~ * चौतारी १४६ *~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~ *  चौतारी १४६ *~   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 146 editions.

serial · Jun 15, 2009 12:06 PM · 311,507 views

299 Replies · Showing 281 - 299
Page 15 of 15

रिट्ठे गमे सुरु हुनै लाग्यो, तर मैले हेर्न छोडि सकें, फाईनल चाइने आईतवार सांधे एघार हाम्रो टाईम, तिम्रा थाहा छैन, एइ टाईममा सुरु हुन्छ, कस्को कस्को बिच हुन्छ त्यो नि बाल भेन, म त यो वीकेन्द बिजी, सुत्नु छ मस्त।

perfectionist · Jun 19, 2009 11:26 AM

मलाई त जे भएनी दक्षिण अफ्रिका फाइनल मा नपुग्या भएर धुक्क छु म त आफुले त हेरिन्छ मजा लेर - हिजो गेम पो असली गेम त - ७ गेम लगातार जितेर आठौ गेम त्यो पनि नाक आउट गेम मा चिप्ल्यो क्या मजा आयो यार

serial · Jun 19, 2009 11:42 AM

तारेमाम बिर्खे बा। हैन पुरे, यो लहरे लाई मर्मत गर्नै नपुगेको जस्तो छ । बिग्रेको कार जस्ताइ बेकार का घ्यारघ्यार कराउदो रहेछ ।

rahulvai · Jun 19, 2009 11:46 AM

ल खाना आयो हर्के दाई

serial · Jun 19, 2009 11:54 AM

दाई, त्यो लहरे लाई मरम्मत गर्नी भे त सब्से अगाडि मै हुन्छु नि, समातेर जमिनमा गाड्दिन नपुग्या, समायेर फन्-फनि घुमाएर थचार्दिन्छु म एल्लाई ऐले! साची कस्लाई रिस पोखुम भैरा बेलाँ यो लहरे फट्-फटाउन पर्नी?

perfectionist · Jun 19, 2009 11:54 AM

serial · Jun 19, 2009 11:58 AM

serial · Jun 19, 2009 11:59 AM

पानी खाने निहूँले तिम्रो घरमा आँउला मौका मिले रानीबनमा घुम्न जाँउला मौरी घुम्यो रसैलाई नभन्नु है कसैलाई कसैलाई शुक्रबारे जदौ सबै कामचोरहरुलाई। चौतारीमा काउच चाहिने भएछ, हेर जवाना खराब। जिम्मालबा, कबिता गजब गयो। ठुल्दाइ, रिट्ठे, बैरे, बाउचा, पूरे, सान्नानी, हर्के अनि नाम छुटेका सबैलाई तारेमाम्।    

chipledhunga · Jun 19, 2009 11:59 AM

पुरे ले आज पनि सपना देखिरा रहेछ - कत्ती सपना देखु पर्ने पुरे लाई पनि हिजो दक्षिण अफ्रिका जित्या सपना देखिराथ्यो आज मलाई कुट्ने सपना देखिराछ - पुरे वो पुरे देख देख सपना - अब अरु केही गर्न बसके पनि सपना देख्नु पर्‍यो नि हैन पुरे - बरु दक्षिण अफ्रिका फाईनल मा पुग्या - पुगेर जित्या अनी कप उचाल्या नि देख्या हो कि अनी म्यान अफ दि म्याच अनी म्यान अफ दि टुर्नामेन्ट कल्लिस ले लिएको देखिरा हो पुरे - हेरिराख है सपना - दिवा सपना

serial · Jun 19, 2009 12:02 PM

ठुल्दाइ, बाउचालाई मर्मत होइन उसको डायट फेर्नु पर्छ। बासी भात, wrapper को मम त्यो पनि अचार् होइन कि केचपसँग खाएछी के होस्? 

chipledhunga · Jun 19, 2009 12:04 PM

चिप्ले मार्ट्साब के हो कता बेपत्ता एतिका दिन के छ ल सुनाउनुस् ल आज चाँही चिप्ले ले ठुल्दाइ लाई नमनपर्ने गीत टाँसेछ - एस्तो पनि गीत हुन्छ भनेर कराउन आउछ अहिले ठुल्दाइ -

serial · Jun 19, 2009 12:18 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम। तारेमाम चिप्ले सर । हो हो चिप्ले, लहरेको डायट् फेर्नै पर्ने भो। र्‍यापरको बासी खाएसी मुखबाट कहिलेइ ताजा कुरा निस्कदैनन। अब चिप्ले गीत मलाई मन पर्‍यो लौ जा। लहरे लाई के को टनटन ?

rahulvai · Jun 19, 2009 12:52 PM

त्यही गीत मैले हाल्दा चाँही नमनपर्ने अहिले चिप्ले ले हाल्दा चाँही मन पर्‍यो रे ल नेमापत्ती घोर नेमापत्ती ठुल्दाइ ले दुई जिब्रे कुरा गर्‍यो - आश्चर्य घोर आश्चर्य कलयुग भन्या एही होला घोर कलयोग - आज त ठुल्दाइ लाई कती रिस उठिरा होला - कुच्या अनुहार टाँसेको छ छ - धेरै अनुहार कुचाएर टाँस्नु हुँदैन दाई फेरी अली अली चाउरी पर्‍या अनुहार पुरै चाउरी पर्ला - एउटा सुझाव नि  

serial · Jun 19, 2009 1:02 PM

एउटै गीत नि मनपर्ने मन नपर्ने हुन्छ, किन नहुने ? मज्जाले हुन्छ। नारायण दाई को गीत लहरे गाको कल्ले मन पराउछ। धोबिहरु समेत इरिटेड हुन्छ। त्यस्तै हो। लहरेले हाल्दा परिस्थिती बेग्लै अहिले परिस्थिती अर्कै। ट्याम ट्याम कि बात है जानी।

rahulvai · Jun 19, 2009 1:14 PM

अब दुई जिब्रे ठुल्दाइ सँग नि कुरा गरेर सकिन्छ -

serial · Jun 19, 2009 1:16 PM

<<<नारायण दाई को गीत लहरे गाको कल्ले मन पराउछ। धोबिहरु समेत इरिटेड हुन्छ। त्यस्तै हो। >>> thik bhannu bho thuldaai le, as alwayz!

perfectionist · Jun 19, 2009 1:18 PM

पुरे हिजो देखी बहुलाइराछ - बिचरा पुरे च्व च्व च्व

serial · Jun 19, 2009 1:34 PM

हैन मेरो भाईको कती खेदो खन्छौ हो गाउँले हो? जुन बेला चौतारी छिरेनी एउटा न एउटा ले मेरै भाईलाई तथानाम भनिरा देख्छु। एउटा हुन्छ नि? मैले पो जे भने नि भन्ने हो नि भाईलाई माया गरेर बाँदर भन्दा नि रिसाउदैन म सँग त

सान्नानी · Jun 19, 2009 1:49 PM

लोल सान्नानी लोल - छैन रिसाको किन रिसाउनु - ओ गाम्ले हो सुन्या हो सान्नानी ले भन्या - ध्यान दिनु भन्द्याछु

serial · Jun 19, 2009 2:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all