प्रेमी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तराइँको हरियो फाँटमा रहेको एक रमाइलो गाउँमा फक्रिन लागेको फूलसरी एउटी किशोरी थिई। गाउँका माथवर ठहरिएका बिजयलालकी छोरी थीइ उ। उसले भर्खर सोह्र बसन्त पार गरेकी थीइ। अली अली गर्व उसमा हुनु स्वभाविक नै थियो, अलिकती रूपको, अलिकती पारिवारिक धाकको अनी केही मात्रामा सम्पत्तिको पनि। एकदिन दौंतरिहरुसँग हाँसखेल गरिरहेको बेला उसले बिचार  गरी कि दुई आँखाले उसलाई हेरिरहेका छन। "एतिका केटीहरुका बिचमा मैलाई मात्र किन?" उसले मानौं आँफैलाई सोधी। घर पुगेर आफुलाई ऐनामा हेरी अनी गाला रातो पारी। एकदिन, दुईदिन गर्दा गर्दै हेराइ परिचयमा परीणत भयो, परिचय मित्रतामा अनी मित्रता प्रेममा। सानो गाउँका मानीसहरुमा यो कुरा फैलिन कती बेर लाग्थ्यो र? एक कान, दुई कान, मैदान भएपछी बिजयलालले पनि थाहा पाए अनी उनी घरान मिल्दो ज्वाँई खोज्न ब्यस्त भए। "बसन्त! अब हाम्रो बिछोड होला जस्तो छ। बुवाले मेरो विवाहको तर्खर गर्दै हुनुहुन्छ।" उसले बसन्तको कपाल सुम्सुम्याउदै भनी। उसको काखमा पल्टिएको बसन्तले उसलाई सान्त्वना दिंदै सोध्यो "मसँग काठमाडौं जान्छ्योउ बर्षा?" बर्षाले टाउको निहुराइ, शायद सन्कोचले। भोलिपल्ट रामरुमीको समयमा दुवैजना काठमाडौं तिर लागे।   काठमाडौंको एउटा होटेलमा चार पांच दिन सँगै बिताएपछी बसन्तले आफ्नो दुर्छे चरित्रको प्रदर्शन गरी उसलाई एक्लै छोडेर भाग्यो। धेरै रोइ बर्षा त्यो दिन। आखिर बसन्तले त्यस्तो किन गर्‍यो? उसले बुझ्न सकिन। आखिर बसन्तलाई उसले आफ्नो प्रेमी ठानेकी थीइ, आफ्नो सर्वस्व सुम्पेकी थीइ उसलाई। उसले बुझ्न सकिन आखिर उसको प्रेममा कहानीर गल्ती भयो? बसन्तले त्यस्तो गर्दा पनि अझै उसको मनबाट बसन्तको माया मर्न सकेको थिएन।   चार बर्ष पछी बर्षाको बिहे भयो। घर परिवारले उसलाई माफि दिए। गाउमा बदनामीको डरले परिवार काठमाडौंमै आएर बसे, अर्को केटो खोज्न बाबु आमा ब्यस्त थिए। उ चाँही पढ्न थाली। आखिरमा सँगै पढ्ने साथीसँग मन बस्यो अनी उसले बिहे गरी। सबै खुशी थिए बर्षाको घर बसेको मा। बिहे पश्चात तीन चार दिन आफ्नो घरमा बिताएपछी एक दिन उसले तल्लो तल्लामा बसन्तलाई देखी। पुरानो प्रीती फेरी बल्झिने झै गर्‍यो। फेरी उसका केही प्रश्नहरु अझै अनुत्तरित नै थिए। हुन त उसले पछी थाहा पाएकी थीइ बसन्तको खराब चरित्रको बारेमा। बसन्तले उसलाई मात्रै होइन गाउँका अरु केही केटीहरुलाई पनि बिगारएको थियो। "उ चाँही को नि?" उसले आफ्नो लोग्नेलाई सोधी। "ए उ! उ तल भाडामा बस्छ। साह्रै सोझो छ बिचरो।" भन्दै लोग्ने अफिसतिर लाग्यो। पहिलो प्रेम कहाँ बिर्सन सकिन्छ र? लोग्ने अफिस गएको एक घण्टा पछी बर्षा तल ओर्ली अनी बसन्तको ढोका ढकढकाइ। बसन्तले ढोका खोल्यो। बर्षालाई देख्नेबित्तिकै चट्याङ परेको अनुभुती भयो उसलाई। "तिमी? यहाँ कसरी?" उसको ओठ तालु सुकेको थियो। "बसन्त! तिमी पहिलेको कुर सम्झेर दुखी नहोउ। अहिले म तिम्रो घरपट्टिको स्वास्नी हुँ तर म तिमीलाई अझै पनि माया गर्छु। उसले मुस्कुरौदै भनी। बसन्त पनि दंग पर्‍यो। "मैले आजै बिहान बसन्त पञ्चमिको पूजा गरेकी थिए। कस्तो साइत? बिहान पूजा सक्नासाथ मैले आफ्नो बसन्तलाई पनि भेट्टाए। लौ यो प्रशाद।" उसले आफ्नो हातको प्लेट उतर्फ बढाइ। उसले मिठाइ आफ्नो प्लेटमा खन्यायो र बर्षाको प्लेट उसलाई फिर्तायो। "हामी भोली भेटेर गफ गर्ने है। मेरो श्रीमान पनि बाहिर जादैछन। अहिले म जान्छु।" भन्दै बर्षा प्लेट लिएर गई। भोलिपल्ट बर्षाको घरमा कसैले ढोका ढकढकायो। ढोका खोल्दा बहिर पुलिस थियो। "भन्नुस्?" बर्षाको लोग्नेले सोध्यो। "तपाइको तल्लो तल्लामा भाडामा बस्ने बसन्त भन्ने मान्छेले बिष खाएर आत्महत्या गरेछ। उसको बारेमा केही भन्न सक्नुहुन्छ?" पुलिसले सोध्यो। "ए। बसन्तले आत्महत्या गर्‍यो? मर्यो नै? खै, त्यस्तो गर्ला जस्तो त..." "पख्नुस्" बर्षाले उसलाई रोक्दै भनी "ईन्स्पेक्टर साहेब। हिजो बसन्तले मलाई यो चिट्ठी दिएको थियो जसको जवाफमा मैले उसलाई थप्पड हानेकी थिए। आत्महत्या नै गर्ला जस्तो त मलाई लागेको थिएन।" उसले चिट्ठी ईन्स्पेक्टरलाई दीइ। ईन्स्पेक्टरले चिट्ठी खोलेर पढ्यो। त्यसमा लेखिएको थियो, प्रिय, म तिमीलाई असाध्ये माया गर्छु। यदी यो प्रेम प्रस्ताव स्विकारेर मेरी भएनउ भने सत्ये म बिष खाएर मर्नेछु। तिम्रै बसन्त बर्षाको लोग्ने तलतिर लाग्यो, पुलिसको कार्वाही हेर्न। बर्षा आफ्नो कोठामा गएर रुन थाली। आत्मसन्तोषको रुवाइ थियो त्यो। बदला लिन पाएकोमा सन्तुष्ट थीइ उ। त्यो चिट्ठी बसन्तले नै उसलाई लेखेको थियो, चार बर्ष पहिले, आफ्नो प्रेमको प्रस्ताव राख्न। समाप्त शब्द अर्थ माथवर---------------- मुखिया, धनिमानी, जान्नेसुन्ने दौंतरी----------------- साथी, संगी, सहेलि रामरुमी---------------- झिसमिसे बिहानी दुर्छे------------------ दुष्ट प्रक्रितीको कृपया आफ्नो सुझाव दिएर मेरो मनोबल बढाउनुहुन अनुरोध छ। साझामा यो मेरो दोश्रो प्रस्तूती हो। पहिलो प्रस्तूती बुहारी  पढ्न यसमा क्लिक गर्नुहोस्। धन्यवाद

gurumama · Jun 5, 2009 2:51 AM · 22,823 views

6 Replies

र यो अर्को उत्तम प्रस्तुती, पहिलो त अझ यो भन्दा काइदाको थियो, शायद तेइ भएर पनि एस्तै केइ हुन्छ भन्ने expected भयो जस्तो लाग्छ। तपाईंको लेखाइमा एउटा सरलता छ अनी झन ठेट शब्दको प्रयोगले अझ उत्कृष्ट बनाएको छ। छोटो मिठो लाग्छ यहाँको कथा। मलाई त मन पर्‍यो! अर्को कथाको प्रतिक्षामा

perfectionist · Jun 5, 2009 8:35 AM

Nice story. Keep it up!

Sparty · Jun 5, 2009 9:23 AM

उत्कृष्ट कथा। धेरै राम्रो।

miresh · Apr 24, 2010 7:50 PM

कथा राम्रो लाग्यो, सरस भाषा र परे साथि ले भनेको जस्तै ठेट भाषाको प्रयोग उत्तम लाग्यो तर तपाईक कथामा किन बदलाको भावना मात्र सल्बलाईरहेको पाउँछु खै किन हो . अझै यतै साझामा हुनुहुन्छा भने अरु रचना पढ्न पाउँछु भन्ने लालसाका साथ् बिदा माग्छु - थाने

ThahaChaena · Apr 7, 2015 1:21 PM

सार्है राम्रो कथा...यो पढी सकेर "बुहारी" पनि पढी भ्याए ..."थाने" ब्रो ले भने जस्तै दुवै कथामा बदलाको भावना चै किन नि?

Smaran · Apr 8, 2015 7:21 AM

Nice one

bababob · Apr 8, 2015 12:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all