'पुरुष' ले फेरी बच्चा जन्माए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महिलाकै रुपमा जन्मेको भए पनी लिङग परिवर्तन गरेर पुरुष भएका एक अमेरिकिले फेरी अर्को बच्चा लाई जन्म दिएका  छन। Thomas Beatie नाम गरेका ति मानिस अहिले पुरुष नै मानिएता पनी प्रजनन अंग भने महिलाकै भएको कारण यो सम्भव भएको हो। गएको वर्ष पहिलो बच्चालाई जन्म दिएर चारैतिर समाचारमा छाएका उनले आफु दोस्रो पटक गर्भवती भएको कुरा बताउदै आएका थिए। ३५ वर्षिय Thomas Beatie ले गएको जुलाई मा छोरीलाई जन्म दिएका थिए भने अहिले एउटा छोरा लाई जन्म दिएका छन। आफु गर्भवती भए पछी पाएको प्रचार प्रसारले देखेर उनी आफै अचम्ममा परेको उनी बताउँछन। " बच्चा जन्माउनु कुनै महिलाको मात्र अधिकारको कुरा हैन यो त सबै मानिसको अधिकारको कुरा हो त्यसैले मलाई पनी बच्चा जन्माउने पुरा अधिकार छ।" उनको भनाई थियो।   यो कुरा थाहा पाउंदा अधिकांश मानिसहरु किन छक्क परे होलान भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो,  "मलाई लाग्छ धेरै मानिसहरुले पुरुष गर्भवती भएको देखेका थिएनन।" Last edited: 13-Jun-09 11:46 PM

aficionado · Jun 13, 2009 11:42 PM · 6,259 views

2 Replies

achamma

grgDai · Jun 14, 2009 12:17 AM

लिङ पर्वर्तन हुनु भनेको पौरुस्वत्व प्राप्ती पछी मात्रै पुरा हुन्छ। पुरुसको जस्तो अनुहार  , गालामा दारी अनि तुर्लुङ तासेको लिङ झुन्डिएर मात्रै ले पनि पुग्दैन, पुरुस्को जस्तो कर्मा गर्नु पर्‍यो अनी भ्रुण को ठाउमा सुक्र किट उब्जाउन सक्ने छ्यमता प्रप्ती पछी  लिंग पर्वर्तनको कर्मा पुरा हुन्छ र  उक्त महिला पूर्ण पुरुस्को रुप मा पारीवर्तन हुन्छे . के यि गुण ति महिला ले यि गुन हरु पाइन त ? छैन , ओहियात कुरा हरु किन टास्छौ ?   पुरुस्ले बच्चा जन्माएकै हैन । जन्मै देखी लिङ बोकेर आएको हो र पुर्सले झै मैथुन गर्ने गरेको हो भने अचम्मै मान्नु पर्थ्यो .   यो केटी हो, लिङ पर्वर्तन भएको छैन अनी पाठेघर पनि परिवर्तन नगरि बाहिरी साररिक परिवर्तन ले महिला लाई पुरुस्को नाम दिदैमा पुरुष हुँदैन ।   यो महिलाको दारी पलायो , स्तन घट्यो ( काटेर फाल्यो ), योनी परिवर्तन भएको थिएन अनी पाठेघर पनि फलेको थिएन , त्यो महिला नै थी एस्लाई भन्छ गोरुको अनुहार गरेको गाई . केही तथ्य कुरा गर न , ओहियाती कुरा टास्छौ

बैरागिकाइलो · Jun 17, 2009 2:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all