चुम्बन माथी प्रतिबन्ध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

स्कुलमा पढ्न भनेर आएका बिद्यार्थीहरुमा चुम्बन तिर अली बढी नै रम्न थाले पछी एउटा नाम चलेको स्कुलले चुम्बन माथी नै प्रतिबन्ध लगाउने निर्णय गर्नु परेको छ। Cheddar, Somerset स्थित Kings of Wessex School  का प्रधानाध्यापक Chris Richardson ले यो कुरा त्यहाँ अध्यनरत १,२०० जनालाई नै बताईसकेका छन। यदी ति मध्ये कुनै पनी बिद्यार्थी चुम्बन गरेको अवस्थामा भेटिएमा स्कुल बाट नै निस्काषित समेत हुन सक्नेछन। तर स्कुलको यो निर्णयमा अविभावकहरु भने सहमत छैनन किनकी उनीहरुको भनाईमा टिनएजको बेला सबै लाई त्यस्तै हुने गर्दछ । यस बारेमा एक जना अविभावक भन्छन, "यो कुनै प्रतिबन्ध लगाउने कुरा नै होईन किनकी चुम्बन भनेको टिन एज जिवनको एउटा पाटो हो"। उनीहरुको भनाई छ, चुम्बन गरेकै कारण कारबाही गर्नु भएको उचित कुरा होईन। हुन त Kings of Wessex Schoo स्कुल निकै अनुशाशित स्कुलमा गनिने स्कुल मध्येको एक हो जसले राम्रो रिजल्टको कारण सरकार बाट सम्मान समेत पाईसकेको छ। यस बारेमा स्कुलको आधिकारिक वेबसाईटमा स्कुलका प्रधानाध्यापक लेख्छन, "हाम्रो स्कुल धेरै अगाडीको उराह्रुको बारेमा सोच्ने स्कुल हो तर पनी हामीहरु पुराना रोतीरिवाजमा विश्वाश गर्दछौं"।

aficionado · Jun 24, 2009 5:48 AM · 7,521 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all