गणवहालस्थीत ग्याँस गोदाममा भीषण आगलागी साँघुरो बाटो भएकाले दमकल जान कठिनाई,जनजीवन त्रस्त काठमाडौं ९ असार (दैनिकी) राजधानीको केन्द्रविन्दु मानिएको गणवहालस्थीत एक ग्याँस गोदाममा भीषण आगलागी भएको छ । अत्यन्त ज्वलनशील पदार्थ ग्याँसको गोदाममा आगो लागेकाले स्थानीय बासिन्दाहरु अत्यन्त त्रसित भएका छन् । ग्याँस गोदम भएको पाँच तले घरसँग अन्य घरसमेत जोडिएका थिए । राजधानीको सबभन्दा बढी घना बस्ती भएको क्षेत्रमा अत्यधिक प्रज्वलनशील इन्धनको गोदाममा भएको आगलागीले त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । प्रहरी नियन्त्रण कक्षका अनुसार घटना करिब साढे ८ बजे आएको थियो । त्यसलगत्तै प्रहरी त्यस क्षेत्रमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । अहिलेसम्म त्यस क्षेत्रमा आगो नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, सेना लगायतका १० भन्दा बढी दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार अझैसम्म पनि आगो नियनत्रणमा आउन सकेको छैन । ग्याँसमा लागेको आगो नियन्त्रणका लागि पानीको प्रयोगले हुदैंन । यस्तो अवस्थामा विशेषगरी फोमको प्रयोग हुने गर्छ । पे्रट्रोलियम पदार्थमा लागेको आगो पानीले निभाउने प्रयास गर्दा आगो अझ माथि माथि जाने हुन्छ । आगोका ज्वालाई मत्थर पार्न विशेष फोमको प्रयोग गरिएको हुन्छ । सामान्यतया विमानस्थल लगायतका संवेदनशील क्षेत्रमा प्रयोग गरिने फोमयुक्त दमकल ठूला भएकाले घटनास्थलमा पुग्न कठिनाई भैरहेको छ । त्यसक्षेत्रको जनजीवन अस्तव्यस्त भएकाले क्षतिको विवरण अझैसम्म प्राप्त हुन सकेको छैन । प्रहरीले भने १० बजेसम्म आगो नियन्त्रणमा आउन सक्ने जनाएको छ ।
ANS · Jun 23, 2009 12:17 PM · 1,196 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion