"विज्ञान" नेपाली पाठकहरुको अरुचीको बिषय हो त?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस सम्बन्धी कृपया भोट पनि दिनु होल। यहाँ क्लिक गर्नुहोस् भोट दिन लाई  गल्तिले गर्दा पोल मेटिन गयो। तर तेस्को नतिजा मैले ब्लगमा राखेको छु। साथै यो पोल फेरी पनि राखेको छु। अघिनै आफ्नो मत दिने साथीहरुलाई मुरी मुरी धन्यवाद। नयाँ पोलमा  मत दिनु होला  । .. विज्ञानका नयाँ नयाँ खबर थाहा पाउन, संसारमा के कस्तो प्रगती हुँदैछ जान्न मलाई खुब इच्छा लाग्छ। तसर्थ जब जब म अन्तररास्ट्रिय पत्रीकाहरु हेर्छु, मेरो पहिलो नजर नै "विज्ञान" स्तम्भमा हुन्छ। तर जब म नेपाली दैनिक, साप्ताहिक तथा अन्य पत्र-पत्रीका पढ्छु, पत्रीकाहरु अपुरो लाग्छन । जुनसुकै नेपाली पत्र पत्रीकाहरु पनि प्राय राजनैतीक खबरले मात्र भरी भराउ हुन्छ। हालसालै देशमा ठुला प्रकाशनका दैनिक पत्रीकाहरु च्याउ सरि निस्के। तिनिहरु धेरैले राम्रो गरिरहेका छन पनि समाचारको गुणस्तरमा! तर अफसोच यि कुनै पत्रीकाले पनि विज्ञान क्षेत्रलाई समाचार मुलक देख्न सकेनन्! यस्तो धेरै चल्ने पत्रीकाहरुले त अझ सरल भाषामा देस-बिदेशमा भई रहेका बिज्ञानका उन्नती-प्रगतीहरु जनता समक्ष्य पुर्‍याउनु पर्ने होइन र? यदी बिज्ञानको क्षेत्र समाचारको लागि कम हुन्छ भने, बिज्ञान, बातावरण, टेक्नोलोजी तथा स्वास्थ्य क्षेत्रलाई मिलाएर समाचारहरु राखे पनि हुन्छ। कुनै कुनै पत्रीकाहरुमा भने स्वास्थ्य सम्बन्धी लेख तथा खबरहरु पढ्न पाईन्छ। यस्तो रोमन्चक खबरहरु राख्नलाई धेरै पनि पर्दैन, प्रत्येक अंकमा एक पाना वा आधी पाना मात्र पनि छुट्याए हुन्छ। पत्रकारको धर्म राजनैतीक खबर र लेखहरु मात्र लेख्ने हो र?  यसरी नेपाली पत्र-पत्रीकामा "विज्ञान" को स्तम्भहरु नहुनुमा कारण के होला त? के नेपाली पाठकहरुलाई विज्ञानको क्षेत्र अरुचीको बिषय हो? कि पत्र-पत्रीका संस्थापन पक्षको बेवास्था हो? तपाईंहरुलाई कस्तो लाग्छ? मैले पोलिङ पनि राखेको छु, कृपया आफ्नो मत दिनु होला। अब हेरौ न त प्रमुख पत्र-पत्रीकाको वेब साईटबाट के के स्तम्भ हुने रहेछ त? फोटोमा क्लिक गरेमा ठुलो तथा प्रस्ट देखिने छ। फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्। .. Last edited: 17-Jun-09 06:12 PM Last edited: 17-Jun-09 06:15 PM Last edited: 17-Jun-09 11:36 PM

harikancha · Jun 17, 2009 6:10 PM · 1,071 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion