K ho Banana Republic???

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाललाई बनैदै छ "बनाना रिपब्लिक" ईतिहास: सेन्त्रल अमेरिकन देशहरु (El Salvador, Nicaragua, Honduras, Guatemala), बनाना रिपब्लिक भनेर चिनिने देशहरु हुन। यो नाम रहनुको पछाडि, यो देशको अर्थतन्त्र अमेरिकालाई गरिने केराको (Banana) ब्यापारमा निर्भर र , यहाँको अस्थिर राजनीतिनै हो। यि देशका जनताहरु गरीब, असिशित छन (थिए) र यहाँ "कु" र क्रान्ति भाईरहन छ/थियो (क्रन्ती र प्रती-क्रन्ती )। सताको बगडोर सैनिक शासकहरुले US को केरा कम्पनीहरुको ईशारामा चलाउ थिए भन्दा फरक मत नपर्ला। पर्दा अगाडि निर्वचित राष्ट्रपतीलाई रखेर सैनिक शसकहरुले सत्ता चलाउथे/छन। देशमा अस्थिरथा छ, शिक्षा निम्न इस्तरको छ, घुस खोरी प्रबल छ, रोज्गर छैन र यहाँका जनताहरु बिदेश पलायन गर्न बिवस छन। अहिले पनि यि देशहरु Western Hemisphere मा गरीब राष्ट्रमा गनिनछन। तर सैनिक शासक र oligarch हरु चाँही धनी मानिनै छन। सत्ता चै जस्ले "प्रभुको" भक्ती गर्छ उसैको हातमा जान्छ, यो नै हो बनाना रिपब्लिकको सनक्षीप्त जानकारी। मेरो देशमा नेपालको कुरा गर्छु, जनता असिशित छन, घुस खोरी संस्थागत भाईसक्यो, रोज्गारिको लागि जनता बेदेश पलाएअन हुँदै छन, अस्थिरता छ, तर हामी सँग "केरा" छैन, छ त केवल "नदी-नाल", "पानी" छ। हामी सुघौलीको सनधी बाट ब्रिटिशको अर्ध उपनिवेश भ्एऔ, सन १९५०को सन्धीबाट भारतको अर्ध उपनिवेश भ्एऔ, र अब बन्दै छऔ बनाना रिपब्लिक। हामी स्वतन्त्र कहिले हुने? महथिर मोहमद मलेशियाको प्रधानमन्त्री जस्ले मलेशियालाई प्रगतीको बाटो मा डोराए, उनले भनेका छन , अहिलेको युगमा कुनै देशलाई आफ्नो उपनिवेश वा आफ्नो प्रबाबमा राखन पहिलेको जस्तो सैनिक कारबाहीको जरुरी पर्दैन। त्यो देशमा अस्थिरत लेरौ, देशलाई अर्थ्तन्त्र निर्भर बनाउ अनी उस्मा राज गर । अब यो कुरा नेपालको पारीबेशमा बुझौ, पहिले नेपाल आँफैमा निर्भर हुने(अत्य अवसेक) उद्योग बन्द गर्ने, Cement Factory (अहिलेको Cement Factory मा रेपक्किङ मात्र हुनेहो।बिराटनगर र रघुपती जुत मिल्ल्स को बन्द अवस्था। बाँसबारी जुत्ता कार्खनाको दु:ख। Steel industry को बन्द हुने अवस्था (बिदेशबाट कचा पदर्थ लेऔने) देशको Mines बन्द अवस्थामा छ। यो गर्नले हामी सानो भन्दा सानो कुरामा पनि अरुको निर्भर पर्न जान्छौ। Hydro को त कुरै नगरु, "हाडिमा कनिका भय सम्म राडीलाई निद्र लाग्दैन रे"। नेपालको सार जल उस्लाई चाहिन्छ, अस्समान सन्धी बाट देश द्रोही नेताहरुले के के बेचेनन?? कोशीको पनि कस्लाई ? महाकाली कस्लाई? जमै प्रभु तिमीलाई!! तपाईं सोच्नुहोल हामीले हाम्रो लगनिमा Hydro Power Plant नचलाउने? तर प्रभुले त्यो पनि गर्न दिदैनन, सन १९९३ तिर World बैंकको रिन र नेपाली जनताको लगनीमा अरुण ३ लाई तुहियौने र अहिले तेही अरुण ३, प्रभुको चरानमा चाडाउने नलयक, कपुत नेताहरुको के कुरा गरने| कुरा बुझनुभो होला नि? कसरी मेरो देशलाई प्रभुमा निर्भर बनैदै छ। देशका जनताको मनोबल गिरौन देश माथि कती प्रहर भाईरको छन एस्को लेखा कस्ले राखने| सुस्ता, कालापानी त देखौने दात मात्र हो। देशको सिमान बषौ देखी मिचिदै छ, नेपाली को राष्ट्रियताको लागि हामी अफ्फै न उठे को उठछ र ? कुरा गरौ संस्थागत घुस खोरी को, नेपालमा घुस संस्थागत भाईसक्यो। कुनै पनि मन्त्रालय , कुनै पनि सरकारी सस्था चोखो छैन। देशको अवस्था अस्त-व्यासथ छ, जस्लाई जे गर्न पनि छुट छ। अपरधी कृयाकलाप पनि संस्थागत भैइ सक्यो, जनतालाई मार परेको परै, तर हाम्रो अवज सुन्नेको ? अहिले नेपालमा खुल्ला रुपले दुई राजनीति धुर्व देखा परेको छ, एक माओवादी र अर्को आशीरबादी। बनाना रिपब्लिकमा हुने पार्टीहरु पनि यिनै हुन। अशिर्बदमा चै प्रभुको असिर्बद चाहिन्छ, पात्रजो पनि हुन्न सक्छ तर अस्सिर्वद चाहिन्छ। दुई एक अर्कमा लडछन अनी जनता मरिन्छन र फाईदा चै प्रभुलाई। नेपालमा शान्ति भयो भने, हाथतियरको Commission कस्ले खाने? अनी तेही पैसाको लोब देखौदै हाम्रा नेता, कर्मचारी, सैनिक र प्रशासनलाई पङु बनाउने चाला क्य गजब छ। अहिले हाम्रो देशमा सैनिकी करणको ठुलो डर छ, जसको सुरुवात राष्ट्रपतीले संबिधान मिचेर गरेका छन। शान्ति प्रकृयामा आएका माओवादीलाई कसरी फेरी लडाईंमा धकेल्ने अनी देशमा त्रही त्रही माचै, मेरो देश माथि राज गरने र आफ्नो स्वार्थहरु पुरा गरने। जसरी महाभारत युधमा पनि " असोसथामा हतोहत" भनेर युधिस्तिरले प्रोपोगान्डा गरेका थिय अहिले पनि तेही मिडियामा propaganda युध त चल्दै छ, कसरी जनतामा माओवादी प्रती बित्रिस्ना जगाउने, उस्को गल्तिको ढ्वङ फुक्ने। माओवादीलाई सबै तिरबाट घेरा हल्ने अनी उसलाई युधमा धकेल्ने। एदी माओवादीले जिते भने, नेपाली जनताको रक्षा, नेपालमा प्रजातन्त्रको स्थापना भन्दै नेपालमा आफ्नो सेना गुसौने, एदी असिर्बदीले जिते, सैनिकि करण भैइ हाल्यो, बनाना रिपब्लिक बनिहाल्यो अनी जे गर्न पनि छुट भैइ हाल्यो। Grand Design हो, बाटो जुन लिए पनि। प्रभुको लक्ष्य भनेको नेपाल लाई Banana Republic बनाउने हो। Source: http://sajilonepal.com

geda_gudi · Jun 10, 2009 10:09 PM · 3,033 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all