नेपालका सर्वाधिक धनी मानिएका अन्तर्राष्ट्रिय उद्यमी डा. उपेन्द्र महतोका ६५ वर्षीय बाबु रामआशिष महतो १५ वर्षीया किशोरीलाई बलात्कार गरेर फरार छन् । महतोले काठमाडौं, भाटभटेनीमा रहेको आफ्नै घरमा किशोरीलाई बलात्कार गरेका हुन् । http://www.nayapatrika.com/new...
NKC · Jun 19, 2009 2:34 PM · 25,463 views
नर पिचास मान्छे यदी यो समाचार साचो हो त !!
Nirvana · Jun 19, 2009 4:05 PM
कभरस्टोरी उपेन्द्र महतोका ६५ वषीय पितालाई १५ वषीया किशोरी बलात्कारको अभियोग अन्य समाचार - उपेन्द्र महतोका ६५ वषीय पितालाई १५ वषीया किशोरी बलात्कारको अभियोग पुरानो अंक - नयाँ मन्त्रीका लागि ४९ गाडी तयार पार्न गृहलाई निर्देशन - घरेलु कामदार महिलालाई १० हजार तिरे गायक यम बरालले - 'सहमति जुटाइदिन' मेनन काठमाडौं आउँदै - बालुवाटारमा नौ घन्टा छलफल, सहमति शून्य - राष्ट्रपति-उपराष्ट्रपतिको किचनेदेखि ट्वाइलेटसम्म दुई करोड सकियो केपी ढुंगाना/नयाँ पत्रिका काठमाडौं, ३ असार 2009-06-18,Thursday नेपालका सर्वाधिक धनी मानिएका अन्तर्राष्ट्रिय उद्यमी डा. उपेन्द्र महतोका ६५ वर्षीय बाबु रामआशिष महतो १५ वर्षीया किशोरीलाई बलात्कार गरेर फरार छन् । डा. महतोले काठमाडौं, भाटभटेनीमा रहेको आफ्नै घरमा किशोरीलाई बलात्कार गरेका हुन् । गैरआवासीय नेपाली संघ(एनआरएन) का अध्यक्षसमेत रहेका उद्यमी डा. महतोले बाबुका लागि काठमाडौं भाटभटेनीमा २२ रोपनी जग्गामा घर बनाइदिएका छन् । तर 'ज्येष्ठ नागरिक' रामआशिषले त्यही घरमा २९ वैशाखमा किशोरीमाथि बलात्कार गरे । प्रहरीले खोजेपछि उनी फरार छन् । रामआशिषले लक्ष्मी लामा नाम गरेकी महिलालाई पैसा दिएर १५ वर्षीया किशोरीलाई घरमा बोलाएका थिए । 'कालीमाटी ए' (प्रहरीले दिएको नाम) लाई दुर्गा भवन महतो निवासमा रातभरि चारपटक र बिहान एकपटक बलात्कार गरेर मात्र वृद्ध महतोले पठाइदिएका थिए । पीडित किशोरीले बलात्कारी वृद्धविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी छिन् । उनले आफूलाई झुक्याएर वृद्ध महतोको घरमा पुर्याउने लक्ष्मी लामा र संगीता थापाविरुद्ध पनि उजुरी दिएकी छिन् । दुइटी केटीले राति दस बजे महतोको घरमा पुर्याए । मलाई बूढाले बाहिरबाट चुकुल लगाइदिए । आधा घन्टापछि आएर खाना खुवाए, 'रक्सी खान्छ्यौ’ भनेर पनि सोधे । 'खान्नँ’ भनेपछि एकैचोटि मेरा कपडा खोल्न थाले । बलात्कार गर्न लागेपछि म चिच्याउन थालेँ । त्यसपछि मलाई 'बढी भइस् भने मारेर गाडीको डिक्कीमा हालेर फालिदिन्छु भने । बिहानसम्म मलाई पाँचपटक लुटिसकेका थिए किशोरीले प्रहरीलाई दिएको वयानबाटउजुरी पाएकै साँझ महानगरीय प्रहरीको टोलीले महतोको भाटभटेनीस्थित दुर्गा भवन महतो निवास घेरेको थियो । त्यतिवेला वृद्ध महतो घरमै थिए । प्रहरीले घर घेरेकै वेला 'माथिबाट' आदेश आएपछि टोली फर्किएको थियो । त्यसलगत्तै 'ज्येष्ठ नागरिक' फरार छन् । बलात्कारमा सहयोग गरेको अभियोगमा प्रहरीले लक्ष्मी र संगीतालाई पक्राउ गरी हाजिर जमानीमा छोडेको छ । तर, मुख्य अभियुक्त 'ज्येष्ठ नागरिक' महतोलाई भने अहिलेसम्म पक्राउ नै गरेको छैन । पीडित 'कालीमाटी ए'का अनुसार 'ज्येष्ठ नागरिक' महतोले उनलाई राति साढे १० बजे बलात्कार गर्न सुरु गरेका थिए । महतोले राति चारपटक र बिहान एकपटक बलात्कार गरेर मात्र घरबाट बाहिर जान दिएको बयान पीडितले प्रहरीलाई दिएकी छिन् । पाँच हजार पैसा र मोबाइल पाइन्छ, घुम्न जाऊँ भनेर दुई महिलाले किशोरीलाई भाटभटेनी पुर्याएका थिए । तर, घुम्न जाऊँ भनेर महतोको घर पुर्याएकी किशोरीलाई बूढाले लगातार बलात्कार गरेका थिए । 'मलाई साढे १० बजेतिर कोठामा पुर्याइएको थियो, कोठामा हजुरबाजस्ता मान्छे थिए, उनले मलाई रक्सी खाने हो भनेर सोधे,' किशोरीले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, 'मैले रक्सी खान्नँ भनें, तर त्यहीवेला बूढाको नियत ठीक छैन भन्ने मलाई लागिसकेको थियो ।' पीडित किशोरीलाई उनीसँगै घरमा बस्ने लक्ष्मी (पूजा) लामाले महतोको घरमा पुर्याएकी हुन् । किशोरी कुलेश्वरस्थित घरमा एक्लै भएको वेला पूजाले बाहिर घुम्न जाऊँ, पाँच हजार र मोबाइल दिन्छु भनेर फकाएकी थिइन् । पीडितका अनुसार लक्ष्मीले कुलेश्वरबाट कालीमाटीसम्म ट्याक्सीमा ल्याएकी थिइन् । त्यसपछि उनीहरू जैसीदेवलसम्म पैदल हिँडेका थिए । करिब पाँच बजेतिर सोनु नामकी अर्की युवती जैसीदेवलमा आएर उनलाई 'रिसिभ' गरेकी थिइन् । घुम्न गएबापत पाँच हजार र मोबाइल पाइन्छ भन्ने आशामा रहेकी किशोरी सोनुको पछि लागेकी थिइन्, तर लक्ष्मी पनि साथमै थिइन् । 'चिच्याइस् भने मारेर फालिदिन्छु भने’ म सानै छँदा आमा बित्नुभएपछि म बुबा र दाजुसँग कुलेश्वरमा डेरामा बस्दै आएकी छु । बुबा ज्याला-मजदुरीको काम गर्नुहुन्छ । पूजा दिदी (लामा) पनि म बस्ने घरमा डेरामा बस्नुहुन्छ । २९ वैशाखमा उहाँले मलाई बाहिर घुम्न जाऊँ भन्नुभयो । मैले मानिनँ । उहाँले पाँच हजार र मोबाइल दिन्छु, केहीछिन हिँड न भनेर फकाउनुभयो । धेरै कर गरेपछि मैले हुन्छ भने । हामी कालीमाटीसम्म गाडीमा आयौँ । त्यो वेला त्यस्तै ३ बजेको थियो । त्यहाँबाट जैसीदेवलसम्म हिँडेर आयौँ । त्यस्तै पाँच बजेतिर जैसीदेवलमा सोनु श्रीमान्को मोटरसाइकलमा आइन् । उनी मोटरसाइकलबाट ओर्लिएर मसँग भेटिन् । उनले मलाई तिम्रो बुबाले सोधे भने संगीताको घरमा बसेकी छु भन्नु भनेर सिकाइन् । पूजा र सोनु ट्याक्सीमा बसे । दुवैजनाले मलाई ट्याक्सीमा राखेर भाटभटेनीमा रहेको एउटा आधुनिक भवनभित्र पुर्याए । उनीहरूले मलाई कोठामा लगेर त्यहाँ भएको व्यक्तिलाई चिनाए । उनीहरू पनि कोठामा बसेका थिए । तर, केही समय बसेर उनीहरू गए । त्यस्तै १० बजेतिर म बसेको कोठामा बाहिरबाट चुकुल लगाएर ती व्यक्ति बाहिर गए । म कोठामा एक्लै थिएँ । आधा घन्टापछि ढोका खुल्यो । मलाई खाना खान दिए । ती बूढा कोठामा आए । मलाई रक्सी खाने हो भनेर सोधे । मलाई शंका लाग्यो । उनले भित्रबाट कोठा बन्द गरे । उनले मेरो संवेदनशील अंगहरू चलाए । मलाई असजिलो लाग्यो । उनले मेरो बाहिरी कपडा खोले । मलाई डर लाग्यो । उनले मलाई पलङमा लगेर लडाए । त्यसपछि जबर्जस्ती गर्न थाले । मलाई दुख्न थाल्यो । म चिच्याउन खोजेँ, तर उनले चिच्याइस् भने मारेर गाडीको डिक्कीमा हालेर फालिदिन्छु भनेर तर्साए । म चुपचाप सहन बाध्य भएँ । त्यसपछि उनले मलाई पाँचपटक यस्तै गरे । बिहान घर फर्किएपछि बुबालाई भनेँ । बुबाले प्रहरीलाई उजुरी गर्नुभयो । त्यसपछिको कुरा प्रहरीलाई नै थाहा छ । सोनु र लक्ष्मीले किशोरीलाई ट्याक्सीमा राखेर जैसीदेवलबाट भाटभटेनीमा रहेको महतो निवासमा ल्याएका थिए । भाटभटेनीमा रहेको आधुनिक भवनको एउटा कोठामा आफूलाई राखेर पूजा र सोनु केही समय बसेर बाहिरिएको पीडितले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । कोठामा किशोरीलाई पाएपछि वृद्ध महतो करिब १० बजे कोठामा बाहिरबाट चुकुल लगाएर बाहिर गएका थिए । करिब आधा घन्टापछि फर्किएर खाना दिएका थिए । खाना खाएर बसेपछि माहतोले आफूलाई रक्सी खान कर गरेको तर आफूले नखाएको उनले बताएकी छिन् । तर, रक्सी खान्नँ भन्दा मानेका महतोले यौनकार्य गर्दिनँ भन्दा भने जबर्जस्ती गरेको पीडितले बताएकी छिन् । प्रहरीलाई उनले भनेकी छिन्, 'उनले मेरो कपडा फुकालेर संवेदनशील अंगहरू चलाउन थाले । जबर्जस्ती गर्न खोजे । बलात्कार गर्न थालेपछि मलाई दुख्यो र कराउन खोजेँ । तर, उनले कराइस् भने मारिदिन्छु भनेपछि डर लाग्यो, चुप लागेर सबै सहँ ।' रातभरको बलात्कार सहेर नवदुर्गा महतो निवासबाट बाहिर निस्किएर घर पुगेपछि उनले आफूमाथि आइपरेको दुर्घटनाबारे आफ्नो बाबुलाई बताएकी थिइन् । बाबुले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा लगेर उजुरी दिन लगाएका थिए । बलात्कारीको परिचय खुल्नासाथ महतोलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसरको टोली र महानगरीय प्रहरी प्रभाग कमलपोखरीको टोली नवदुर्गा महतो निवास पुगेका थिए । तर, उनलाई पक्राउ गर्न गेटमै पुगेको वेला माथिल्लो निकायको अहिले पक्राउ नगर्नू भन्ने आदेशपछि टोली फर्किएको थियो । स्रोतका अनुसार महतोलाई पक्राउ गर्न प्रहरी आएको खबर पाउनासाथ महतो निवासको सुरक्षाको जिम्मा लिएका हरिभक्त सिग्देलले गेट लगाइदिएका थिए । सिग्देल नेपाल प्रहरीका पूर्वडिएसपी हुन् । उजुरी आएपछि महानगरीय प्रहरीको महिला बालबालिका सेवा केन्द्रले तत्काल किशोरीको स्वास्थ्य परीक्षण गर्न प्रसूतिगृह थापाथली पठाएको थियो भने पीडितको उमेर पत्ता लगाउन स्वास्थ्य परीक्षणसमेत गराएको थियो । प्रसूतिगृहले ३० वैशाखमा पीडितको स्वास्थ्यअवस्था सामान्य रहेको तर यौनझिल्ली भने च्यातिएको प्रतिवेदन दिएको थियो । फरेन्सिक परीक्षणमा पनि पीडितको उमेर १४ देखि १६ वर्ष उमेरको बीचमा रहेको प्रमाणित भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । महिला तथा बालबालिका सेलले आरोपितमध्येका पूजा भनिने लक्ष्मी लामा र संगीता थापालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सेलले अनुसन्धान सकाएर मुद्दा चलाउनका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा सक्कल फाइल पठाएको थियो । तर, सरकारी वकिलले २४ जेठमा मुद्दा चलाउनु नपर्ने ठहर गरेपछि हिरासतमा रहेका दुवै आरोपी रिहा भएका थिए । त्यहीबीचमा पीडितले आफूमाथि अन्याय नभएको भन्दै अनुसन्धान अघि नबढाउन प्रहरीलाई निवेदन दिएकी थिइन् । त्यही निवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अघि नबढाउने निर्णय गरेको थियो । सरकारी वकिलको कार्यालयको निर्णय पुनरावेदन अदालत पाटनले समेत सदर गरेको थियो । तर, अन्तिममा महान्यायाधिवक्ताको कार्यालयले पीडित नाबालिक रहेको, पक्राउ अभियुक्तहरूको बयानमा उनीहरूले बालिकालाई जैसीदेवलसम्म ल्याएको स्वीकार गरेको, पीडित बालिकाको कन्याजाली भर्खरै च्यातिएको र प्रमुख प्रतिवादी महतो फरार रहेकाले जबर्जस्ती करणीमा मुद्दा चलाउन आदेश दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले मुद्दा दर्ता गर्न भन्दै २ असारमा फाइल सरकारी वकिलको कार्यालयमा फिर्ता पठाइदिएको छ । अहिले सरकारी वकिलको कार्यालयले महतोसहित तीनजना अभियुक्तको नाममा वारेन्ट जारी गराउने गरी अदालतमा मुद्दा दर्ता गराएको छ । source:http://www.nayapatrika.com/new...
Everest2 · Jun 19, 2009 4:30 PM
WTF......sorry for the girl
8848m · Jun 19, 2009 4:49 PM
WTF !!!! its damn unbelievable ...
gauleketo · Jun 20, 2009 7:33 AM
बाउले कमाएको भएपो सोच्नु, छोराले कमाएको पैसाको मात एस्तो हुदो रहेछ !?
pc30 · Jun 20, 2009 11:42 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion