भोक र "लोहचा मरी" को कथा। ********************** कथा धेरै पुरानो हो। म कक्षा ५ मा पढ्थें त्यतिबेला। बुबा अस्पतालमा जीवन म्रित्युको संघारमा हुनु हुन्थ्यो। बिपत्तिको त्यो बेला लक्ष्मीले कहिलेइ कृपा दृष्टि राखिनन्। एक दिन स्कूल जान भात खान गएं बुइगलमा। दिदीले भात पकाई स्कूल जाने बेला भो भनेर बोलाउनु भयो। थालको हाल बेहाल थ्यो। भातको मात्रा साबिकको भन्दा आधाथ्यो, न दाल थियो न तरकारी, अलिकति पानीले झोल बनाएको तिउन थियो। खानै पर्यो, आशुले भिजाउदै आधा भात दोब्बर समय लगाएर खाएं। मैले केही भनिन, दिदिले केहि भन्नु भएन। भाइले भन्ने कुरै भएन। बिबशताको खाना खाइ स्कूल गयौं। स्कूल गए पछि अलिकति उछलकुद भए नै। आधा भरेको पेट, उछलकुद मै सकियो रित्तो पेट रित्तो भांडा समय बेसमयमा आवाज दिंदो रैछ। भोक लाग्यो। लागेर के गर्नु, खाने चिज नि छैन, पैसा नि छैन। हाफ टाइम भो, कसैले पानी बरफ किनेर खाए, कसैले मकै। आफु भने भोकै। ५ पैसा नि थिएन। ५ पैसामा आधा नास्पातिमा नून खुर्सानी हालेर मज्जाले खानु हुन्थ्यो। थुक्क आफ्नो जन्म, मन मनै धिकारें। सबै खाजा खान र खेल्न मस्त थिए, आफु भने गम खाएर बसियो। जस्तो तसो क्लास सकियो। मनमा तन मा उत्साह फैलियो, घर गए सि केही न केही खान पाइन्छ भनेर। अघिको आधा थाल बिर्सिसकेको थिएं। घरको भकारी अब भिखारी भै सकेको बिश्लेषण गर्ने क्षमता बालक राहुल सँग थिएन। घर पुगी झोला लाइ फुट्ट फालेर, सिधै बुइगलमा गएं। हिजो अस्ति जस्तै भात बाकी छ होला भनेर जालीको खापा भएको खोपा खोलेर हेरें। के हुनु? भएको भए त बिहानै पेट भरि खान पाइन्थ्यो नि। हुस्सु म। अब भने भोकले बेस्सरी कराउन थाले। आन्दोलन गर्न थाले। अश्वासनहरुले पेट भरिन्न भन्थे। मेरो पेट नि पख पख एक् छिन पछि खान दिन्छु भन्दा नि मानेन। संयोग बस, आमा अस्पतालबाट काम बिशेषले घर आउनु भयो। आन्दोलनकारी भोकहरु संगै म पनि चिच्याउन थालें- "आमा भोक लाग्यो, आमा भोक लाग्यो'। आमाको मन न हो, दुखको पहाड बोकेकी, तै पनि छोरा छोरिको दुख देख्न, हेर्न सक्दैनन् भन्छन्। "पख पख, म केही ब्यबस्था गर्छु" भनेर आमाले दराज, खोपा कुना कप्चा खोजखाज गर्न थाल्नु भयो। भाग्यले अलिकति मैदा र अलिकति आटा भेटाउनु भयो । त्यहि आटा र मैदा मिसाएर आमाले "लोहचा मरी" बनाउनु भयो र हामीलाई खान दिनु भयो। यति मीठो परिकार जिन्दगिमा कहेको थिइन। सुख्खा पीठोमा अलिकति नून र जिरा हालेर क्या स्वादिलो। धीत मरुन्जेल् स्वाद लिएर खाएं। आमाले त्यो लोहचा मरी बनाउदा खेरिको अधोपान्त मैले हेरि राखेको थिएं। र भोलि पल्ट पनि बनाउन पुग्ने पीठो रहेको ले आफै बनाएर खाएं र खुवाएं। यसरी हाम्रो घरमा नियमित रुपमा लोहचा मरी पाक्न थाले। यस्को पनि कारण छ। भोकलाई बन्ध्याकरण गर्न सकिन्न। तर गरिबीले लात मारेको घरमा धेरै भात पाक्दैन। लोहचा मरी बनाउन थोरै पैसा लाग्ने, मीठो पनि हुने देखियो। चिउरा, पाउरोटि भन्दा निकै सस्तो तर पेट भने मज्जाले भर्ने। यही हो लोहचा मरीको कथा। अझै पनि समय समयमा , लोह्चा मरि पाक्छ, ग्यासको चुल्होमा। गरिबीको मीठो स्वाद लाई पुन: नबीकरण गर्छु। अझै पनि गर्दै छु। अस्तु!!
rahulvai · Jun 17, 2009 10:02 AM · 26,348 views
nice onethanks for posting
raju161 · Jun 17, 2009 10:17 AM
'लोह्चा मरी' सुन्दा मुख्मा त पानी आ थ्यो, तर कथा पढ्दा च्वास्स भो, आज बिहान देखी एस्तै हुँदै छ। दाई खै के भन्नु र, समयको मार सब्बैलाई परेको हुने रेछ, कसैले तेस्बाट सिकेर आफ्नो अनी देशको लागि केइ गर्छ, कसैले खै के सिकेर, भाको समेत बिगारछ। जिन्दगीले एत्तिको हँटर हाने पनि ऐले यो ठाउँमा आफ्नै पौरखले पुग्नु भो, तेस्को लागि धेरै धेरै बधाई अनी शुभकामना। अझ उत्तरओत्तर प्रगती गर्नु अनी प्रर्थना गरुम अबको दिनमा कुनै पनि ५ क्लासको बच्चा भोक भोकै स्कुल जान नपरोस, तर बिदम्बना, कत्ती त आधा पेट खान पनि पाउन्नन, स्कुल भन्या त टाढैको कुरो भो!
perfectionist · Jun 17, 2009 10:23 AM
बाह, फेरी अर्को मार्मिक प्रस्तुती! यसरी जतन् ले पोको पारी राख्नु भएको पुरानो स्मृतिहरु आज यहाँ पढ्न पाउदा खुशी लाग्यो । धन्यवाद राहुलजी गरीबी को जिबन्त चित्रण को लागि। कृपया अरु सन्स्मरण हरु पनि पढ्न पाउ।
Maalpaani · Jun 17, 2009 10:39 AM
Very nice. U remind me my mom cookin this lohncha mari. i like this very much. I used to eat mari with goondruk.....i can feel ur situation rahul bro, ive been wid that too. Thx fo' the post.
teamlogo · Jun 17, 2009 11:00 AM
Very touchy thuldai. lohocha mari khana man lagyo.
kHusHii · Jun 17, 2009 11:14 AM
ठुल्दाइलाई सलुट ठोकेँ है । सार्है हृदयस्पर्शी कथा /ब्यथा । गरीबी र भोकलाई त राष्ट्रिय चिनारी नै भन्नु पर्यो । क्यानम ! यो ज्यानलाई पनि च्वास्स त घोच्ने नै भो , कता-कता भोग्या जस्तो त लाग्ने नै भो ।
Regal · Jun 17, 2009 11:52 AM
बुढा बल्ल ताते है , धुरुक्कै पारे, क्या सहि गयो भने , बैरे को जीवन मा खाना (त्यो पनि नेवारी खाना) ले पहिलो पल्ट आशु ल्यायो के गर्या यस्तो प्रभु । लु लु फेरी पनि यस्तै यस्तै कथा हरु पढ्न पाउँ भन्ने आशा छ ।
बैरे · Jun 17, 2009 12:06 PM
राजु जी , Thanks for reading my "गन्थन ". perfectionist जी, च्वास्स छुन सक्नु मा आफ्नो भोगाइ र लेखाइमा केही सफल भएं कि जस्तो लाग्छ। जिन्दगी अनिगिन्ती हण्टर हरु लस्कर रहेछ, अझै खाइ रहेछु, कुनै जन्त्र छैन? हन्टर नखाने ? मालपानी जी, पुरानो स्मृति हो नमेटिने स्मृति । यस्तै भोगाइहरु देश भरी छरिएका होलान। तर काठमाडौको रैथाने भोगाइ शायद नै होला जस्तो लाग्छ । टिमलोगो जी , लोह छ मरी को स्वाद भोको पेटमा मात्र होइन भरपेट मा पनि स्वादिलो हुन्छ नै। अलिकती ममता अनी पसिना मिसिए अझै स्वादिलो हुन्छ। खुशी जी, यता फुर्सद मा आउनुस्, लोह चा मरी बनाएर खुवाउने भएं, कसम। रिकुटे जी, स्यालुट फर्काएं है गोडा बजाएर। ज्यानलाई राइफलको संगिनले जती घोचेन होला। मुटु घोचे थाहा छैन। बैरे जी, यो कथा २ बर्ष अघी नै साझा ब्लगमा राखेको थिएं । फेरी नबीकरण मात्र गरेको हुँ । कहिले काही गरीबी संझनाको तरङ्ग भएर झसङ्ग पार्न आउछन, बस त्यती हो ।
rahulvai · Jun 17, 2009 2:20 PM
एकदम मार्मिक कथा रहेछ!!
tamanglakola · Jun 17, 2009 2:45 PM
तामाङ को छोरा जी । पढि गुणी दिनु भएकोमा धन्यवाद।
rahulvai · Jun 18, 2009 8:24 AM
सार्है हृदयस्पर्शी कथा /ब्यथा यसरी जतन् ले पोको पारी राख्नु भएको पुरानो स्मृतिहरु आज यहाँ पढ्न पाउदा खुशी लाग्यो । धन्यवाद !
ritthe · Jun 18, 2009 8:41 AM
राहुल जि, ढिलै भए पनि कथा पढेर सिध्याए, कथाले मनको कुना - कुना सम्मन छोयो अनी सम्झायो त्यो अतित्का दिनलाई। कालेदाइ
KAledai · Jun 18, 2009 9:02 AM
Nearly missed it coz thought it was just a story but it wasnt... valuesome job brother
srbrg · Jun 18, 2009 10:26 AM
ठुल्दाइ यो कथा नि पढियो - धेरै घच्ची को गयो - मार्मिक मुटु छुने कथा - समय बलवान छ - कहाँ पुर्याउछ थाहा हुँदैन - त्यस्तो दु:ख को दिन पनि देख्नु भयो तपाईंले र त्यसो गाह्रो साह्रो हुँदा पनि सबै लाई पार गरेर तपाईं अहिले को स्थिती सम्म पुग्नु भयो - मान्नै पर्छ तपाईंलाई - मेरो सलाम छ - तारेमाम्
serial · Jun 18, 2009 10:48 AM
Rahul Bro, your articles are always of higher thinking and higher standard. I really like the way you to writes. One question, Sabai lay budho budho bhanchan tapai lai, umer sachhi kai kati nai sake ho ta? yeuta sano majak haha......
teamlogo · Jun 18, 2009 11:54 AM
आदर्णीय राहुल दाइ, म त तपाईं को कथा , पढेर स्पीच लेस नै भये , कुनै शब्द नै भेटिएन लेख्न लाई ,...... म माथि पुरे सँग १००% सहमती जनाउदछु Last edited: 18-Jun-09 01:33 PM Last edited: 18-Jun-09 01:35 PM
sanira · Jun 18, 2009 1:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion