तेह्रथुम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तेह्रथुम बाट कोही महानुभाब हुनुहुन्छ भने कृपाया सम्भन्दित चिज पोस्ट गरौ कि?

Harculus · Jun 8, 2009 12:42 PM · 53,697 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

http://www.youtube.com/watch?v... Last edited: 13-Aug-09 11:26 AM

_ · Aug 13, 2009 11:24 AM

 Thanks for reviving this thread.I am expecting more and more and i know its natural as there are so many highly qualified and educated people doing their job in US.

harculus · Aug 13, 2009 12:08 PM

अध्ययनमा नमुना सबै गा. बि. स. बाट नपरे पनि निस्कर्ष धेरै हदसम्म सहि नै छ होला! _ तेह्रथुममा जन्मदर घट्यो http://www.nagariknews.com/soc...  विवाहित महिलाका श्रीमान् प्रत्येक वर्ष कामको खोजीमा विदेसिने दर बढेपछि तेह्रथुममा शिशु जन्मदरमा कमी आएको एक सर्वेक्षणले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयसँग मिलेर आड्रा नेपालले गरेको सर्वेक्षणका आधारमा यो तथ्य सार्वजनिक गरिएको हो। आड्रा नेपालले नमुनाका रूपमा जिल्लाका १० गाविसमा सर्वेक्षण गर्दा प्रजनन् उमेर समूहका विवाहित महिलाका २० दशमलव एक प्रतिशत श्रीमान् विदेसिएको पाइएको सर्वेक्षणमा संलग्न आड्रा नेपाल तेह्रथुमका संयोजक जीवन घिमिरेले बताए। आड्रा नेपालले ह्वाकु, सक्रान्ती, इशिवु, सिम्ले, मोराहाङ, तम्फुला, आम्बुङ, वसन्तपुर, फुलेक र पञ्चकन्न्या गाविसमा घरघरमा पुगेर यो सर्वेक्षण गरेको थियो। स्थानीयस्तरमा रोजगारीको अवसर नभएपछि  पैसा कमाउन कामको खोजीमा युवाहरू विदेसिने लहर चलेसँगै जिल्लाका प्रत्येक गाउँमा नयाँ जन्मने बच्चाको दरमा निकै कमी आउन थालेको छ। एक पटक बाहिरिएका युवाहरू कम्तीमा पनि तीनदेखि पाँच वर्षपछि मात्र घर फर्कने गरेको र यो बीचमा उनीहरूको बच्चा नजन्मने गरेकाले जन्मदरमा कमी आएको सर्वेक्षणले देखाएको छ। तेह्रथुममा प्रत्येक वर्ष प्रजनन् उमेर समूहका कति युवा र विवाहित महिलाका श्रीमान् कामको खोजी वा अन्य काम विशेषले विदेसिन्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्ला प्रशासन कार्यालयबाट दैनिक २५ देखि ३० जनाले विदेश जानका लागि राहदानी बनाइरहेका छन्। राहादानी लिने युवाहरूको यो सङ्ख्यालाई मात्र आधार मान्दा पनि तेह्रथुमबाट प्रजनन् उमेर समूहका १० हजार ८ सय युवा प्रत्येक वर्ष विदेसिने गरेका छन्। राहादानी नचाहिने भारत जानेको सङ्ख्या त अज्ञात छ। लामो समयसम्म युवाहरू विदेशमा नै रहने गरेकाले जन्मदर पातलिँदै गइरहेको संयोजक घिमिरेले बताए। सर्वेक्षणले तेह्रथुममा प्रजनन् उमेरका विवाहित महिलाको सङ्ख्या २४ हजार १ सय ६९ रहेको देखाएको छ। रासस

_ · Oct 3, 2009 9:06 AM

harculus · Oct 6, 2009 11:39 PM

VISIT NEPAL 2011 Basantapur(2,200 m) is set up in an enchanting surrounding of mountains, lakes and greenery. Offering excellent respite from city life, the diverse landscape includes terraced fields as well as the Terai plains covered with the different types of vegetation. The mixed pastures, hills of colorful Rhododendron and jasmines, beautiful sunrise and sunset, friendly people and a rich Limbu culture offer additional appeal. Basantapur also hosts trekkers on the way to Taplejung and Mt. Kanchenjunga . The weather here is cool and temperate throughout the year, making Basantapur ideal to visit anytime. The best times to visit are autumn and spring, between October-December or from February-April. Summers are pleasant with temperatures ranging from 10 to 20 degree Celcius. Places of Interest Tinjure Dada From Tin Jure(3,660m) edge one can see magnificent views of sunrise and sunset,, and majestic view of the mountains. Thirty four varieties of Rhododendron are found here. Tin Jure Danda is about half-hour away from Basantapur Bazaar. Tinjure Milke Jaljale Trail, also known as the Rhododendron Trail, spreads across Taplejung, Terathum and Sankhuwasabha districts. Hile, north of Dharan, is good place to start out. Alternately, you can start from Phidim at the end of a newly completed dry season dirt road that traverses Ilam's young tea estates. Heading northeast out of Hile, the trail climbs gradually through settlements of recent migrants from the northern Olangchung region, trans-Himalayan yak drivers who live for months on tsampa (roasted barely flour), dried yak meat, and cheese. Gupha Pokhari is a serene lake set on a ridge looking east at the Kanchenjunga massif and west at Makalu and the Khumbu Himal. From here, a shorter trek follows the Milke Danda ridge due north, climbing to 4'700m into the Jaljale Himal, a remote area spotted with lakes and inhabited by mountain people from Tibet. You can then descend east to the Mewa stream and continue to Taplejung's airfield and further to the Kanchenjunga Conservation Area. Milke Danda On the way to Taplejung is another popular Rhododendron forest known by the name of Milke Danda (2,905). Milke Danda provides a closer view of the Kanchenjunga and Kumbhakarna mountains and offers beautiful sunrise and sunset surprises when weather is clear. It is on the trekking trail between Taplejung and Basantapur Bazaar. Pattek Danda Pattek Danda (2,500m) is equally beautiful for sunrise, sunset and also offers a wide view of the Himalayas including Mt. Everest and Mt. Kanchenjunga . Pattek Danda is ideal for short treks and is also a good area for picnics. There is a popular Goddess Kali temple, 2-hour walk from Basantapur Bazaar. Pattek Danda, about 3 km from Basantapur can alo be reached via Chitre that is 15-minute drive away. From here Pattek Danda is a 30-minute trek. Gupha Pokhari Gupha Pokhari us a natural pond that lies on the trekking trail to Taplejung from Basantapur. Picturesque views of mountains, sunrise and sunset can be seen from here. This pond has religious significance and is also a good resting place for Taplejung trekkers. Margh Pokhari Margh Pokhari (2,600m) is another natural pond on the lap of the hills. The pond holds religious value and has scenic beauty. The pond has contributed to keep the surroundings green. The Margh Pokhari watershed area has a dense forest that habitats popular species of Rhododendron and precious plants. Margh Pokhari is on the way to Basantapur from Sindhuwa, which is 5 km from Basantapur. Panchakanya Pokhari Panchakanya Pokhari is another popular tourist site. Also known a Chhathar Pokhari, Panchakanya Pokhari is approximately 2-hour walk further down from Sukrabare Bazaar. Among the many ponds here, the largest pond in the area is Panchakanya. Sukrabare Bazaar A fair known as Sukrabare Bazaar (Sukrabar is Friday in Nepali) is held every Friday in Hammarjung VDC, showcasing the mixed culture of settlements. Majority of the inhabitants here are Limbu. Thus, it is an ideal place and time to experience the rich Limbu culture. The village popular for homespun cloth called Khadi (cotton). The village can be reached via Sindhuwa Bazaar, another popular area of Basantapu

harculus · Oct 6, 2009 11:48 PM

तेह्रथुम: दूध र घाँस बेचेर करोडपति http://www.ekantipur.com/np/ne...                                             तेह्रथुम, २०६६ कार्तिक १ - ग्रामीण क्षेत्रको एउटा सामान्य किसानले कृषि व्यवसायबाट कतिसम्म आम्दानी गर्ला ? दुई/चार हजार । म्याङलुङ- ५ ओख्र्रेका ४६ वषर्ीय देवीबहादुर खत्रीले भने त्यो अनुमानलाई गलत सावित गरिदिएका छन् । कृषि व्यवसायबाटै करोडको सम्पत्ति जोडिसकेका उनले अहिले पनि यो व्यवसायलाई निरन्तरता दिइरहेका छन् । पढाइका हिसाबले सामान्य लेखपढसम्म जानेका खत्रीले गाउँमा गाई भैंसी पालेर आधा घन्टाको दूरीमा रहेको म्याङलुङ बजारमा दूध बिक्री गरी सम्पत्ति जोडेको दाबी गर्छन् । 'आयस्रोत थिएन' उनले भने, 'जम्मा भएको पैसा पनि कृषि व्यवसायमै लगानी गरेर सफलता पाएको हुँ ।' गाउँमा गाईभैंसी पालेर उनले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गरे । 'प्रतिलिटर ३० रुपैयाँको दरले दूध बिक्री गर्दा प्रत्येक महिना ३३ हजार ५ सय रुपैयाँ आम्दानी भयो,' उनले प्रस्ट्याए । दूध बिक्रीबाटै वर्षमा ४ लाख १२ हजार रुपैयाँसम्म आम्दानी हुन थालेपछि उनी यो व्यवसायमा अरू हौसिएर लागेका हुन् । 'दूध बिक्रीबाट वर्षभरिमा जम्मा भएको पैसा गाउँमा केही प्रतिशत  ब्याजमा लगानी गरे,ं' उनले सुनाए । यसबाट आम्दानीको स्रोत थप बढ्न पुगेको उनको भनाइ छ । गाउँमै पशुपालन, खेतीपाती र खसीबोका पालेर कृषि व्यवसाय सुरु गरेका खत्री यो व्यवसायबाट जिल्लामा राम्रो आम्दानी गर्ने मेहेनती किसान मानिन्छन् । कृषि र पशुपालन व्यवसायबाट आर्जन गरेको पैसाले उनले सदरमुकाम म्याङलुङमा दुई घर समेत बनाएका छन् भने करिब डेढ सय रोपनी जग्गासमेत जोडिसकेका छन् । 'यी सारा सम्पत्तिको स्रोत कृषि व्यवसाय नै हो' आफ्नो मेहेनतले जोडेको गाउँको भिरालो जमिन देखाउँदै उनले भने 'अबको पाँच वर्षपछि यही बारीमा वाषिर्क १० लाख बढी आम्दानी गर्ने लक्ष्य छ ।' तीनजनै छोराहरू क्याम्पस जान थालेपछि पहिलेका तुलनामा पशु पालन व्यवसायलाई घटाउँदै लगेको उनले बताए । पशुपालन छोडेर अहिले उनी उन्नत जातको घाँस खेतीमा लागेका छन् । उनले यो वर्ष मात्र ८० हजारको हाराहारीमा अम्लिसो, मोलासेस, स्टाइलो, खर लगायतको घाँस बिक्री गरेर आम्दानी गरेको बताए । पछिल्लो समय खत्रीले बारीमा रुद्राक्षको बिरुवा लगाएर खेती सुरु गरेका छन् । बाँकी रहेको भिरालो जमिनमा उत्तिसको बिरुवा लगाएर आफैं जंगल पनि हुर्काउँदै छन् । 'पढिसकेपछि छोराहरूलाई पनि यही व्यवसायमा लगाउँछु,' खत्रीले भने, 'जागिर खाएर त्यति राम्रो आम्दानी हुँदैन ।'

_ · Oct 20, 2009 6:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all