"प्रभु भक्ती "

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकाको १६ औ राष्ट्रपती अब्रहम लिन्कनले कुनै जमनामा भनेको वाक्यन्श, "सरकार भनेको जनताको, जनताबाट, जनतालाई" नेपालको पारीवेशमा के मान्यता रक्छ?? मेरो बिचारमा यो वाक्यको केही महत्यो छैन, किन भनेर सोध्नु हुन्छ भने। हाम्रा प्रधानमन्त्री चुनाव हारेका, त्यो पनि एक ठाउँबाट मात्र होइन, दुई दुई ठाउँ बाट, उनलाई कस्ले पराजित गरे त? जनताले। पर-रास्त्र मन्त्री पनि चुनाव हारेका, झन रक्षा मन्त्री त जनता बाट तिरष्क्रित! उनीहरुको योग्य छ त केवल "प्रभु"को भक्ती। अब नेपाली पारीवेशमा चाँही अब्रहम लिन्कनको बिचार चै एसो हुनु पर्ने होला " सरकार भनेको प्रभुको दासको, प्रभुको कृपाबाट, र प्रभुको स्वार्थ पुर्तीलाई"! के मैले भनेको कुरामा तपाईंलाई विश्वाश छैन? छैन भने जनदेश नापको ब्यक्तीहरु कसरी लाज सरम पचाएअर कुर्सीमा बिराजमान हुन सक्छन? के एमाले, कांग्रेसमा चुनाव जितने नेताको कमी थियो र? के उनिहरु सम्भनदीत क्षेत्रक बिशेषसग्य हुन? जवाफ औछ हुन!! प्रधान मन्त्री : जनताको अधिकर पुर्व श्री ५ले मिच्दा, नेवदन दिएर मलाई प्रधान मन्त्री बनाउनुस् भन्दै हिंडने उनै हुन, कसरी योगय्त छैन र ? राजा परे निरन्कुष आफुलाई "दाम" रखेर ढोग्दा उन्ले एसो बेसी नझुकेको रे तेसैले त्यो बेला प्रधान मन्त्री खान नपाको नि? अनी तेसैले यो पाली चै मज्जाले प्रभुको अगाडि उहा झुक्नु भो? अफु जन्मेको देश प्रती उहा बफादार त हुनै पर्‍योनी होइन र? (नेपालली नागरिकत कसरी पाको, यो कुरा चै मैले बुझिन)!! आफ्नो जन्मभुमीका सेनाले, अफु प्रधान मन्त्री बनेको देशको सिमाना मिच्दा, नेपाली जनतालाई सस्ती दिदा प्रभु भक्ती देखौदै चुइ सम्म नबोलने, छैन त उन्को योग्यता? रक्षामन्त्री: उहा त मेरो पुरानो छमेकी, पहिले लुकुर लुकुर हिंड्ने, श्रीमान बितेको ३-४ महिनामा रातो जापानिज गाडीमा हिंडेको मैले देकेको हो! अब उहाको त के कुरा, जनताबाट तिरस्क्रित भएर चुनाव हारेको उनी तेही पनि रक्षामन्त्री बनुभो । Comprehensive Peace Agreement (CPA) राम्ररी नपडी, "समयायोजन" भने शब्दनै CPA मा छैन भनु उहको योग्यताको कदर हो भने मलाई लाग्छ। Integration भनेको समयायोजन हो भनेर उन्लाई प्रभुका भक्तले बुझाएनन कि शान्ति प्रकृयामा आएको माओवादीलाई युधमा फर्कएर, गृहयुधमा देश लाई फसै Commission खाँदै बस्ने उहको रहर हो? जेहोश देशलाई सैनिक तन्त्र तिर धकेल्न प्रभुलाई उहा जस्तो बफादार हडी चपौने भक्त कहाँ पौनु। पररस्त्रमन्त्री: देशको सिमान मिचेर प्रभुका सेनाले कालापानीमा नङ्गो छाती फुलाई परेड खेल्दा । सुस्त, बारा , दाङ र देशको हरेक ठाउँमा सीमा सुरक्षा बाल नामक "प्रभु" सरकारी अपरधी गिरोहले देशको इजत लुटदा पनि, आफ्नो भुमीबाट नेपाली जनता बिस्थापीत हुँदा पनि। "प्रभु"ले भनुभाको कोइ पनि बिस्थापीत भाको छैन , कही पनि सीमाना मिचिकेको छैन भनु नै ठुलो "प्रभु" भग्ति हो, र यो भन्दा ठुलो योगयता के नै चाहिन्छ र पररस्त्र मन्त्री हुनलाई! गिरिजाको सुपुत्री, तर देशको कुपुत्री कुजाता कोइराला नाम चाँही सुनमा सुगन्ध हो पररस्त्र मन्त्री हुन्नको लागि। अब तपाईं भनुस् नेपालमा के ठीक होला? "सरकार भनेको जनताको, जनताबाट, जनतालाई" अथवा " सरकार भनेको प्रभुको दासको, प्रभुको कृपाबाट, र प्रभुको स्वार्थ पुर्तीलाई"! source:http://sajilonepal.com

geda_gudi · Jun 11, 2009 3:15 PM · 2,213 views

1 Reply

khate bhakti  

mandale murdabad · Jun 11, 2009 6:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all