:( शिर्षक बिनाको कविता :(

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उच्च शिक्षा लिन भनी टाढा टाढा गएपनि भविश्यमा केही बन्न परदेशी भए पनि पौरख गर्ने तागत हुँदै घर फर्कि आउनु भन्थ्यौ चर्किएका दलिन टाल्नु, चुहुने छानु छाउनु भन्थ्यौ लाग्छ अब तिम्रो इच्छा पुरा गर्न सक्दिन म आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म हाम्रो घर बेच्नु पर्छ भन्दै छन् रे दाइहरु विदेशिनै लाग्या छन् रे त्यहाँ भाका भाइहरु दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म    Last edited: 08-Jun-09 07:50 AM

cheli · Jun 8, 2009 7:47 AM · 18,940 views

13 Replies

चसक्क दुख्यो छाती चेली। देब्रे पट्टी साह्रो भयो। यथार्थ अती नै हृदयबिदारक छ। सुन्दर शब्दहरुमा पीडा बोल्यौ चेली।

rahulvai · Jun 8, 2009 8:12 AM

यथार्थ कुरा! लेख राम्रो लाग्यो तर मनलाई नरमाइलो लाग्यो   

perfectionist · Jun 8, 2009 8:27 AM

मनै चुस्स छोयो कता कता दुख्यो कता कता, एक दम राम्रो कबिता

बैरे · Jun 8, 2009 9:49 AM

यस्तो सम्झियो भने खुरुक्क झिटि गुन्टा बोकेर फर्कन मन लाग्छ! बेला बेलामा यस्तो सोचाईले झक्झकाउँछ अनि व्यस्ततामा बिर्सिँदै समय बित्छ, पछि ढिलो हुन्छ! थाहा छ यस्तै हुन्छ तर पनि हामि बगिरहेछौँ निरन्तर! हामिले छोडेको घर जतिबेला छाड्यौँ मन-मस्तिष्कमा त्यहि नै तस्वीर छ, तर परीवर्तन अनवरत् छ, पछि झसङ्ग हुनलाई! राम्रो!

Birkhe_Maila · Jun 8, 2009 11:26 AM

ओहो गज्जब कबिता लेखेछौ चेली <<हामिले छोडेको घर जतिबेला छाड्यौँ मन-मस्तिष्कमा त्यहि नै तस्वीर छ, तर परीवर्तन अनवरत् छ, पछि झसङ्ग हुनलाई!>> घच्चीको कुरा गरे जिम्माल बा ले म पनि उही पुरानै काठमान्डु सम्झिन्छु र झसँग हुन्छु अहिलेको काठमान्डु देखेर

सान्नानी · Jun 8, 2009 12:23 PM

धन्यवाद ठुल्दाइ, पुरे, बैरे, माल्दाइ अनि सन्नानी दिदीलाई पनि, यहाँहरुका यस्तै प्रोत्शाहनहरुले मलाई लेख्ने प्रेरणा दिन्छन ! धेरै धेरै धन्यवाद !!!    

cheli · Jun 9, 2009 7:28 AM

दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे एकदम राम्रो लेखाइ चेली ! कबिताको माध्यम बाट ब्यथा पोख्ने कला प्रशंसनीय छ !

ritthe · Jun 9, 2009 8:37 AM

I have seen this poem posted in Facebook as well. It that person you, Cheli?

AlterEgo · Jun 9, 2009 9:07 AM

चेली ज्यु, मनलाई नछुने त कुरै भएन, किनभने हामी आफ्नो मातृभूमीलाई छाडेर परदेशमा बाचिरहेका छौ। <<<हाम्रो घर बेच्नु पर्छ भन्दै छन् रे दाइहरु विदेशिनै लाग्या छन् रे त्यहाँ भाका भाइहरु>>> मात्रा उच्च शिक्षा लिनलाइ बिदेशिएकाहरुलाई होइन, म जस्तै जिबिकोपार्जन गर्न बिदेसिएकाहरुलाई पनि झस्काएको छ यो कबिताले। आखिर  त्यै नराम्रो, अगतिलो, चुहिएको आफ्नो र आफन्तलाई नै सम्झाएको छ। त्यसैले त कबिता राम्रो छ। कालेदाई  (मबिलदाई) 

Kaledai · Jun 9, 2009 9:10 AM

Error occured here because of server configuration. Any inconvenience is regretted - admin

cheli · Jun 9, 2009 12:21 PM

राम्रो कबिता चेली बिर्सिन खोजेको वास्तविकताले फेरी झक्झकायो

nakkali keti · Jun 9, 2009 3:16 PM

आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म  आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म  Ani kahile jane ta ghar?Jab gaharo huncha, sanghuro huncha tyahi bela ta pariyar, samaj, desh le hamro mukh herchan, sahyog khojchan..yeti bela na gaye kahile jane..jaba sabai thik huncha? Tara thik kasle garne?Sabai thik kahile huncha? :(

Korean_Soju · Jun 18, 2009 12:12 AM

nice 1, i really liked it cheli.

Nepal Premi · Jun 18, 2009 1:16 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all