To Whom it may concern

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चार वर्षमा पनि राहत नपाएको पीडितहरूको गुनासो   राहत प्याकेज दिने प्रचण्डको आश्वासन पनि बोलीमा सिमित भएको पीडितहरूको गुनासो छ दशवर्षे सशस्त्र द्वन्द्वका बेला माओवादीले सबैभन्दा बढी मानिसको ज्यान जाने गरी चितवनको बादरमुँढेमा बम विस्फोट गराएको शनिबार चार वर्ष पुगेको छ। अड्तीस जनाको ज्यान जाने गरी एउटा यात्रुवाहक बसमाथि गराइएको बम विष्फोटनलाई माडीबासीले अझ बिर्सन सकेका छैनन्। बाँदरमुढे घटनामा ७२ जना घाईते भएका थिए। घटना घटेको चार वर्ष बितिसक्दा पनि पीडितहरुले अझैसम्म राहत नपाएको र माओवादीका अध्यक्ष प्रधानमन्त्री हुँदा समेत उनीहरूलाई एक पटकपनि नसम्झिएको घटना-पीडित समितिका अध्यक्ष मुक्तीनाथ न्यौपानेले बताए ।

CHYAME KANCHA · Jun 7, 2009 10:24 AM · 15,038 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all