साकारात्मक सोचँ र सिर्जना बाट सुरुगरौ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस्तो होस् कान्तिपुरी नगरी आर्किटेक्ट इन्जिनियरको परिकल्पनामा उपत्यका सुरज कुँवर ललितपुर, उपत्यकाको बाहिरी चक्रपथमा 'मेट्रो' रेल गुडिरहेको छ । पशुपतिनाथको दर्शन गर्न कलंकीबाट रेल चढेका दर्शनार्थी 'ठ्याक्कै टाइम' मै गौशाला उत्रिए ।फराकिलो र चिरिच्याट्ट भित्री चक्रपथमा जताततै साइकल मात्रै देखिन्छन् । 'आइपड' मा रेशम फिरिरी गीत सुन्दै साइकलमा पाटन दरबार घुमिरहेका विदेशी पर्यटक वसन्तपुर डबली फन्को मारी भक्तपुर दरबारतिर बढिसकेका छन् । त्यहाँँबाट नगरकोटको फन्को मार्दै लाँकुरीभञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, नागाजर्ुन र सुन्दरीजल पनि साइकल चढेरै घुम्ने उनीहरूको योजना छ । विदेशी मात्रै होइन, अचेल राजधानीवासीको पनि दुईपांग्रे साइकल 'बेस्ट च्वाइस' बनेको छ । गणतान्त्रिक नेपाल सरकारले साइकल चढ्न प्रेरणा दिने कार्यक्रम पोखरा लगायतका सहरमा लागू गरेको छ । यो कार्यक्रम देशभरका ग्रामीण भेगमा पनि सरकारले लागू गर्ने योजना अघि सारेको छ । बाहिरी चक्रपथदेखि धेरै पर गाउँ छन् । त्यसभित्र मात्रै सहर बसेको छ । यो साँच्चिकैको सहर नभए पनि यस्तै दिगो सहरको परिकल्पनामा तयार पारिएको उपत्यकाको नक्सा हो । नयाँ नेपाल बनाउन संविधानसभा भवनमा रहेका ६ सय १ सभासद्ले भने यो नक्सा तयार पारेका होइनन् । यो नक्सा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेजका स्वदेशी/विदेशी प्राध्यापक सहित १० जना इन्जिनियर विद्यार्थीले तयार पारको भावी उपत्यका हो । उपत्यकाभित्रका मन्दिर, सांस्कृतिक सम्पदा, नदी र पहाड साइकलमै फन्को मार्न पाइनेे भएकाले लुक्ला र पोखरा घुम्ने पर्यटकको चाप यता पनि ह्वात्तै बढेको छ । उनीहरूको परिकल्पनामा जता गयो त्यतै साइकलका पाइडल घुमाउनेको लर्को मात्रै देखिन्छ । धूवाँ फाल्ने सवारीसाधन त आक्कलझुक्कल देखिन्छन् । जो पनि मेट्रो रेल र साइकल मात्रै प्रयोग गर्छन् । राजधानीभित्रका सबै सुन्दर सडक र गल्ली 'साइकल नेटवार्क' मा जोडिएका छन् । यो नेटवर्क तराईको वीरगन्ज र नारायणगढसँग पनि जोडिएको छ । सिनामंगलको विमानस्थल निजगढ सारिएकाले उतिसारो 'हवाई डिस्टर्भ' हुँदैन । वारिपारी शिरीष फुलेका यहाँका सडकमा धूलोको कण भेटाउन मुस्किल छ । सडकमा निस्किनेले 'मास्क' ले मुख छोप्नु पर्दैन, न त कपडा नै फोहोर हुन्छन् ।   वागमती, विष्णुमती, मनहरा, धोबीखोलामा साँझबिहान नुहाउने, कपडा धुनेको चाप हुन्छ । नेवारी बस्तीमा रहेका प्राकृतिक कुवा, पोखरी र इनारबाट खेर गइरहेको खानेपानी भूमिगत कुलोबाट सिंचाइ र नदीमै निकास गराइएको छ । सबै नदीवरिपरि बाक्लो वन छ । हिमाल र तराईका चराचुरुङ्गीको वासस्थानका लागि लोकपि्रय बनेका नदीछेउ साइकल कुदाउने बाटा छन् । पानी र घामबाट जोगाउन सबै नदीछेउका बाटामाथि छाना बनाइएका छन् । छानामा राखिएका पाताले सौर्य ऊर्जा संकलन गरेका छन् । त्यही ऊर्जाले राजधानीका सडकका बत्ती बाल्ने गरेका छन् । नदी सफा गर्न सबै बस्तीमा रहेका शौचालय, ढलको पानी खाडलमा जम्मा पारिएको छ । पानीका मुहान र जंगल जोगाउने हेतुले उपत्यकाका पहाडछेउ भएका बस्ती, उद्योग, कारखाना दक्षिणी भेगमा सारिएका छन् । उपत्यकाभित्रको फोहोर पुनःप्रयोग र पुनःचक्रीय प्रणालीमार्फत उद्योगहरूले उपयोग गरिरहेका छन् । 'दिगो हराभरा सहरी विकास र गुणस्तरीय जीवन' का लागि पुनःप्रयोग हुने प्राकृति सामग्रीको उपभोग बढ्दो छ । जर्मनकी आर्किटेक प्राध्यापक याना ड्राइकाउजनको नेतृत्वमा 'आर्किटेक्चर एन्ड अर्बन प्लानिङ' विभागले तयार पारेको नक्साजस्तै सहर बनाउन भने सम्भव रहेको सहप्राध्यापक संगीता सिंहले दाबी गरिन् । 'नेपाली स्रोत र परिकल्पनामा यो सम्भव छ,' जर्मनबाट इन्प|mास्टक्चर प्लानिङ अध्ययन गरेकी इन्जिनियर सिंहले भनिन्, 'एउटै सरकार भए करिब २० वर्षमा यस्तै सहर निर्माण गर्न सकिन्छ । जर्मन प्राध्यापक ड्राइकाउजनले आफ्नो मुलुक हाल नक्सामा रहेझैं उदाहरण दिँदै महानगरवासीको गुणस्तरीय जीवनका लागि यो अवधारणा आवश्यक रहेको बताइन् । नेपाल सरकारले सामाजिक, सांस्कृतिक र वातावरणीय मान्यतालाई सम्मान गरी यो अवधारणा अपनाए नेपाल संसारको सुन्दर नगर हुने उनले दाबी गरिन् । आर्किटेक्चर एन्ड अर्बन प्लानिङ विभागले मंगलबार महानगरका पूर्वमेयर पीएल सिंह र केशव विस्थापितलाई समेत सहभागी गराई यो नक्सा देखाइएको थियो । 'सहरी विकासका जाँगरिला मेयर' भएकाले उहाँहरूलाई यो सम्भव छ भनी पुष्टि गर्न बोलाएको विभागले बताएको छ ।

comingsoon · Jun 13, 2009 9:04 PM · 2,129 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all