झापा गौरादह तनाबग्रस्त

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

झापा गौरादह मा १६ घाइते झापा -कास)- एकीकृत माओवादीको बन्द क्रममा शनिबार भएको तोडफोड र भिडन्तमा १७ जना घाइतेे भएका छन् । बन्दकर्ता र बन्दको विरोधमा उत्रेका स्थानीय बासिन्दाबीच झडप भएको हो । झडपले करिब १६ लाखको क्षति भएको प्रहरी चौकी गौरादहले जनाएको छ । म्ााओवादीसहितका दलले डेढ वर्षअघि यस क्षेत्रलाई बन्द-हडताल मुक्त घेाषणा गरेका थिए । यसअनुसार कुनै पनि दल वा समूहले गरेका बन्दको असर गौरादहमा पर्ने गरेको थिएन । तर आफैंले गरेको प्रतिबद्धता उल्लंघन गरेको भन्दै स्थानीयले माओवादीको विरोध गरेका थिए । बन्द गरेका पसल र घरमा थन्क्याएको सवारीसाधनसमेत उनीहरूले आगजनी र तोडफोड गरेको पीडितले बताएका छन् । डिपुचोकमा रहेका केबुल नेटवर्कको कार्यालय बन्द गरेकै अवस्थामा माओवादी कार्यकर्ताले आफैं खोलेर फोडेको प्रत्यक्षदर्शीले बताएका छन् । पुल तोडफोड गरेको लाठी माओवादीले त्यहीँ छोडेर हिँडेका छन् । प्रत्यक्षदर्शी गंगा सिटौलाका अनुसार समूहमा आएका कार्यकर्ताले बन्द गरेको सटर खोलेर तोडफोड गरेका हुन् । उनीहरूले अफिसकै पेटीमा राखेको मे२प २७६७ नम्बरको मोटरसाइकल समेत जलाएको सिटौलाले बताए । यसैगरी डिपुकै तारा उप्रेतीका दुईवटा पार्किङ गरेका ट्रक माओवादीले तेाडफोड गरेका थिए । घटनामा माओवादीका तर्फबाट एक मोटरसाइकलमा आगजनी तथा १६ वटा मोटरसाइकल, दुईवटा गाडी, दुई ट््याक्सी र दुईवटा ट्रक तोडफोड भएका छन् ।

Chicago-Bull · Jun 8, 2009 10:57 AM · 16,638 views

3 Replies

तोडफोड र आगजनीको विरोधमा प्रदर्शन झापा । जेठ २५ गते बन्दकर्ता एकिकृत माओवादी र स्थानिय बासिन्दाबीच ०६६ जेठ २३ गते भएको झडप र तोडफोडको विरोधमा गौरादह गाविसको गौरादह बजारका स्थानिय बासिन्दाहरुले जेठ २५ गते विरोध जुलुश प्रदर्शन गरे। &nbsp; गत जेठ २३ एकिकृत माओवादीको भातृ संगठन नेपाल आदिवासी जनजाति गाणतान्त्रिक मञ्चको आयोजनामा जिल्ला बन्द गर्नेक्रममा गौरादह बजारका स्थानियवासिन्दा र बन्दकर्ताहरुबिच झडप भएको थियो । माओवादी कार्यकर्ताहरु बसमा गई स्थानिय बासिन्दाका घरहरु , पसल तथा होटलमा आक्रमण गर्नुका साथै पार्र्कि गरेर राखेका सवारी साधनहरु करिब १ दर्जन को संख्यामा बस , ट्रक तथा जीपहरु तोडफोड गरी क्षति पूर्žयाएका थिए । तोडफोड गर्नेक्रममा १० ओटा पसल तथा घरमा तोडफोड गर्नुका साथै लाखौँको धनमालमा क्षतिपूराएको स्थानिय एक व्यापारीले बताए । तोडफोडमा सबैभन्दा बढी क्षेत्र न.ं-६ का सभासद् दिपक कार्की , स्थानिय केवल नेर्टवर्क सञ्चालक दिलबहादुर राना लगायतको घर तथा पसलमा क्षती भएको थियो । झडपमा <SPAN lang=SA style="FONT-SIZE: 10pt; FONT-FAMILY: Mangal; mso-asc

Chicago-Bull · Jun 8, 2009 11:03 AM

गौरादहमा कुर्सी जलाइयो कास दमक, गौरादह बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले सोमबार क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले ५ दिनभित्र पदबाट राजीनामा दिन प्रमुख भोजराज दाहाललाई चेतावनीसमेत दिए । दाहाललाई शनिबार आक्रमण गर्न गएका स्थानीयवासीबाट जोगाएर राखेकामा स्ववियुलाई थाहै नदिई उनी क्याम्पसबाट बाहिरिएको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको स्ववियु सचिव सूर्यभक्त सिटौलाले जनाए । सिटौलाका अनुसार शनिबार माओवादीको बन्दका क्रममा गौरादहमा भएको भौतिक क्षतिको योजनाकारका रुपमा दाहाललाई आरोप लगाउँदै स्थानीयबासी क्याम्पसमै आक्रमण गर्न गएका बखत स्ववियुले जोगाएको थियो । 'क्याम्पस समयभरि चिफको सुरक्षा जिम्मा हामीले लिएका थियौं, तर उहाँ हामीलाई थाहै नदिई नौ बजेनै हिंड््नुभयो,' सिटौलाले भने, 'विद्यार्थीलाई चिफले धोका दिएकाले राजीनामा मागेका हौं ।' दाहालले भने आफूमाथि झूटा आरोप लगाएर फसाउन खोजेको बताएका छन्् । उनले भने, 'बौद्धिक संस्थाको नेतृत्व गर्ने व्यक्तिले तोडफोडलाई उक्साहट गर्ने कुरा सोच्न पनि सक्दैन ।' Posted on Kantipur: 2009-06-08 21:04:44

Chicago-Bull · Jun 9, 2009 8:48 AM

Maobaadi kukur haru...aru k nai kaam chha ra uneducated, antisocial and terrorists bastards haru ko??????? Terrorists aakhir ma sadhai terrorists nai rahane bhaye...kahile ni sudhrine bhayenann kuttaa haru.....Bataaase haru.....

pyaari kt · Jun 9, 2009 10:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all