क्याम्पस प्रमुख पिट्नेउपर कारवाही हुन नदिन १० दलीय मोर्चा बुधवार, 17 जून 2009 12:58 नागरिक 2035 1 2 3 4 5 राजविराज, असार ३ (नागरिक)- महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका प्रमुख देविदत्त साहको कुटपिटमा संलग्नलाई कारबाही भए सशक्त आन्दोलनमा उत्रने चेतावनी माओवादी-कांग्रेस-एमालेसहित १० दलले दिएका छन्। साहलाई जेठ २५ गते स्ववियु सभापति रामचन्द्र यादव नेतृत्वको झुन्डले मरणासन्न हुनेगरी पिटेको थियो। कुटपिटको आरोपमा पक्राउ परेका विद्यार्थी नेताउपरको मुद्दा तत्काल खारेज गर्नुपर्ने माग उठाउनेमा प्रधानमन्त्रीको दल एमाले, सत्ता साझेदार फोरम, तमलोपा र सदभावना पार्टी छन्। यसैगरी नेपाल सदभावना आनन्दीदेवी, नेकपा माले, नेमकिपा, नेकपा एकीकृत र दलित जनजाति पार्टीले पनि क्याम्पस प्रमुखलाई पिट्ने विद्यार्थी रिहाइका लागि एक स्वरमा आवाज उठाएका छन्। स्थानीय प्रशासन र क्याम्पस प्रशासनले प्राध्यापक समेतमाथि षडयन्त्रपूर्वक गलत मानसिकताका कारण विद्यार्थीमाथि अपहरण तथा शरीर बन्धक मुद्दा लगाई भविष्यसँग खेलवाड गर्ने दुष्प्रयास गरेको आरोप दश दलको छ। १० दलले बुधबार जारी गरेको विज्ञप्तिमा विद्यार्थीमाथि लगाइएको मुद्दा खारेज नगरे राजनीतिक दलहरुको अगुवाइमा संघर्षका कडा कार्यक्रम ल्याउनेसमेत चेतावनी दिएको छ। यसैबीच पक्राउ परेका विद्यार्थी नेताहरुको बयान तथा सुनुवाई आज पनि जिल्ला अदालत सप्तरीमा जारी छ भने विद्यार्थीहरुले रिहाई माग गर्दै बजार बन्द गराएका छन्। क्याम्पस प्रमुखमाथि आक्रमण गर्ने नेविसंघ सभापतिसहित तीन जना प्रहरी नियन्त्रणमा छन्। क्याम्पस प्रमुख साहउपर कुटपिट गर्ने स्ववियु सभापति रामचन्द्र यादव, सचिव जयप्रकाश यादव र विद्यार्थी सन्तोष यादवलाई पक्राउ गरी प्रहरीले कारवाही अगाडि बढाइरहेका बेला मुलुक चलाउने मुख्य १० दल कारवाहीको विरोधमा उभिएका हुन्। व्यापक दबाब आउन थालेपछि प्रहरी प्रमुख बिदामा मिथिलेश यादव, लहान असार ४- जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गर्न गएका १० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। घाइते सुकराम यादवसहितको राजविराज अस्पतालमा उपचार भैरहेको छ। १० दलको मोर्चाले बिहीबार ११ बजेदेखि १ बजेसम्म ताला लगाउने निर्णय गरेकव थियो। प्रहरीले ताला लगाउन नदिँदा दुई पक्षबीच झडप भएको हो। क्याम्पस प्रमुख देविदत्त साहलाई कुटपिट गरेपछि प्रक्राउ परेका महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजका स्ववियु सभापति रामचन्द्र यादवसहित तीन जनालाई लगाइएको शरीर बन्धक र अपहरण मुद्दा खारेज गरी रिहा गर्नुपर्ने माग १० दलीय गठबन्धनको छ। गठबन्धनबाट नेपाली कांग्रेस भने बिहीबारबाट अलग भएको छ। पक्राउ पर्ने तीनै जना नेविसंघका कार्यकर्ता छन् । यसअघि क्याम्पस प्रमुख देविदत्त साहलाई कुटपिट गरेकामा पक्राउ परेका स्ववियु सभापतिसहित तीन जनालाई छोड्नुपर्ने भन्दै १० दलले प्रशासन कार्यालयमा ताला लगाउने निर्णय गरेको थियो। । नेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, सदभावनासहितका दलले उनीहरुलाई कारबाही नगर्न प्रशासनलाई दबाब दिँदै आएका छन्। क्याम्पस प्रमुख घटनामा व्यापक दबाब आउन थालेपछि सप्तरी प्रहरी प्रमुख भुपाल भण्डारी बिदामा बसेका छन्। पक्राउ तीनै जनालाई वयानका लागि बिहीबार जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक शिवबहादुर सिंहले बताए। ल बुढो पारस पनि प्रहरीले समाउन सकेन नयाँ पत्रिका गैरआवासीय नेपालीसंघका अध्यक्षसमेत रहेका उद्यमी डा. उपेन्द्र महतोले बाबुका लागि काठमाडौंको भाटभटेनीमा २२ रोपनी जग्गामा घर बनाइदिएका छन् । तर, जेष्ठ नागरिक रामआशिषले त्यही घरमा २९ वैशाखमा किशोरीमाथि बलात्कार गरे । प्रहरीले खोजेपछि उनी फरार छन् । रामआशिषले लक्ष्मी लामा नाम गरेकी महिलालाई पैसा दिएर १५ वर्षीय किशोरीलाई घरमा बोलाएका थिए । 'कालमाटी ए' -प्रहरी दिएको नाम लाई दुर्गा भवन महतो निवासमा रातभरि चारपटक र बिहान एकपटक बलात्कार गरेर मात्र वृद्ध महतोले पठाइदिएका थिए । पीडित किशोरीले बलात्कारी वृद्ध विरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दिएकीछिन् । उनले आफूलाई झुक्याएर वृद्ध महतोको घरमा पुर्याउने लक्ष्मी लामा र संगिता थापाविरुद्ध पनि उजुरी दिएकी छिन् । उजुरी पाएकै साँझ महानगरीय प्रहरीको टोलीले महतोको भाटभटेनीस्थित दुर्गा भवन महतो निवास गएका थिए । त्यतिबेला वृद्ध महतो घरमै थिए । प्रहरीले घरमा भएकै बेला माथिबाट आदेश आएपछि टोली फर्किएको थियो । त्यसलगत्तै ज्येष्ठ नागरिक फरार छन् भने अहिलेसम्म पक्राउ नै गरेको छैन। पीडित कालीमाटी 'ए' का अनुसार ज्येष्ठ नागरिक महतोले उनलाई राति साढे १० बजे बलात्कार गर्न सुरु गरेका थिए । महतोले राति चारपटक र बिहान एक पटक बलात्कार गरेर मात्र घरबाट बाहिर जान दिएको बयान पीडितले प्रहरीलाई दिएकी छिन् । पाँच हजार पैसा र मोबाइल पाइन्छ घुम्न जाउँ भनेर दुई महिलाले किशोरीलाई भाटभटेनी पुर्यएका थिए । तर, घुम्न जाउ भनेर महतोको घर पुर्याएकी किशोरीलाई बुढाले लगातार बलात्कार गरेका थिए । मलाई १० बजे तिर कोठमा पुर्याइएको थियो, कोठामा हजुरबाजस्तो मान्छे थिए, उनले मलाई रक्सी खाने हो भनेर सोधे, किशोरीले प्रहरीलाई दिएको बयानमा भनेकी छिन् । मैले रक्सी खान्न भने, तर त्यहीबेला बुढाको नियत ठीक छैन भन्ने मलाई लागिसकेको थियो । पिडित किशोरीलाई उनीसँगै घरमा बस्ने लक्ष्मी -पुजा लामाले महतोको घरमा पुर्याएकी हुन् । किशोरी कुलेश्वस्थित घरमा एक्लै भएको बेला पूजाले बाहिर घुम्न जाउ, पाँच हजार र मोवाइल दिन्छु भनेर फकाएकी थिइन । पिडितका अनुसार लक्ष्मीले कुलेश्वरबाट कालीमाटीसम्म ट्याक्सीमा ल्याएकी थिइन् । त्यसपछि उनीहरु जैसीदेवलसम्म पैदल हिडेका थिए । करीब पाँच बजेतिर सोनु नामकी अर्को युवती जैसीदेवलमा आएर उनलाई रिसिभ गरेकी थिइन् । घुम्न गएबापत पाँच हजार मोबाइल पाइन्छ भन्ने आशामा रहेकी किशारी सोनुको पछि लागेकी थिइन तर लक्ष्मीपनि साथमै थिइन् । सोनु र लक्ष्मीले किशोरीलाई ट्याक्सीमा राखेर जैसीदेवलबाट भाटेभटेनीमा रहेको महतो निवासमा ल्याएका थिए । भाटभटेनीमा रहेको आधुनिक भवनको एउटा कोठमा आफूलाई राखेर पूजा र सोनु केही समय बसेर बाहिरिएको पिडितले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । कोठामा किशोरीलाई पाएपछि वृद्ध महतो करिब १० बजे कोठामा बाहिरबाट चुकुल लगाएर बाहिर गएका थिए । करिव आधा घन्टापछि फर्किएर खाना दिएका थिए । खाना खाएर बसेपछि महतोले आफूलाई रक्सी खान कर गरेको तर आफूले नखाएको उनले बताएकी छिन् । तर रक्सी खान्नँ भन्दा मानेका महताले यौनकार्य गर्दिनँ भन्दा भने जबर्जस्ती गरेको पिडितले बताएकी छिन् । प्रहरीलाई उनले भनेकी छिन् उनले मेरो कपडा फुकालेर संवेदशील अंगहरु चलाउन थाले । जबरजस्ति गर्न खोजे । बलात्कार गर्न थालेपछि मलाई दुख्यो र कराउन खोजे । तर उनले कराइस् भने मारिदिन्छु भनेपछि डर लाग्यो चुप लागेर सबै सहे । रातभरको बलात्कार सहेर महतो निवासबाट बाहिर निस्किएर घर पुगेपछि उनले आफूमाथि आइपरेको दुर्घटनाबारे आफ्नो बाबुलाई बताएकी थिइन् । बाबुले उनलाई महानगरीप्रहरी पसिर काठमाडौंमा लगेर उजुरी दिन लगाएका थिए । बलात्कारीको परिचय खुल्नासाथ महतोलाई पक्राउ गर्न महनागरीय प्रहरी पसिरको टोली र महानगरीय प्रहरी प्रभाग कमल पोखरीको टोली नवदुर्गा महतो निवास पुगेका थिए । तर उनलाई पक्राउ गर्न गेटमै पुगेको बेला माथिल्लो निकायको अहिले पक्राउ नगर्नु भन्ने आदेशपछि टोली फर्किएको थियो । स्रोतका अनुसार महतोलाई पक्राउ गर्न प्रहरी आएको खबर पाउना साथ महतो निवासको सुरक्षाको जिम्मा लिएका हरिभक्त सिग्दलले गेट लगाइदिएका थिए । सिग्देल नेपाल प्रहरीका पुर्व डिएसपी हुन् । उजुरी आएपछि महानगरीय प्रहरीको महिला बालबालिका सेवा केन्द्रले तत्काल किशोरीको स्वास्थ्य परीक्षण गर्न प्रसुतिगृह थापाथली पठाएको थियो भने पिडितको उमेर पत्ता लगाउन स्वास्थ्य परीक्षण समेत गराएका थियो । प्रसुतिगृहले ३० वैशाखमा पिडितको स्वास्थ्य अवस्था सामान्य रहेको तर यौनझिल्ली भने च्यातिएको प्रतिवेदन दिएको थियो । फरेन्सिक परीक्षणमा पनि पिडितको उमेर १४ देखि १६ वर्ष उमेरको बीचमा रहेको प्रमाणित भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । Loading...
MR_TRUTH · Jun 18, 2009 3:16 AM · 15,665 views
Paras and Paras chan Nepal ma ta aba...........Gari Kha gadha haru
Poon-Hill · Jun 18, 2009 3:16 PM
लौ नभन्दै रिहा पनि भएछन , त्यति मात्र होइन बिजयत्सोव पनि मनाएछन । पारस डाहाले मर्दा हुन । फुत्किएका करोडपति उपेन्द्र महतोको बुढो बाउको पालो आउने पनि होला सिन्दुर जात्रा गर्ने । भर्खरै अर्को देशमा चाँहि खरबपति पक्राउ परेछन, उनी पनि डाहाले मर्दा हुन । DALLAS – Texas billionaire R. Allen Stanford, chairman of the troubled Stanford Financial Group, is scheduled to appear in federal court Friday on fraud charges after surrendering to FBI agents in Virginia the day before, officials said. क्याम्पस प्रमुख कुट्ने विद्यार्थी रिहा बिहिवार, 18 जून 2009 12:47 नागरिक 2072 1 2 3 4 5 मिथिलेश यादव, लहान असार ४- क्याम्पस प्रमुख कुटपिटमा संलग्न भएका तीन जना विद्यार्थी बिहीबार दिउसो प्रहरी हिरासतबाट रिहा भएका छन्। जिल्ला अदालत सप्तरीका न्यायाधीश रमेश पोखरेलको ईजलाशले थुनामा रहेका विद्यार्थीलाई रिहा गर्ने आदेश दिएपछि उनीहरु छुटेका हुन्। महेन्द्र विन्देश्वरी क्याम्पस सप्तरीका प्रमुख देविदत्त साहलाई कोठमा थुनेर निर्घात कुटपिट गरी घाइते बनाएका स्ववियु सभापति रामचन्द्र यादव, प्रकाश यादव र सन्तोष यादवलाघ प्रहरीले अपहरण, शरीर बन्धक र कुटपिटको मुद्धामा थुनामा राखेको थियो। रिहाईपछि विद्यार्थीहरुले विजय जुलुश निकाले। पक्राउ परेका विद्यार्थी नेताको रिहाइको माग गर्दै बिहीबार प्रमुख दलसहितका १० दलीय गठवन्धनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा तालाबन्दी गर्न खोज्दा प्रहरी र राजनीतिक दलका कार्यकर्ताबीच झडप भएको थियो। प्रदर्शनकारी दलका कार्यकर्ताले जिल्लाका अन्य छ वटा सरकारी कार्यालयमा भने तालाबन्दी गरेका छन्। प्रहरीको लाठीचार्जबाट बिहीबार बिहान ५ जना घाइते भएका थिए। प्रहरीको लाठीचार्जबाट मधुसुदन यादव, केदार देव, सुखराम यादव, दयानन्द देव र शम्भु यादव घाइते भएको थिए। प्रहरीले सो क्रममा अश्रु ग्याससमेत प्रहार गरेको थियो। जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गर्न गएका १० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। घाइते सुकराम यादवसहितको राजविराज अस्पतालमा उपचार भैरहेको छ। १० दलको मोर्चाले बिहीबार ११ बजेदेखि १ बजेसम्म ताला लगाउने निर्णय गरेकव थियो। प्रहरीले ताला लगाउन नदिँदा दुई पक्षबीच झडप भएको हो। गठबन्धनबाट नेपाली कांग्रेस भने बिहीबारबाट अलग जिल्ला सभापतिले जनाएका छन्। पक्राउ पर्ने तीनै जना नेविसंघका कार्यकर्ता हुन्। यसअघि क्याम्पस प्रमुख साहलाई कुटपिट गरेकामा पक्राउ परेका स्ववियु सभापतिसहित तीन जनालाई छोड्नुपर्ने भन्दै १० दलले प्रशासन कार्यालयमा ताला लगाउने निर्णय गरेको थियो। । नेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, सदभावनासहितका दलले उनीहरुलाई कारबाही नगर्न प्रशासनलाई दबाब दिँदै आएका छन्। क्याम्पस प्रमुख घटनामा व्यापक दबाब आउन थालेपछि सप्तरी प्रहरी प्रमुख भुपाल भण्डारी बिदामा बसेका छन्। पक्राउ तीनै जनालाई वयानका लागि बिहीबार जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका थिए। Loading...
MR_TRUTH · Jun 19, 2009 4:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion