प्रहरीले सारडाको अपहरणमा संलग्न रहेको अभियोगमा धरान घर भई काठमाडौं टेकु बस्ने ३६ वर्षीय दावा दोर्जे भन्ने हेमकुमार लामा, सिन्धुली पुरानो झाँगाझोली घर भई ललितपुर चापागाउँ बस्ने २८ वर्षीय टेकबहादुर तामाङ, दाङ धर्ना घर भई काठमाडौं गोल्फुटार बस्ने २३ वर्षीय निरञ्जन खनाल, खोटाङ चिप्रिङ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय कुमार राई, काभ्रे खनालथोक घर भई काठमाडौं टेकु बस्ने ३३ वर्षीय बत्तिमान लामा, मकवानपुर नामटार घर भई ललितपुर धापाखेल बस्ने २६ वर्षीय कुमार गुरुङ र काठमाडौं साङ्ला बस्ने २३ वर्षीय दीपेन्द्र तिमिल्सेनालाई पक्राउ गरेको छ । सारडाका आफ्नै चालक कुमार गुरुङले अपहरणकारीलाई सारडाको व्यक्तिगत तथा पारिवारिक जानकारी दिएका थिए । निरञ्जन खनाल प्रहरी भिनाजुको पेस्तोल प्रयोग गरी ०६१ मा १७ वर्षको उमेरमा नबिल बैंक लुटेर चर्चामा आएका थिए । उनी २ वर्ष जेल भुक्तान गरी तीन वर्ष अगाडि मात्र रिहा भएका हुन् । बत्तिमान ट्याक्सीड्राइभर हुन् भने तिमिल्सेना काठमाडौं क्षेत्र नम्बर २ को वाइसिएल अध्यक्ष हुन् ।
stopthewar · Jun 22, 2009 8:45 AM · 1,393 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion