्स खोतले। २० भन्दा तल सुको रहिनछ। " गरि खा" भनेर त्यही २० रुपैयाको नोट दिएर आफ्नो बाटो लागें। एकै छिनमा बसको"घ्यार घ्यार"...... "चाबेल&nbsp; चाबेल&nbsp; चाबेल" ........"आउनुस् आउनुस् बच्चाको सुरुवाल १० रुपैयाको ३ वटा"....... " सुन्तला लाने बहिनी?"....... जस्ता अनेक थरी आवाजमा त्यो केटोको स्वर बिलायो। ‍ त्यस्को एक हप्ता जती पछी मेरी साथी शुभ र म त्रिचन्द्र कलेजबाट न्युरोड तिर जाँदै थियौं, त्यही परिचित क्रन्दन मेरो कानमा ठोक्कियो। उही खैरो सर्ट र निको हाफ प्यान्ट लगाएको केटो आँसु निकाली निकाली चिच्याइरहेको थियो। म उस्लाई हेर्न अलिकती रोकिएँ। म रोकिएको देखेर शुभले भनी "यो सधैं यसरी नै रोइ रहन्छ। ठग मोरो। हेर न आँसु पनि बर बर निकाल्छ फेरी। ग्लिसिरिन लागाउछ कि के हो। न दे है यस्लाई पैसा।"&nbsp; मलाई पहिले आफु ठगिएको अनुभब भयो। "बेकामा दिएँछु अस्ती २० रुपैया" भन्ठान्दै म आफ्नो बाटो लागें। हुन त जमलमा निबेदन दिएको १५ दिन पछी प्रमाण पत्र आइ पुग्छ भनेको थियो तर पनि त्यत्रो लाइन बसेर झ्यालमा पुगे पछी "आको छैन, एक हप्ता पछी आउनु" भन्ने रुस्ट स्वर सुन्नु भन्दा बरु अली ढिलै जान्छु भनेर २० दिन जती पछी गएँ। प्रमाण पत्र त आइ पुगेछ तर नाम गल्ती। फेरी अर्को १५ दिन कुर्नुपर्ने भयो। "एउटा नाम लेख्ने ढंग पनि छैन। त्यती सच्याउन पनि १५ दिन लाग्ने रे" म मुर्मुरिदै हिंडे। "तँ २ बजे न्युरोड गेटमा पुगी राख सपिङ जानु पर्छ" शुभले अर्हाएकी थि। न्युरोडको मोड भन्दा आलिक अगाडि बाटो नै छेक्ने गरी मान्छेहरुको हुल जम्मा भएको थियो। के भएछ भन्ने कौतुहलता जाग्यो।भिड छिचोलेर अगाडि पुग्न त कहाँ सक्नु , मान्छेहरु को छेउ छाउ बाट चियाएर हेरेको त फुस्रो फुस्रो सर्ट, अनी झिङा भन भनाएको देखें। त्यसइ बिच भिडमा कसैको आवाज आयो " यतै उँदी रोइ रोइ मागीरहन्थ्यो , मरेछ कि के हो?" त्यो सुनेर सर्है नरमाइलो लाग्यो। उस्लाई राम्ररी हेर्ने आँट आएन। मैले त्यो दिन किन पैसा दिनछु भनेर पछुतो पनि लाग्यो। "आखिर मैले दिएको २० रुपैया ले कती नै पुग्थ्यो र? अस्ती पनि साँच्चै भोक लागेर त रोएको थियो होला नि" भन्ठाने।&nbsp; बिहान आमासँग "सिमिकोतरकारी मलाई मन पर्दैन भन्ने था पाइ पाइ पनि किन पकाएको" भनेर किच किच गरेको सम्झें। "कहाँ होली उस्की आमा? को होला उ? कसरी आइ पुग्छन यि बच्चाहरु सडकमा?" यस्ता अनेक थरीप्रश्नहरु मनमा उब्जिरहे। "ओइ देखिनस मलाई? के भयो?" भन्दै शुभ अगाडि आइ। "त्यो रोइ रोइ माग्ने बच्चा त मरेछ" मैले उस्लाई सुनाएँ। "हो र? कहाँ? जाउँ त हेर्न" भन्न थालि। "होस् नजाउँ, छोड् दे" भने। त्यती नै बेला एउटी फुच्ची "दिदी १ रुपैया दिनुस् न....." भन्दै आइपुगी। शुभले "बिस्कुट खान्छस" भनेर</spa

nakkali keti · Jun 24, 2009 7:58 PM · 22,161 views

8 Replies

नक्कली, पछिल्लो पटकको कथामा हुन गएको अलि अनुदार टिप्पणीले मेरो मन खिन्न भईराथ्यो । यो कथा आएपछि र यसले लेखिकालाई जस्तै मेरो हृदयलाई पनि चसक्क घोचेपछि म पछिल्लो खिन्नताबाट मुक्त भा छु । धन्यवाद नक्कली ! यस लघुकथामा एक लघुकथामा हुनुपर्ने सबै तत्वहरु छन् । लघुकथाको सबभन्दा महत्वपूर्ण गुण, प्रभाव, त यसमा उच्चकोटीको छ । मानविय सम्वेदनाको एक झल्को देखिने एउटा सानो आँखीझ्याल : यसरी हेरेको छु, यो कथालाई । लेखनयात्रा निरन्तर रहोस्, यही शुभकामना छ । Nepe

Nepe · Jun 25, 2009 12:01 PM

कथाको पात्र हुन नसकेका धेरैको याद आयो यो कथा पढेर। सौतेनी आम बाबु, गरिबी, काठमान्डु सहर, प्रहरीको खोज, समाजबाट अपहेलित र अस्वीकार गरेका धेरैको मुहार झलझलि आँखा अघि आयो, केहि गर्न सकिएन। शायद अझै उनिहरु जमलको चोकमा त्यसरी नैं बसिरहेका होलान्, भोक नलागोस् भनेर "ग्लु" सुँघ्दै जिबनसङ गुनासो छैन भन्दै होलान्। धन्यबाद! मन छुने कथाको लागि नक्कलि ज्यु।

crazy_love · Jun 25, 2009 12:19 PM

nice story.

lakhe · Jun 25, 2009 12:22 PM

हिजो राती ११ बजेर २४ मिनेट जाँदा नै यो कथा पढेर प्रतिकृया लेख्न खोजेको तर ३ पटक सम्म लगातार एरर देखाएपछी छोडिदिये ! छोटो, मिठो तथा रमाइलो प्रस्तुतीको लागि धन्यवादका साथै एउटा महान कार्यमा देखाएको अग्रसरताको लागि धन्यवाद ! नक्कलीले जस्तै हामी सबैले त्यसरी सडक बाल बालिकाका लागि सानै भये नि केही सहयोग गर्न सके भबिस्यमा धेरै लक्ष्मीहरुले शिक्षित हुने मौका पाउने थिए होला जस्तो लाग्छ मलाई !&nbsp; धन्यवाद !

ritthe · Jun 25, 2009 1:01 PM

&nbsp;Good work..Keep on&nbsp; writing...

Nepali Thita · Jun 25, 2009 1:23 PM

कथा साह्रै राम्रो छ , कुरै कुरा त हो नि मलाई पनि यसरी नै धेरैले सताएको थियो , न्यू रोड आफ्नै टोल भएको ले मागी हिंड्ने हरुको लाइन कहिले सक्दैन थियो । अती भयो भनेर माग्न आउने लाई उल्टै खै ले त १ रुपैया शिखर चुरोट किन्नु पर्‍यो भन्थे अनी तिनी हरु टाप , तर नक्कली को सन्दर्भ ले कहिले हेरिन तिनी हरु लाई Last edited: 25-Jun-09 01:25 PM

बैरे · Jun 25, 2009 1:24 PM

Made me feel we need to do something for those street kids, really. Keep writing nakkali keti jyu.

kHusHii · Jun 25, 2009 1:34 PM

नेपे ज्यु कसैले तारिफ गर्फ्यो भने आफ्नो अधिकार नै हो तारिफ पाउने जस्तो लाग्छ तर कसैले गाली गर्‍यो भने चै ए किन गाली गरेको भनेर कारण बुझ्न मन लाग्छ। मलाई पनि त्यस्तै भएको हो। अब उहिलेका कुरा खुइले। तपाईंले टाँस्नु भएका सामाग्रीहरु धेरै ज्ञानबर्दक थिए। यो&nbsp; कथामा कमेन्ट र शुभकामनाको लागि धेरै धेरै धन्यवाद। crazy_love त्यही भन्या तिनिहरु त्यहाँ त्यस्तो अवस्थामा पनि "गुनासो छैन" भन्दै बसेका होलान हामी यहाँ यस्तो अवस्थामा हुँदा पनि गुनासै गुनासा छन। कमेन्टको लागि धन्यवाद अनी अर्को कथाको प्रतिक्षामा। lakhe Thank you. Nice pic! ritthe हो भन्या मैले कथा टाँदा पनि छरपस्ट भएर टाँसियो। बल्ल बल्ल मिलाएँ। तारिफको लागि धन्यवाद तर मैले लक्ष्मीलाई बिच बाटोमै छोडेको जस्तो अनुभब हुन्छ। मैले सुने अनुसार सिविनबाट कती बच्चा भागेर फेरी सडकमै आउँछन अरे।म पछी पछी पनि उस्लाई भेट्न गएको भए उस्को अवस्थाको बारेमा जानकारी हुन्थ्यो&nbsp; र हाम्रो सम्बन्ध बाटोमा माग्ने बच्चि र पैसा दिने केटीको&nbsp; भन्दा न्यानो हुन सक्थ्यो। Nepali Thita Thanks a lot.... बैरे हामी पनि दिक्क लागेर पुलिसलाई बोलाई दिउँ भनेर तर्साउँथ्यौ। तर कुनै कुनै घटनाले मान्छेको सोचाइ नै परिवर्तन गरी दिँदो रहिछ। KHusHii I also think same way but acting is much difficult then thinking. We always wait for perfect situation which will never come. Let's hope we will be less selfish and actually do something for them. Thank you for all other silent readers. Last edited: 26-Jun-09 10:39 AM

nakkali keti · Jun 26, 2009 10:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all