Bihar

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माधव ढुङ्गेल, काठमाडौं जेठ २४ मधेशी जनअधिकार फोरमकी सभासद् दुर्गादेवी महतोलेले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो निवासमा बोलाएर उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध सही गर्न दबाब दिएको रहस्य सार्वजनिक गरेकी छन्। शनिवार बिहान यादवको भीमसेनगोलास्थित डेरामा बोलाएर यस्तो दवाब दिएको उनले बताइन् । 'हामी पार्टीको पक्षमा छौं' भनेर जारी गर्न तयार पारेको प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्न सभासद् महतोलाई बोलाइएको उनले बताइन्। नागरिकसँग कुरा गर्दै महतोले भनिन् 'मेरो पक्षमा हस्ताक्षर गर्ने भए गर नत्र सभासद्बाट हटाइदिन्छु भनेर धम्क्याए।' नयाँ बानेश्वरस्थित डेरामा फोन गरेर यादव आफैंले बोलाएपछि शनिबार बिहान ११ बजे अर्की सभासद् कलावती पासवानसहित उनी अध्यक्ष यादवको निवासमा पुगेकी थिइन्। त्यहाँ अर्की सभासद् सन्ध्या देव पनि उपस्थित थिइन् । करिब २ घण्टा ढोका थुनेर धम्क्याइएको उनको आरोप छ। सुरुमा यादवले 'पार्टी फुटेको छ साथ दिनुस् पार्टीलाई बचाउनु छ' भन्दै कुराकानी थालेका थिए। यादवसँगको कुराकानी सम्झँदै महतोले भनिन् 'एक पटक गच्छदारलाई समर्थन गरेर सही गरें फेरि दोस्रो गर्दिनँ।' हस्ताक्षर गर्न अस्वीकार गरेपछि यादवले 'विजयकुमार गच्छदार शरतसिंह भण्डारी, रामजनम चौधरीहरु काँग्रेसमा पद नपाएपछि फोरममा आएका र अहिले फेरि पद पाउने भए पछि पार्टी फुटाएर काँग्रेसमा नै जान लागेको' बताएका थिए । महतो भन्छिन् 'पार्टी गच्छदारले फुटाएको हैन सात जनालाई निकालेर यादले पार्टी फुटाएका हुन्।' यादवले 'मैले सभासद् बनाइ दिएँ के गच्छदारले मन्त्री दिन्छन्' भन्दै प्रभावमा पार्न खोजेको उनको आरोप छ। मधेशी जनअधिकार फोरमको महिला संघकी पर्सा जिल्ला अध्यक्ष महतो भन्छिन् 'मधेश आन्दोलनमा पटक-पटक जेल गए धेरै कुटाइ खाएँ टाउको फुट्यो। सभासद् कसैको दयाको भरमा पाएको हैन।' सभासद्बाट हटाइए कुनै आपत्ति नरहेको बताउने उनी फेरि घरमै बसेर खाने बताइन्। 'मैले घरमा घुँघट लगाएर बसेको भरमा पाएको सभासद् हैन' नेपाली भाषा बोल्न नजान्ने उनले भनिन् 'पद् पाए क्याबिनेट चलाउने आँट छ नभए जो मन्त्री भए पनि ठीकै छ।' गच्छदार समूहले मिटिङ छ भनेर बोलाएमा नजानू भन्ने यादवले कडा शब्दमा थर्काएको उनले बताइन्। 'तिमीहरु मधेशविरोधी हौ पार्टी फोरुवा हौ भनेर जिल्ला-जिल्लामा भनिदिन्छौं' त्यसपछि जनताले थु-थु गर्नेछन्। उनले आफू पनि आन्दोलनबाट आएकी हुनाले यस्ता धम्कीबाट नडराउने उनले बताइन् ।

CHYAME KANCHA · Jun 7, 2009 10:36 AM · 18,975 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all