North Carolina को एकजना मानिसले आफ्नै श्रीमतीलाई बलात्कार गराउन अनलाईन विज्ञापन सर्भिस Craigslist को सहयोग लिएको प्रहरीले जनाएको छ। Kannapolis को २५ वर्षिय त्यस मानिसलाई त्यहाँको प्रहरीले अहिले बलात्कारको अभियोग लगाएको छ तर उसकि श्रीमतीलाई सार्वजनिक नगर्ने उध्येश्यले उसको नाम भने खुलाएको छैन। गएको आईतबार बिहान उसकि श्रीमतीले प्रहारीलाई खबर गरे पछी यो घटना बाहिर आएको हो। उसकि श्रीमतीका अनुसार श्रीमान र २ बच्चा घरमै भएको बेला एक जना मानिसले चक्कु देखाई उनलाई बलात्कार गरेको थियो। प्रहरीका अनुसार त्यस मानिसले Craigslist मा आफ्नो घरमा आएर आफ्नी श्रीमतीलाई डराएर वा धम्क्याएर श्रीमती सँग शारिरीक सम्बन्ध राख्न आग्रह गरेको थियो तर ति महिलाई आक्रमण गर्ने त्यो मानिस लाई पैसा पनी दिएको थियो वा थिएन भन्ने बारेमा भने बारेमा भने केही खुलेको छैन। सामान्य घाईते भएकि उनलाई अस्पतालमा परिक्षण गरे पछी फिर्ता पठाईएको छ भने त्यो श्रीमानलाई जेल चलान गरीएको छ।
aficionado · Jun 5, 2009 1:14 AM · 5,689 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion