nepali lost in new york

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

copied from      http://www.usnepalonline.com/n... न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारीUser Rating: / 1  PoorBest Written by Pradeep Thapa magar   Saturday, 06 June 2009 07:19Breaking News: न्यू योर्क- हिजो शुक्रबार (मैइ ६ तारिख) बिहान साढे सात बजेतिर छोरी ज्वाँईको अपार्ट्मेन्टबाट १० ब्लक्क नजिकैको पार्कसम्म "मर्निङ वाक" गर्न हिंडेकी ५३ बर्शिय कृष्णकुमारी गुरुङ यो समाचार लेख्दा 3: 20 am EST (२० घण्टा बिती सक्दा) सम्म घर फर्केकी छैनन्। उनलाई अङ्ग्रेजी पढ्न, बोल्न आउँदैन। झन्डै १० तोला सुनका गहना लगाएकी उनी पैसा र मोबाइल बेगर हिंडेकी थिइन्। उनलाई फेला पार्नुहुने महानुभाबहरुले यि नम्बरमा संपर्क गर्नुहोस्- 6467159927 (Sam), 6467159925 (Anu). Krishnakumari Gurung. Photo courtesy: Anu Gurung & family. Illustration: eEyeCam   घरको ठेगाना र फोन संपर्क: Home: 35-11 62nd Street, Apt.#1 FL Woodside, NY 11377 Home Tel: 7184248710 Sam Cell: 6467159927 (son-in-law) Anu Cell: 6467159925 (daughter)   कृष्णकुमारीले हिजो बिहान घरबाट निस्कनु अघी लगाएको हुलिया यस प्रकार छ: कानमा मडरी (करीब डेड तोला सुन्), घाटिमा करीब ३ तोला जतिको सुनको सिक्री, दुइटै हातमा ६ तोला सुनको काँडे रइयाँ, देब्रे हातमा तामाको ब्लड प्रेसर कन्ट्रोल गर्ने चुरा, सिको घडी, कालो भेल्बेटको पाइन्ट, मरुन (बर्गन्दी) रङ्गको टर्टल नेक भएको लामो स्विटर अनि Saucony ब्रान्डको जुत्ता।  गत मार्च २१ मा पोखराको सिमपानीबाट अमेरिकाको न्यू योर्कमा रहेका दुई छोरीहरु  अनु (कमला) र ज्वाँई श्याम गुरुङ, कान्छी छोरी बबितालाई भेट्न आएकी कृष्णकुमारी छोरी अनुले बाहिर जाँदा ठेगाना, पैसा र मोबाइल साथमा लिएर मात्र जाने भने पनि "आ, दुई महिना भई सक्यो। घर फर्किन सक्छु।" भन्दै निक्लेकी उनी नफर्के पछी अहिले अनु र उनका श्रीमान श्याम, कान्छी छोरी बबिता हराएकी कृष्णकुमारीलाई खोज्न तल्लिन छन्। कृष्णकुमारी हराएको १८ घण्टा पछि मध्य रातमा युनाइटेड किरात राइ ओर्गनाइजेसन अफ अमेरिकाका न्यू योर्क च्याप्टरका अध्यक्ष प्रभाकर राइले युएस नेपाल अनलाइनलाई उक्त घटनाको जानकारी गराएका थिए। अनु र उनका श्रीमानले कृष्णकुमारीलाई अस्पातल, पार्क, शहरका गल्ली गल्ली, चिने जानेका नेपाली, आफन्तहरु कहाँ खोजेर नपाए पछि कुइन्स शहरको स्थानिय प्रहरीमा समेत कृष्णकुमारी हराएको दर्ता गराइसकेका छन्।   छोरी अनुकाअनुसार कृष्णकुमारीलाई अङ्ग्रेजी बोल्न, पढ्न आउँदैन। उनी सकुशल भए पनि गुरुङ भाषा, नेपाली र हिन्दी बाहेक बोल्न नआउने भएकाले अङ्ग्रेजी मात्र बोल्ने कहाँ शरण लिन पुगेको भएपनि फोन र ठेगानाको अभाबमा संपर्क हुन नसकेको हुन सक्छ। उनलाई सुनका गरगहनाका कारण लुटेराले लुटेर अपहरण गरेर लगेको हुन सक्ने अर्को कारण हुन सक्छ। यदी उनी कुनै दुर्घटनामा परेको भए चाँही अस्पातलहरुमा भेटटाइनु पर्थ्यो। कृष्णकुमारीका दुई छोरीहरु र ज्वाँई र प्रभाकर राइ लगायतका साथीभाईहरुले खोज्नेक्रम जारी राखेका छन्।   न्यू योर्कबासी सम्पूर्ण नेपालीहरुलाई आफ्नो आमालाई खोज्न मद्घत गर्न अनुरोध गर्दै कृष्णकुमारीकी जेठि छोरी अनुले यो पङ्क्तिकारसँग भनिन्- हामीले अझै आमा लाई सकुश भेट्टाउने पूर्ण विश्वाश लिएका छौ।"    उसो त कृष्णकुमारीका श्रीमान मैतलाल गुरुङ गत साल अक्टोबरमा छोरी-ज्वाइलाई भेट्न न्यू योर्क आएर गत जनवरीमा नेपाल फर्किएका थिए। बुवाको अमेरिका बसाइ पछी दुई छोरी र ज्वाँईले आमा कृष्णकुमारीलाई न्यू योर्क ल्याउने मेसो गरे। यसरी पोखराकि कृष्णकुमारी अमेरिका आइ पुगिन्। तर उनको इन्डियन गोर्खा आर्मिमा सेवा गरेका श्रीमानलाई जस्तो कृष्णकुमारीलाई चाँही अङ्गेजीको 'अ' पनि आउँदैन्थ्यो। यसै कारण छोरीहरुले उनलाई एक्लै घर बाहिर घुम्न निस्कन मना गरेका थिए। तर उनी ७४ स्ट्रिट ज्याक्सन हाइटबाट आफ्नो छोरी-ज्वाइको घर रहेको ६२ स्ट्रिट उड साइडसम्म एक्लै खुरु खुरु आउन जान सक्ने भए पछी यस्पाली एक्लै निस्कने हिम्मत काढिन्। तर पार्क चाँही ५२ स्ट्रिटमा उल्टो दिसातिर जानु पर्ने कुराको हेक्का कृष्णकुमारीले राखिन् कि राखिनन्? छोरी अनु भन्छिन्- "आमा हामीसँग पार्कमा जाने आउने गर्नु हुन्थ्यो। हिजो चाँही एक्लै जानु भो। पक्कै पनि फर्किने बेलामा बाटो भुल्नु भो होला।" अशिक्षाको एउटा दु:खद घटना हो यो यदी कृष्णकुमारीले मेसो नपाएरै बाटो बिराएर अलपत्र परेको हो भने।    अमेरिकि खुफिया तथा अनुसन्धान सस्था एफबिआइका अनुसार न्यू योर्क शहरमा हत्या, हिङ्साको कमी आउनुका साथै न्यू योर्क शहर अमेरिकि अन्य शहरहरुमा सबैभन्दा सुरक्षित शहर मानेको छ यद्दपी न्यू योर्क शहर यस्तो शहर हो जहाँ घरी घरी दिन दहाडै लुटपाट हुन्छ, बेतुक र बेनिहुमा बाङ्ग्रा फुस्काइन्छ र गोली ठोकिन्छ ।   उता न्यू योर्क शहरका अर्बपति मेयर माइकेल ब्लुम्बर्गले हिजो मात्र गत बर्षको तुलनामा सन् २००९ को पहिलो ५ महिनामा ४३ जना कम हत्या, १ हजार ४१५ कम लुटपाट, ४९१ कम कारको चोरी भएको बताएका छन्।    तर हामी आशा गरौ- कृष्णकुमारी सकुशल घर फर्कुन्।   Please keep checking to get updated News about Krishnakumari Gurung.   -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,pradeepthapa@gmail.com  

blackfox · Jun 6, 2009 9:21 PM · 51,559 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

It's not about Indian or Nepali.It's about ethic.If somebody helps you,u should atleast thank that person and if situation is like this,atleast you should take that person to meet your family.

bideshi · Jun 11, 2009 2:34 PM

It's not about Indian or Nepali.It's about ethic.If somebody helps you,u should atleast thank that person and if situation is like this,atleast you should take that person to meet your family.

bideshi · Jun 11, 2009 2:34 PM

Why do you guys hate Indian people, when you listen to Hindi music, watch Hindi movies and even talk in Hindi(instead of English) when you meet them? I have rarely seen a Nepali who doesn't understand Hindi or do not talk Hindi. How many of you won't go to an Indian store around your area if there was one (for those outside Nepal)? So all you hypocrites, look at yourselves before you call yourselves Indian hater. Just because you had bad experience with couple indian people doesn't mean all of them are like that. You will find many nepali people who are far worse that Indians.  

danfe123 · Jun 11, 2009 3:24 PM

yeah danfe123 you are right. when your motherland is under threat, and once your motherland becomes part of Indian state, then you will sure speak hindi, listen to hindi, shop in indian grocery store and so on. the only place you want to find out about nepal would be in museum. sure love your bhaiya. why not. the choice is yous.

JPEG · Jun 11, 2009 3:40 PM

JPEG, I do not support any encroachment of our boarders by any country or by India. And just my two cents, I do not thing India or any country will be able to take over Nepal in this era. All I was trying to say was let's not stereotype individuals based on a few bad experiences we had with some Indian people. How would you feel if you treat some people with respect, but not get that same respect back, just because you are from Nepal.

Danfe123 · Jun 12, 2009 11:14 AM

According to world population statics, India currently have a population of 1,147,995,904. That's not even counting those living outside India. Hence let's say 1% of the Indian population is bad, you do the maths. If you can't do the maths, then here's the answer 1% of 1 147 995 904 = 11 479 959 For your information, Nepal as of 2008 have only 29,519,114 people. 1 single Indian who happens to be good Samaritan doesn't reflect the whole Indian population.

JPEG · Jun 12, 2009 11:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all