लगातारका हत्या र हत्यारा हरु पक्राउ नै नपर्नु परे पनि हामी जस्ता सर्बसाधारण जनतलाई चित्त बुज्ने कारबाही नहुनु ले स्पस्ट हत्यरा हरु राजनैतीक सम्रक्षण मा सजिलै उम्किरहेको देखाउदछ । यो हत्या कङ्रेस कार्यकर्ताको न हो भनेर अरु चुप लाग्यो अर्को एमाले को भनेर अरु चुप लाग्यो अनी अर्को माअोबादिको नहो भनेर अरु चुप लाग्यो , अन्त्यमा आफ्नै परिवार मारिदा बल्ल झसँग भयो ?????? सबै घटना र प्रक्रिती हेर्दा राजनैतीक नेता हरु यो युग का रक्षस हुन । हाम्रो संस्क्रिती भनेको रावन को हत्या हुँदा दसैं मनाउने सन्स्क्रिती हो । एदी नेपालका यि रक्षस हरुको पनि हत्या भयो भने मेरो मन दुक्ने छैन । एदी मैले भनी रहेका शब्द हरु गलत हुन भने पछी ठन्दा दिमक्ख ले सोचौला , अहिले भने यो भन्दा अर्को बिकल्पनाइ मेरो मन्मा आउँदैन ।
comingsoon · Jun 23, 2009 7:12 PM · 2,419 views
अपहरण धन्दामा माओवादी नेता ९-असार-२०६६,मंगलवार मेडिकल रिपोर्टमा विष सेवनबाट मृत्यु भएको प्रमाणित भइसक्दा पनि आफ्ना कार्यकर्ताको हत्या भएको ढिपी गर्दै चर्का नारा लगाउने माओवादीकै कार्यकर्ताहरु राजधानीका ठुला अपराधका घटनामा संलग्न रहेको पाइएको छ। गत जेठ २२ गते व्यापारिक घरना सारडा गु्रपका महेश सारडाको अपहरणमा माओवादीका जिल्लास्तरीय एक नेताको प्रमुख संलग्नता रहेको पाइएपछि उनीहरु शान्तिका आडमा अपहरणमा पनि संलग्न हुने गरेको तथ्य खुलेको हो। सारडाको अपहरणमा साङला गाविस―७ निवासी माओवादीका काठमाडौं जिल्ला सदस्य तथा वाईसीएल क्षेत्रीय इन्चार्ज दीपेन्द्र तिमल्सिना पक्राउ परेका छन्। सारडाको अपरण गरी फिरौती माग्नेमा उनको प्रमुख हात रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार माओवादी नेता तिमल्सिनाले अपहरणका लागि गाडीको व्यवस्था गर्ने तथा बन्दक बनाउने ठाउँको योजना बनाएका थिए। आठ दिनसम्म बन्धक बनाएर चरम यातना दिएपछि व्यवसायी सारडालाई १४ लाख फिरौती लिएर छोडिएको थियो। अपहरण गरिएका सारडालाई तिमल्सिनाकै साङला गाविसस्थित कुखुरा पालन गर्ने घरमा बन्धक बनाइराखेको महाशाखाका प्रमुख वीरेन्द्रवावु श्रेष्ठले बताए। अपहरणमा प्रयोग भएको पेस्तोल लगायतका हातहतियार पनि तिमिल्सनाले नै बन्दोबस्त गरेका थिए। यो घटनाबाट माओवादी कार्यकर्ताहरु हतियार बोकेर खुलेआम हिंड्ने गरेको अर्को तथ्य पनि उजागर भएको छ। आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले तिमल्सिनालगायत छ जना अपहरणकारीलाई सार्वजनिक गरेको थियो। तिमल्सिना पक्राउ परेपछि माओवादी नेताहरुले उनलाई छाड्न दबाब दिएका छन। तिमल्सिनाले विगतमा पनि वाईसीएलको नाममा व्यापारीसंग चन्दा मागेर आंतक श्रृजना गर्ने र दुःख दिने गरेको स्रोत बताउँछ। निजी चालक नै अपहरणकारी व्यवसायी सारडाकोमा वर्षाैदेखि निजी चालकका रुपमा काम गर्दै आएका कुमार राई पनि उनको अपहरणमा संलग्न थिए। उनले सारडाको आनीबानिदेखि उनको घरको बारेमा सम्पूर्ण जानकारी उपलब्ध गराएका थिए। राईको सहयोगमा व्यवसायी सारडा दिउँसै अपहरणमा परेका थिए। उता यस अपहरणका मुख्य योजनाकारहरुमा विगतमा विभिन्न अभियोगमा जेल परेका र हाल पनि जेल जीवन बिताइरहेकाहरु समेत रहेका छन्। दावा दार्जे भनिने सुनसरी घर भएका हेम बहादुर लामा पहिले भाटभटेनीमा चोरी गरेको अभियोगमा २ वर्ष जेल परेका थिए। अर्का योजनाकार दाङका निरञ्जन खनाल कान्तिपथस्थित नबिल बंैकमा डकैतीको अभियोगमा पक्राउ परि केही महिना अगाडि मात्र रिहा भएका थिए। आगूऔषध मुद्दामा केन्द्रीय जेलमा बन्दी जीवन बिताइरहेका अमर टन्डन र राजेश अग्रवालको समेत यो अपहरणको योजनामा संलग्नता रहेको महाशाखाकाका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले जनाएका छन्। प्रहरीले पक्राउ गरेका अर्का अपहरणकारीमा काभ्रे घर भएका ट्याक्सी चालक बत्तीबहादुर लामा रहेका छन्। उता एकपछि अर्काे गरेर राजधानीमा अपहरणका घटना बढ्न थालेपछि राजधानीवासीमा त्रास बढेको छ। कालिमाटीको जेसीआरसी कलेजमा १२ कक्षामा अध्ययनरत छात्रा ख्याति श्रेष्ठको अपहरणको १६ दिनपछि बिभत्स हत्या भएपछि राजधानी झन् असुरक्षित रहेको देखिएको छ। घटनाको विरोधमा हिजो सोमबार कालिमाटीलगायतका स्थानहरु बन्द भयो। अपहरणमा छात्राकै एक आफन्तको हात रहेको पाइएको छ। यसरी राजधानी काठमाडौंमा दिनप्रतिदिन असुरक्षा बढ्दै गएको भए पनि प्रहरी प्रशासनले सुरक्षामा सुधार गर्न सकेको छैन। -- दृष्टि http://www.weeklynepal.com/ind...
lakhe · Jun 23, 2009 8:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion