निदाएको बेला मात्र किन आउछौ ए सपना ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

निदाएको बेला मात्र किन आउछौ   ए सपना ?     तिमी आउने आशमा, तिमीलाई पाउने आशमा, युगौं देखी रात अनिदो रहे। युगौं देखी बात अधुरै रहे । थाकेर एक छिन, तिमीलाई नै भाकेर  एक छिन के निदाएको थियो रात के निदाएको थिए म तिमी आइछौ ...................   निदाएको बेला मात्र किन आउछौ   ए सपना ?   निदाएकै बेलामै भए पनि आइछौ, शिथिल तन मन मै रमाएछौ। धीत मरेन, मन भरेन ब्युंझदा कुनै शेष रहेन।  ओंठ छामेर हेरें अझै रसिलो चुम्बन ताजै  छ कि भनेर छाती फुकाएर हेरें अझै आलिंगन आलै छ कि भनेर दिन मै आए के फरक पर्थ्यो ए  सपना? साथी भाईले खुस्किए छ भन्लान्  दिउसै सपना देख्न थाले छ भन्लान्  सपना देख्ने चिज होइन, सपना लेख्ने चिज होइन, मेरो लागि सपना, बिभुती हो, अनुभूती हो। अनगिन्ती कहाली लाग्दो बिपनाहरु घातप्रतिघातबाट वाक्क लाग्दो बिपनाहरु निर्मोही, निष्ठुरी अनुहारहरु उदेकलाग्दो  व्यबहारहरु सबैबाट मुक्ती चाहन्छु त्यसैले सपना निदाएको बेला मात्र होइन, अंध्यारिएको बेला मात्र होइन, उज्यालोमा  आउने गर अंगालोमा बाध्ने गर        अस्तु!    

rahulvai · Jun 4, 2009 10:23 AM · 9,591 views

11 Replies

के हो राहुल दाई, हिजो राती सपना राम्रो देखियो जस्तो छ नि र पो बिहानै बिहानै गजबको कबिता फुर्दो रहेछ । जे होश कबिता राम्रो छ । लौ जय होश प्रभुको !!

Bhakte · Jun 4, 2009 10:46 AM

ठुल्दाइलाइ निदाएको बेलामा मात्र सताउने को रहेछ त हँ सपना भन्ने केटि? भाउजुलाइ खबर गर्नु पर्‍यो।   तिमी आउने आशमा, तिमीलाई पाउने आशमा, युगौं देखी रात अनिदो रहे। युगौं देखी बात अधुरै रहे । यो हरफ धेरै राम्रो छ दाइ।

crazy_love · Jun 4, 2009 11:01 AM

राहुल दाई  हिजो किन चौतारीको  गीतन्जली मा समाबेश हूनु भयने भनेको त, ८:०० बजे नै गुतुमुती सकेको जस्तो छ

gaine · Jun 4, 2009 11:01 AM

ठुल्दाइ सपनामा को आयो त्यस्तो , गणेश थान को मनिद्र घुमे झै ठुल्दाइ लाई हिजो राती को सपना ले घुमायो जस्तै छ नि । कबिता घातक छ , ल ल ठुल्दाइको सपना बिपना भएर चाडै आओश  

बैरे · Jun 4, 2009 11:02 AM

हे हे हे ठूल्दाई, फुरेछ त मजाले! आजकल भाउजुले साझा हेर्नुहुन्न कि के हो?

Birkhe_Maila · Jun 4, 2009 11:07 AM

आज ठुल्दाइले भेट्ने भए, घरमा के के थोकिने हो आज, आज भरे ठुल्दाइलाई कल गरौं आँफै पत्ता लगाउं। ठुल्दाइ चेत हुनी भये आज चाँही।

perfectionist · Jun 4, 2009 11:12 AM

ठुल्दाइ पनि सपनामा के के देख्ने देख्ने भन्या >> ओंठ छामेर हेरें अझै रसिलो चुम्बन ताजै  छ कि भनेर छाती फुकाएर हेरें अझै आलिंगन आलै छ कि भनेर << भाउजु लाई खबर नगरि भएन - दिउँसो आउँदा भाउजुले चाल पाउछ भनेर राती मात्र आउने होला सपना - हैन ठुल्दाइ गजब को गयो ठुल्दाइ कबिता भन्ने कि सपना भन्ने - दुबै च्वाँक छ।।

serial · Jun 4, 2009 11:29 AM

Had not read wonderful poem for a long time. Very nice and romantic poem  

subrath · Jun 4, 2009 12:53 PM

Nice poem rahul dai. :)

kHusHii · Jun 4, 2009 1:09 PM

भक्तजी। सपना को कुरा न हो, रंगिन, झिलिमिली र च्वाँक नै देख्ने गर्छु। भाउजु लाई खबर नगरम क्या रे क्रेजी, भाउजु ले पाउजु किनी देउ भन्दै छ, खल्तिमा सुको छैन। बैरे, सपनालाई घुमाउने रहर गर्दागर्दै सपनाले घुमायो। आखिर जसले घुमाए नि घुम्न घुमियो। पुरे, आजै गर, कल नगर । सपना को कुरा हो, भाउजुले सपनालाई राम्ररी चिन्छ क्या । लहरे, कबिता र सपना मा कुन चाँही राम्री ? सुब्रथ जी, राम्रो मणी पढिदुनु भाकोमा धन्यवाद। खुशी, धन्यवाद। गाइने जी, गीता र अन्जलिको मात्रा कती कुरा गर्ने? सपना र कबिता को नि कुरा गरौं न । बिर्खे जी, धन्यवाद।    

rahulvai · Jun 4, 2009 2:47 PM

खै ठुल्दाइ दुबै एक से एक छ कसलाई बढी राम्री भन्नि - अब भाग लगाउदा दिउँसो कबिता अनी राती सपना राम्री भन्नु पर्ला -

serial · Jun 4, 2009 3:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all