काका मिलान बाट रियलमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ब्राजिलियन फुटबल स्टार तथा सन् २००७ का फिफा फुटबल वर्ष खेलाडी काका अनन्त:  ईटालियन क्लब ए सी मिलानबाट रियल म्याड्रिड गएका छन। पहिले देखी नै उनी रियल जाने हल्ला चले पनी उनले यो कुरा नकार्दै आएका थिए। स्पेनिस र ईटालियन मिडियाहरुले काका 65-68 million युरोमा रियल गएको जनाए पनी यसको भने आधिकारीक पुष्टी भएको छैन तर काका मिलान छाडेर रियल गएको कुराको भने दुवै क्लबले पुष्टी गरेका छन।  रियलको अफिसियल वेबसाईटमा जनाईए अनुसार काकाले अब आउँदो ६ वर्षको लागी रियलको लागी खेल्ने अनुबन्ध पत्रमा हस्ताक्षर गरिसकेका छन। त्यस्तै  मिलानले पनी यो खबरको पुष्टी गर्दै भनेको छ,  "अब काका आउँदो ६ वर्षको लागी रियल बाट खेल्ने छन। हामीले उनलाई छाड्नु परेका धेरै दु:खी छौं र उनले विगत ६ वर्ष देखी हाम्रो क्लबलाई गरेको योगदान को हामी सराहना गर्दछौं।"  सन् २००३ मा मिलान सँग अनुबन्धित भएका काका ६ वर्षको अवधी भर मिलानको प्रमुख खेलाडीको रुपमा रहदै आएका थिए। काका Florentino Perez  रियलमा आए पछी भित्रिने पहिलो खेलाडी भएका छन।

aficionado · Jun 9, 2009 4:04 AM · 4,815 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all