यो पनि सम्भव छ र? टाउको काटेपछि त जो पनि मरीहल्छ यो नै हामीले थाहा पाएको कुरा हो तर अजिव भयो America मा त्यहाँ त टाउको काटे पछि पनि कुखुरा वाँच्यो त्यो पनि १ दिन हैन १८ महिना सम्म। Loyed Olsen ले आफ्नी सासुलाई घरमा खान बोलाएका थिए र उनि कुखुरा काट्ने निधो गरे। उनकी सासुले घाँटीको मासु मन पराउने भएकाले कुखुरा अलि माथिवाटै काटे तर अचम्म त्यो त उफृन पो थाल्यो। उनि अचम्म परे केही छिन पछि त हिड्न थाल्यो त्यसैले त्यसलाई त्यही नै छोडिदिए। केहि समय पछि हेर्दा त्यो कुखुराले पखेटाले आफ्नो टाउको छोपेर बसेको थियो। उनले त्यो कुखुरालाई dropper को सहायताले पानी र खाना खुवाउन थाले। Time लगाएतका धेरै Newspaper हरुले यो समाचार छापेपछि यो हेर्न मान्छेको भीड नै लाग्न थाल्यो सबै टिकट काटेर हेर्न आउन थाले। त्यो काटिएको कुखुराको मासिक कमाई 4500 डलर भयो। लगभग १८ महिना पछि स्वासनलिमा अवरोध आएर त्यो मर्यो तर पनि सबैको मनमा जिवित नै छ। Mike नामको त्यस कुखुराको सम्झनामा 1999 देखी May महिनामा Mike उत्सव नै मनाईन्छ।
aficionado · Jun 16, 2009 5:29 AM · 4,849 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion