कुरिया गाउले को सबै लाई नमस्कार
kuriyagaon · Jun 22, 2009 4:42 PM · 17,167 views
विश्व निकेतन स्कुल को नाम सुनेर केही लेखु जस्तो लाग्यो राहुल भाई को पन्ना म केही कोरु जस्तो लाग्यो केही कोरे पनि हेरे पनि तर पाइन मैले तिथी मिती अनी मेरो सम्झना का शब्द। संका लाग्यो मलाई पनि के भो भन्ने लाग्यो पन्ना सिधिएछ जस्तो लागि hello लेख्न मन लाग्यो अचम्म भो मैले मेरो posting hello देखे के गर्ने लौ भनी मत अकमक्क परे । विधार्थि म २०४६ को हुनुहुन्छ कोही थापाथली घर हो मेरो चिन्नु हुन्छ कोही सम्झना का तिता मिठा याद हरु छन धेरै साट्ने हो कि रमाइला ति दिन हरु छन धेरै।
kuriyagaon · Jun 28, 2009 1:37 PM
के हो साथीहरु कोही नचिने झै गर्ने पन्ना खाली देख्दा पनि भरेको झै गर्ने हामीले पढेको साल नमिलेर के भो स्कुल र गुरुहरु अनी ठाउँ उही हो । गम्बिर मान सर अनी नरेश मान सर बोका सर अनी यमराज सर मन्जु मिस र बिना मिस सबै मेरा पाला का ति हुन पडाउने सबै । निरन्जन केशव र अभए मेरा साथी चिन्नु हुन्छ तिन्लाई भने ति थीए धेरै जाती। सुलोचना उशा अनी अर्चना र शर्मिला अहिले मेरो सम्झना का पात्र हुन ति धमिला । आज लाई एती नै लेखु पछी फेरी थपौला
kuriyagaon · Jul 1, 2009 5:35 PM
अहो! बर्शौ भ्एछ साझामा मन् बिशाउन नपाएको! सुरु गरेको गृहकार्य सिध्याउन नपाएको !! के गर्ने! स्कुलका ति सम्झनाहरु त ताजै छन् ! तर व्यबहार अनी परिस्थितीले चेपिएका छन् !! साचै नै कती रमायिला थिए ति दिनहरु! बिदेशिदा झन धेरै सम्झना आउने ति स्वर्निम पलहरु!! बागमतीको त्यो बालुवा फाटमा भलीबल खेल्यो! अनी त्रिपुरेस्वोरको चोकमा गएर एक रुपैयाँको समोसा र चप खायो !! गर्व छ जीवन को त्यो समय र मेरो स्कुल प्रती! छाती भित्र अगाध श्रधा छ मेरा ति गुरुहरु प्रती!! अनी इर्श्या छ मलाई आफ्नै ति दिनहरु प्रती! फर्काउन सक्दिन र पो त, नत्र उल्ट्याउने थिए ति समयहरु फेरी !! Last edited: 03-Feb-11 09:23 AM Last edited: 03-Feb-11 09:24 AM
kuriyagaon · Jan 21, 2011 4:21 PM
जीवन एक नदी सरी रहेछ! बगिरहेका ती समयहरुले अतीत बिरसी रहेछ! संझिदानी डरलाग्छ, मेरो बाल्यपन अनी जवानी पनि त त्यो बगाई संगै समाप्त हुदैँ छ! मेरो विश्व निकेतन अनि मेरो त्यो क्षण पनि संगै धुमिल हुदैँ छ! तर, मलाई त्यो समय फर्काउनु छ! जीवन को त्यो स्वर्णिम पल अनी मेरा रहरहरु बागमतीको त्यो फाँट अनी निश्चल मेरा मनहरु सुन्दर सपनाले एकपटक फेरि सझाउनु छ ! साथीहरु! उपाय केहि छ कि बिगत फर्काउने !!! Last edited: 20-Sep-13 11:02 PM
kuriyagaon · Sep 20, 2013 11:00 PM
जीवन एक नदी सरी रहेछ! बगिरहेका ती समयहरुले अतीत बिरसी रहेछ! संझिदानी डरलाग्छ, मेरो बाल्यपन अनी जवानी पनि त त्यो बगाई संगै समाप्त हुदैँ छ! मेरो विश्व निकेतन अनि मेरो त्यो क्षण पनि संगै धुमिल हुदैँ छ! तर, मलाई त्यो समय फर्काउनु छ! जीवन को त्यो स्वर्णिम पल अनी मेरा रहरहरु बागमतीको त्यो फाँट अनी निश्चल मेरा मनहरु सुन्दर सपनाले एकपटक फेरि सझाउनु छ ! साथीहरु! उपाय के छ !!! Last edited: 20-Sep-13 11:11 PM
kuriyagaon · Sep 20, 2013 11:01 PM
bro, every 2 years ma sajha ma aaunu hudo rahecha.... see you again in 2015...
pepsi · Sep 20, 2013 11:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion