ईटलीका वैज्ञानिकहरुले गीत-संगीतलाई मुटुको रोगको उपचारमा प्रयोग गर्न सकिने बताएका छन। हालै उनीहरुले गरेको अनुशन्धानमा मुटुको धडकन र ब्लड प्रेशरलाई संगीतले असर गर्न सक्ने पाए पछी यो कुरा जनाएका हुन। ति वैज्ञानिकहरुले अनुषन्धानको क्रममा धेरै टेम्पो रेट भएका गीतहरु सुन्दा मुटुको धड्कन बढ्नुका साथै कम टेम्पो रेट भएका गीतहरु सुन्दा मुटुको धड्कन घट्नुका साथै ब्लड प्रेशर पनी पहिले भन्दा कम भएको पाएका थिए। त्यसको साथै गीतको टेम्पो रेट क्रमस: बढाउने घटाउने गर्दा त्यसको प्रत्यक्ष असर मुटुको धड्कनमा पनी देखीएको थियो। त्यसैले धेरै टेम्पो रेट भएका र कम टेम्पो रेट भएका गीतहरुको संयोजन गराई तयार पारीएको गीतहरुले cardiovascular system लाई नियन्त्रण गर्न सक्ने वैज्ञानिकहरुले बताएका छन। त्यस्तै गीत सुनिरहेको बेला रोक्दा मुटुको गती, स्वाश प्रश्वाशको गती र ब्लड प्रेशर घटेर गएको पाईएको थियो। अनुषन्धानको क्रममा वैज्ञानिकहरुले (ECG), ब्लडप्रेशर जाँच्ने मेसिन, स्वाश प्रश्वाश जाँच्ने मेसिन जडान गरी चेक जाँच गरेका थिए।
aficionado · Jun 23, 2009 7:24 AM · 7,554 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion