तपाई कुनै समस्याले ग्रसित हुनु भएको छ र समस्याको सही हल कसरी हुन्छ भन्ने बारेमा चिन्तित हुनुहुन्छ? यदी हुनुहुन्छ भने त्यसको एउटा सजिलो र अचुक उपाय छ त्यो हो सुत्नु। वैज्ञानिकहरुका अनुसार समस्या परेको बेला सुत्यो भने दिमागमा त्यस समस्याको हल गर्ने क्षमतामा वृद्दी हुन्छ। सुतेर उठने बित्तिकै मानिसहरुको सोच्ने क्षमता राम्रो हुने गरेको उनीहरुको भनाई छ। University of California का Professor Sara Mednick ले प्रतिनिधित्व गरेको वैज्ञानिकहरुले गरेको एक अनुषन्धानमा यो कुरा पत्ता लागेको हो। उनीहरुले ७७ जना माथी यो कुराको अनुषन्धान गरेका थिए जसको रिपोर्ट अनुसार अरु बेला भन्दा सुतेर उठने बित्तिकै ४० प्रतिशतले सोच्ने क्षमता वृद्दी भएको पाईएको थियो। वैज्ञानिकरुका अनुसार अझ यो कुरा Rapid Eye Movement (REM) को स्थितीमा भएको बेलामा अझै प्रभावकारी हुन्छ।
aficionado · Jun 10, 2009 4:36 AM · 5,094 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion