डि.भि त पर्‍यो तर चिन्ता झन धेरै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझाका विद्वान मित्रहरु नमस्कार मैले एउटा जिज्ञासा विसाएको छु कृपया आफुले जानेको शेयर गरि दिनु भए आभारी हुने थिएँ । समस्या यस्तो छ ... मेरो एक जना मित्र अमेरिका आएको वाह्र वर्षभयो । वहाँ अमेरिकीको आइ भि पी (J) भिषामा आउनु भएको थियो गरिवीका कारण फर्किनु भएन । वहाँले साना नानीहरु र परिवार छोडेर आउनु भएको अहिले तिनीहरु जवान भैसकेका छन् । विचराको न त फर्किन सक्ने अवश्था छ न त उनीहरुलाई वोलाउने नै कुनै मार्ग छ । हालै यहाँको ठेगानाबाट भरेको र यही कै ठेगानामा पहिलो डिभीको पत्र आएको छ । अव के हुन्छ भनेर वहाँलाई झन उत्साह र हतोत्साहीको भावना आएको छ । वहाँलाई के गर्दा हुन्छ भन्ने पनि थाहा छैन । विचरा यतिका वर्षसम्म भारतीय र पाकिस्तानीको किचेनमा आफुलाई घिसारी रहनु भएको छ र वच्चाहरुलाई नेपालको राम्रो स्कुलबाट मुक्त गर्न लाग्नु भएको छ । अव के गर्नु पर्छ ? केही उपाय हुन्छ कि ?? यहाँहरुको मुल्यवान सुझावको म आभार व्यक्त गर्ने छु । यहाँहरुको जय होस् धन्यवाद डिभी पर्नेको शुभ चिन्तक शुभलाभ

Shuvalav · Jun 24, 2009 3:12 PM · 11,743 views

1 Reply

I do not think  any immigration lawyer will be helping you ( that is the truth) via sajha kurakani, The best way is ,  get help from Immigration lawyer. Give a call to one of the nepali immigration lawyer. It is sad, he was used by those restaurant owner, people get GC within 3-4 year working as chef.  Last edited: 25-Jun-09 11:58 AM

बैरागिकाइलो · Jun 25, 2009 11:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all