साझा यातायात कम्पनी - ब्रस्तचारको पोको र कर्मचारी-बेबस्थापनाको धोको सम्पत्ति भाडा लगाएर चल्दै छ साझा - kantipur news काठमाडौं, नेपालको पुरानो सार्वजनिक सवारी सेवा प्रदायक संस्था साझा यातायात आपmनो सम्पत्तिलाई भाडामा लगाएर चलिरहेको छ । सस्थासँग भएका गाडी, घर र पेट्रोलपम्प भाडामा दिएबापत आउने पैसाबाट साझाले कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्च टारिरहेको छ । साझामा अहिले विभिन्न तहका ८५ कर्मचारी छन् । 'आवश्यक तलबलगायत खर्च भाडाबाट चलाइरहेका छौं,' साझाका कार्यकारी निर्देशक दीपक सुवेदीले भने, 'अहिले मासिक ८ लाख रुपैयाँ खर्च हुन्छ ।' तर त्यहाँका चार गाडीमा काम गर्ने एक दर्जनभन्दा कम कर्मचारीबाहेक अरूको काम छैन । उनका अनुसार साझासँग रहेका काम चलाउ अवस्थाका चार बस लिटल एन्जल स्कुललाई भाडामा दिइएको छ । त्यसबाट मासिक झन्डै १ लाख रुपैयाँ आउँछ । पुल्चोकमा रहेका साझा भवन टेलिकमलाई भाडामा दिइएको छ । मोबाइल सेवा निर्देशनालय रहेको यो भवन १५ वर्षका लागि मासिक ५ लाख ८७ हजार रुपैयाँ लिएर टेलिकमलाई दिइएको हो । करकट्टीपछि यसबाट ५ लाख २५ हजार रुपैयाँ आउँछ । पुल्चोकस्थित साझा पेट्रोलपम्पबाट आउने भाडा पनि संस्थाको कमाइको स्रोत हो । 'यसबाट मासिक १ लाख ७७ हजार रुपैयाँ आम्दानी हुन्छ,' साझाका प्रशासकीय अधिकृत अनन्त पौडेलले भने, 'कर कट्टीपछिको पम्प भाडा १ लाख ५७ हजार हुन्छ ।' अहिले साझा पसल सेवाले यो पेट्रोलपम्प सञ्चालन गरिरहेको छ । अहिलेको कमाइले कर्मचारीमात्र पाल्न सकिने भएकाले सरकार वा निजी क्षेत्रबाट लगानी भएमात्र पुःन सञ्चालन गर्न सकिने उनले बताए । त्यस्तै साझाको ब्यानरमा काठमाडौं-भैरहवा रुटमा चलाइएको ४ माइक्रोले वाषिर्क ३० हजार रुपैयाँ बुझाउँछन् । 'यसरी आउने मासिक ८ लाखभन्दा बढी रुपैयाँबाट साझाको प्रशासनिक र कर्मचारीका लागि खर्च पुगेको छ,' सुवेदी भन्छन्, 'यसका लागि सहयोग नपुगे अर्थ मन्त्रालयबाट ऋण लिने गरेका थियौं । तर अहिले आपmनै कमाइबाट पुगेकाले अर्थबाट माग्नुपरेको छैन ।' अहिले साझामा ७ जना अधिकृतस्तरका, ८ सुब्बास्तरका र त्यसभन्दा तल्लोस्तरका अन्य कर्मचारी रहेका छन् । 'केही वर्षअघिसम्म करोडौं रुपैयाँ ऋण लिएर संस्था सञ्चालन भइरहेको थियो,' सुवेदी भन्छन्, 'कर्मचारी कटौती भएपछि यो सम्भव भएको हो ।' उनका अनुसार संस्था विघटन भएपछि आव २०६२/०६३ मा साझाका २० वर्ष अवधि पुगेका कर्मचारीले अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था गरिएको थियो । 'त्यसका लागि धेरै पैसा आवश्यक भयो,' उनले भने । त्यसअघि धेरै कर्मचारी पालेको र अवकाश दिँदा अझ धेरै पैसा चाहिएकाले अर्थ मन्त्रालयसँग साझाले ऋण लिएको थियो । अवकाशअघि कर्मचारीको तलबका लागि र अवकाशका लागि आवश्यक पैसा संस्थाले अर्थ मन्त्रालयबाट ऋण लिएको थियो । जुन अहिलेसम्म तिर्न सकेको छैन । अहिले अर्थलाई साझाले १३ करोड रुपैयाँ तिर्नुपर्ने छ । पौडेलका अनुसार अहिले साझासँग रहेको १ करोड रुपैयाँ मौज्दातबाट अवकाश लिने कर्मचारीलाई पैसा दिइरहेको छ । साझा सहकारी ऐन, २०१६ अन्तर्गत २०१९ सालमा ३ गाडीबाट सुरु भएको थियो । पटकपटक बन्द हुँदै खुल्दै गरेको यस संस्थाको सेवा २०३७ सालमा जापान सरकारले गरेको सहयोगपछि अझ विस्तार भएको थियो । त्यतिखेर १ सय ८३ बस सञ्चालन गरेको साझा ४६ सालपछिको राजनीतिक हस्तक्षेप, कर्मचारी भर्तीकेन्द्र र कमजोर व्यवस्थापनका कारण डुबेको हो । एकपटक एउटा बस बराबर १७ जनासम्म कर्मचारी समेत नियुक्त गरी कर्मचारीको संख्या १ हजार १ सयसम्म पुगेको थियो । खै जापानले दिएको बसहरु????
maylumaya · Jun 12, 2009 6:12 PM · 6,658 views
Former employees paralyze Sajha Yatayat POST REPORT KATHMANDU, April 16 - It has been more than five months that the 15 buses of Sajha Yatayat, once a renowned public transport company, have been locked inside its premises, a predicament caused by protests of those employees who once accepted the volunteer retirement scheme (VRS) and left their jobs. The problem surfaced at Sajha in November 2006, when a group of employees, who accepted VRS, all of a sudden, came back and demanded that they be provided salary for the 14-month period when the company remained closed. The employees were working for the company in that period. Although the senior Sajha management officials say that the demand itself is not totally baseless, they question why the employees did not raise the issue while accepting the VRS. �How can employees, who have left the company voluntarily, again come back to the company and ask for compensation, Mukunda Satyal, executive director of Sajha Yatayat told the Post. Nonetheless, the management is still reviewing the demand and will come up with an amicable solution soon, Satyal said. We, thus, request the agitated workers to settle the matter at some other place and allow the company to resume its normal business,� he added. For the last five months, the workers, who have been staging a sit-in at the main entrance of the company, have been demanding salary of the period between January 2002 and April 2003, when Sajha was closed. The government had closed Sajha on January 24, 2002, citing its deteriorating financial health. However, a Supreme Court verdict declared the decision unlawful on the ground that it was taken without the consent of the board of directors. Sajha had again come into operation on April 15, 2003. But soon after the company reopened, the management led by Satyal launched VRS and downsized workforce to 100 from 728. Bishnu Basnet, president of the staff union, which is leading the agitation, however, claimed that the VRS scheme was launched during the royal regime by the management, which was 'illegally' appointed and they will not accept decisions taken by it.
maylumaya · Jun 12, 2009 6:13 PM
यि भ्रस्ट नेताहरु, ति भन्दा महान भ्रस्टचारी कर्मचारी, बिभिन्न पार्टी को राजनैतीक हस्तछेपको पारीणाम नै हो साझा डुब्नु। साझा मात्र होइन त्रल्ली बसको पनि यही हो हालत। साझा बस जमानामा सब भन्दा ब्यस्त यातायात थियो उपत्यका भित्र तथा लामो दुरीको बसहरुमा। त्यस्तै मलाई अझै पनि याद छ त्रोल्ली बस जती भिड शायदै अरु बस हुन्थे होलान जमानामा। तर अफ्सोच, सबभन्दा बेसी चल्ने बस कम्पनीहरु नै घाटामा। यो सबै भ्रस्टाचारले नै हो। माथिको न्युज म नै हेरी हल्नु भयो नि, एउटा बसमा १७ जनासम्म कर्मचारी!! साझाका ति जापानिज बसहरु बिग्रेपछी बनाउन नयाँ किन्नु भन्दा बेसी खर्च लग्ने सब कर्मचारीलाई कमिसनको भगबन्डा लगाउदा लगाउदा। अनी बन्नु भन्दा सानो कुरा बिग्रिदा पनि तेसै थन्किने। अनी फेरी तेसैलाई बेच्नलाई महामारी, त्यो पनि कमिसनमा। कुरा कती गर्नु कुरैको दु:ख साझा र त्रोल्ली बस को उदाहरण शायदै ईतिहासमा हराउला।
harikancha · Jun 13, 2009 12:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion