भारतमा माओवादी आतंककारी घोषित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

USA le maobadi lai ajhai atankakari ko rup ma rakhi raheko bela maobadi lai arko jhatka lagya cha. नयाँ दिल्ली, असार ९ (एजेन्सी)- भारतको केन्द्रीय सरकारले विद्रोही माओवादीलाई आतंकवादी संगठनको घोषणा गर्दै औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । माओवादीलाई राजनीतिक शक्तिका रुपमा लिँदै उनीहरुविरुद्ध राजनीतिक प्रतिरोध नै गर्नुपर्ने भनी प्रतिबन्धको विरोध गर्ने बामपन्थी दलहरुको समर्थनबिनै कांग्रेसको नेतृत्वमा सरकार बनेको एक महिनापछि यस्तो निर्णय भएको हो । माओवादीलाई गैर कानुनी गतिविधि रोकथाम कानुनअनुसार आतंककारी सूचीमा सूचीकृत गरी प्रतिबन्ध लगाइएको हो । भारतीय कम्युनिष्ट पार्टी माओवादी भारतको प्रमुख माओवादी संगठन हो । भारतका ३४ वटा संगठनलाई आतंकवादी संगठन सूचीमा राखिएको छ । यो निर्णयले हि‌सात्मक गतिविधिमा सकि्रय नभएका माओवादी पार्टीका सदस्यलाई पनि अधिकारीले पक्राउ गर्न सक्छन् । विद्रोहीबिरुद्धको संघर्ष अहिलेसम्म राज्य प्रहरीले मात्रै गर्दै आएको थियो । अहिलेको घोषणाले भारतको पूर्वी मध्य तथा दक्षिणी क्षेत्रमा फैलिदै गएको माओवादी विद्रोहीविरुद्धको संघर्षका लागि सेना बोलाइनसक्ने संकेत दिएको छ । प्रधानमन्त्री मनमोहन सिंहले माओवादीहरुलाई भारत स्वतन्त्रपछिको सबैभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौती रुपमा ब्याख्या गर्दै आएका छन् । भारतमा प्रभाव विस्तार गर्दै आएको माओवादीले कोलकाताबाट १ सय ७० किलोमिटर दक्षिणमा पर्ने लालगढ नगरलाई एक साताअघि मुक्त क्षेत्र घोषणा गरेका थिए । यसै विषयलाई लिएर सुरक्षाकर्मी र लडाकुबीच लालगढ क्षेत्रमा संघर्ष हुँदै आएको छ । माओवादीले लालगढमा सुरक्षाकर्मी कारबाहीको विरोधमा सोमबार र मंगलबार पाँच राज्यमा दुईदिने बन्द आह्वान गरेका छन् ।

no_quiero · Jun 23, 2009 1:40 AM · 2,758 views

2 Replies

Look at this hippocrates Indian. This is not fault of other indians this is the fault of Sonia sarkar. She or her government support nepalease maoist now indian maoist kicking their ass. Simply belive or not Sonia is only one culprit for the present situation of Nepal since 2045.   I am in america but i dont trust any white people, because they have double face.

Sajivan · Jun 23, 2009 8:58 AM

I am in america but i dont trust any white people, because they have double face. -------------------------------------------------------------------------------------------- You are racist.

no_quiero · Jun 23, 2009 9:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all