चलन चल्तीका केहि नेपाली उखानहरु चलन चल्तीका केहि नेपाली उखानहरु अकबरी सुनलाई कसी लगाउँनु पर्दैन। अर्काको नासो, गला पासो। अकाशको फल आँखा तरी मर। अघि बुद्धि आएन पछि रोएर के गर्नु। अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु। अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ। अल्छीलाई बल्छी, मर्दलाई जाल। अल्छी तिघ्रो स्वादे जिभ्रो। अनिकाले मानु बाडी चुडी खानु। आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष। आफै नमरी स्वर्ग देखिँदैन। आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने। आयुको छोरालाई वायुको के डर। उसै त सासु सुन लगाएकी। एउटा थाप्लोमा दुइटा नाम्लो। ओरालो लागेको घाम, पखाला लागेकी बूढी। ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ। औषधी र अर्ती तीतै हुन्छन्। कहिले सासुको पालो, कहिले बुहारीको पालो। काम न धाम पेटभरि माम। मुलको पानी,कुलकी नानी। कानु गोरुलाई औशी न पुर्णे। कि हस्तिनापुरको राज कि चपरिमुनिको बास। खोला होइन तिर्खा धाउँछ। खानु न पिनु पुर्पुरोमा चिनु। खाने मुखलाई जुँगााले छेक्दैन खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने। गर्नु न बिराउनु के–को डराउनु। दुखीलाई दिन्छु नभन्नु, बिधवालाई लान्छु नभन्नु। गाई मारी गधा पोस्ने। गीत गाउँनेको सुसेलीबाटै थाहा हुन्छ। गुन्द्रुकलाई पकाउनु पर्दैन। घर नभएको छोरो र सुत्केरी नभएकी बुहारी। घर आय कुकुर बलियो। चीनको राजा भोटको नुन, ज्यानै दिंदानि नदेख्ने गुन। चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी। छोरो पाउने कहिले कहिले कन्धेनीको सोच। जस्तो आफू उस्तो च्यापू। जसको सिङ छैन उसको नाम तिखे। जस्को तरवार उसैको घरवार। जस्तालाई तस्तै ढिंडालाई निस्तै। जहाँ ताल उहीँ पानी। जसले बोक्छ भारी, खान्छ मेख मारी। जब हुन्छ राती अनि बुढी ताती। जाँगर न साँगर खाने बेलामा आँगर। जुँगो चल्यो कुरा बुझ्यो। जुवाको धन गन्दै नगन। जो होचो उसको मुखमा घोचो। जो अगुवा उही बाटोमा हगुवा। जोगीको घर सन्नेसी पाहुना। जति जोगी गाए पनि कानै चिरेका। जो छ खुनी उसैलाई हुनी, जो छ दानी बिग्रिनी वानी। टाढाको देउता करेसाको भूत। ताक परे तिवारी नत्र गोतामे। ताप्के ताते पो काम हुन्छ बिंड तातेर के काम। दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ। दूध दिने गाईको, लात्ती पनि सहनु। धान खाने मुसो चोट पाउँने भ्यागुत्तो। नदिने सासु बुधवार बार्छिन्। नमच्चिने पिङ्को सय झड्का। नाच्न नजान्ने आँगन टेढो। पशुपतिको जात्रा सिद्राको व्यापार। बतास नलागि पात हल्लिदैन। वनको बाघले नखाए नि मनको वाघले खाने। बारी न बिरुवा नौ मूरी तोरी। बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार। बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु वेस। बिष नभएको सर्प र ईख नभएको मान्छेले केही गर्न सक्दैन। भाई फुटे गवाँर लुटे। भेटी न सेटी बस मरी भेटी। भोको भन्छ डाडाँवारी खाऊँ अघाएको भन्छ डाँडापारी खाऊँ। म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो। मनको वह कसैलाई नकह। मर्ने बेलामा हरियो काक्रो। मह काड्नेले हात चाट्छ। मर्दाको मलामी जिउँदाको जन्ती। माछाको बल पानीसम्म। माछा माछा भ्याकुता। मुखमा राम–राम बगलिमा छुरा। मुखमा सरस्वती हुनेको सधै वृहस्पति उदाउँछ। मेरो गोरुको बार्है टक्का। मोही माग्ने ढुंग्रो लुकाउने। रातभरि रुघ्यो बुढी जिंउदै। रातभरि करायो दक्षिणा हरायो। राम्री तेसै राम्री, नराम्रीलाई ढसक। राजाको काम कहिले जाला घाम। लगन पछिको पोते के काम। लाटो देशमा गाँडो तन्नेरी। लासामा सुन छ कान बुच्चै। लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ। लोहारको सय चोट सुनारको एकै चोट। साउनमा आँखा फुटेको गाईले सधै हरियो देख्छ। सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल। सोक न सुर्ता भोक न भकारी। सुख पाए ससुराल जानु दुःख पाए मीत कहाँ जानु हात्ती आयो हात्ती आयो फुस्सा। हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राणा। हातमा पुस्तक मनमा दस थोक। हुने बिरुवाका चिल्ला पात। हुनु हार दैव नटार। जय होस् सबैको।
Bostonktm · Jun 7, 2009 5:59 PM · 61,167 views
some of them are very good .. thanks..
ganapati · Jun 7, 2009 6:50 PM
more at http://www.sajha.com/sajha/htm...
ganapati · Jun 7, 2009 6:52 PM
suxs man ,,,, u gotta nothing else to do !!!!!!!!
Jack khattri · Jun 7, 2009 7:01 PM
naam bigarera Jack Khattri pani parda chhaina Chhatri....hahahaha..
ganapati · Jun 7, 2009 7:14 PM
awesome... tks
nepalichora · Jun 7, 2009 7:31 PM
कोइ गोरुलाई के ताल जता हेर्यो उतै हडताल
subrath · Jun 8, 2009 12:18 AM
Subrath! well said! कोइ गोरुलाई के ताल जता हेर्यो उतै हडताल Nepalese government should seek a guinese book record for the most हडताल city or country.
Aloneguy27 · Jun 8, 2009 12:47 AM
स्वादे जिब्रो, अल्छे तिग्रो। सबर गरे मेवा फल्छ, हतर गरे कुबिन्डो। दातँ हुँदै मकै चपाउनु पर्छ। तिउन बिग्रो झोल ले, कुरो बिग्रो पोल ले।
subrath · Nov 13, 2009 12:44 PM
तिउन बिग्रो झोल ले, कुरो बिग्रो पोल ले। different version. पर्बते बिग्रियो मोजले , नेवार बिग्रियो भोजले । सुख पाए ससुराल जानु दुःख पाए मीत कहाँ जानु , As per the proverb , I need to go to Mit, but I do not have mit and have to go sasurali. What should I do?
NayaSadak · Nov 13, 2009 1:39 PM
ls y't'gf hf]ufpg' ls d't'gf hf]ufpg' .
Nikesh282 · Nov 13, 2009 2:26 PM
manchhe le katro dukkha garera lekheko chha yo jack bhanne jatho chhai appreciate na garne??? sala jaikrishan khatri....jack bhais yaha aayera........ anuhar na tarika tika nau thari ka
kaji sahab · Nov 13, 2009 2:32 PM
१) हाँडिमा कनिका भए सम्म राँडिलाई निद्रा लाग्दैन २) तै रिन् तै रिन् बुढि बाख्री किन् ३) बाह्र वर्षमा पोई आको म राँडिलाई ज्वरो आको ४) एकले थुकि सुकि सयले थुकि नदी ५) भाग्यमा छ भन्दैमा डोकामा दुध नदुहुनु ६) मर्दले आँटे वर्षदिन आईमाईले आँटे एकैछिन ७) केटाकेटि आए गुलेली खेलाए,मट्याङ्ग्राको सत्यानाश ८) काम पाइनस बुहारी पाडोको कण्डो कन्या
Birkhe_Maila · Nov 13, 2009 2:37 PM
"बाह्र वर्षमा पोई आको म राँडिलाई ज्वरो आको" What does it imply too?? Sound so funny though
Poon-Hill · Nov 13, 2009 3:47 PM
It applies to Sexy In Sari .
Ganjadi · Nov 13, 2009 4:13 PM
ha ha ha..hasayo ganjadi le
kaji sahab · Nov 13, 2009 5:09 PM
कहाँको राजा राम, कहाँको गुले भण्डारी
eutaketa · Nov 14, 2009 2:48 AM
1.खोलो तरेपछि लौरो बिर्सिने | 2.भाग्यमानिको भैंसी बर्षाउटे, अभागिको स्वास्नी बर्षाउटे | 3.आफ्नै छोरी नखरमाउली तन्नेरी लाई दोस 4. चोरको धन फुपुको श्राद्ध 5. बाहुनको टुप्पी एन्टिना न अेरिअल
sabaiko satru · Nov 14, 2009 3:05 AM
लगनको बेलामा हगन copied form www.dautari.org. They have new ukahn everyday. Some are quite hilarious,some are so so ok.
sanas · Nov 14, 2009 10:33 AM
पुछर ले कुकर हलाउदैन, कुकुर ले पुछर हलाउन्छ
subrath · Nov 16, 2009 2:15 PM
Abhagi Hagna Basyo; Tin Bitta Ko Thoso Pasyo! Talla Ghar Ki Budhi Ko Manaa Jatro Pwal; Mathilla Ghar Ko Bodho Le Ufri Ufri Haal!!! (Dhiki/Dhikari) Guhu lai chhoyo; Gandha! Phohor chalayo; Chhitaa! Tesai ta Buhari; Bhatamas Khayeki! Haat le diyera Khutta lai dukha! (loan defaulters) Mukh Hunda Hundai Naak le paani khana hunna! Chhan Geda Sabai Mera; Chainan Geda Sabai Tedha! Macchiyo Macchiyo--Thacchiyo! Rest in the next.
avant garde · Nov 16, 2009 3:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion