सुजाता मन्त्री भए राजिनामा दिन्छु : सुशील (NAGARIK -DAILY) बुधवार, 03 जून 2009 13:06 बलाराम बानियाँ, काठमाडौं जेठ २० नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले सुजाता कोइरालाको नेतृत्वमा पार्टी सरकारमा गए आफ्नो पदबाट राजिनामा दिने चेतावनी दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारीहरुको भेला बोलाई उनले सुजाता कोइरालालाई मन्त्रिपरिषद्मा पठाउन नहुने जिकिर गरेका हुन्। कार्यवाहक सभापति कोइरालाले पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई फोनमार्फत् आफ्नो असहमति बुधबार नै जनाउ दिएका छन्। केन्द्रीय पदाधिकारीहरुको भेलामा कोइरालाले सभापति कोइरालाको निर्णय कांग्रेसका लागि अमान्य हुने बताएका थिए। "सभापतिबाट एक्कासि आएको निर्णय पार्टीका लागि मान्य छैन," सुशील कोइरालाको भनाई उद्धृत गर्दै एक सहभागीले भने- अहिलेको संक्रमणकालीन अवस्थामा सक्षम नेतृत्व सरकारमा जानुपर्छ। भेलामा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाबाहेक पार्टीका उपसभापति रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, पार्टी नेता रामशरण महत सहभागी थिए। सबै पदाधिकारीको सहमति भइसकेपछि स्वास्थ्य कारणले घरमै बसिरहेका सह महामन्त्री एवं प्रवक्ता अर्जुन नरसिंह केसीले फोनबाटै सम्पर्क गरी सुजाताको नेतृत्वमा सरकारमा जाने सभापति कोइरालाको निर्णयमा आफ्नो विरोध रहेको पदाधिकारीहरुलाई जानकारी गराएका थिए। त्यसपछि पदाधिकारीका तर्फबाट कार्यबाहक सभापति सुशीलले बैठकस्थलबाटै पार्टी सभापति कोइरालालाई फोन गरी निर्णय सच्याउन दबाब दिएका थिए। यसअगाडि सरकारमा नेपाली कांग्रेसका तर्फबाट जाने प्रतिनिधिहरुको नाम टुंगोमा पुर्याउन बुधबार सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा बोलाइएको छलफलमा प्रमुख नेताहरु गएनन्। कांग्रेसका कार्यबाहक सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधिलगायत् नेता उक्त छलफलमा गएका थिएनन्। कांग्रेसको तर्फबाट सरकारको नेतृत्व सुजाता कोइरालाले गर्ने पार्टी सभापतिको निर्णयप्रति असहमति जनाउँदै उनीहरु छलफलमा सहभागी नभएका हुन्। यसअघि मंगलबार सभापति कोइरालाले सरकारमा कांग्रेसको नेतृत्व सुजाताले गर्ने, उनलाई परराष्ट्र मन्त्री बनाउनुपर्ने र उपप्रधानमन्त्री हाल कसैलाई पनि नबनाउन प्रधानमन्त्री माधव नेपाललाई भनेका थिए। कांग्रेसबाट सरकारमा जाने अरुको नाम भने पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्र दिने पनि उनले बताएका थिए। बुधबार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासहितका नेताहरु भने कोइराला निवासमा भएको छलफलमा सहभागी थिए। पार्टी सभापतिको भनाइ महामन्त्री निधिले अरु पदाधिकारीलाई सुनाएपछि उनीहरु अनौपचारिक बैठक नै छाडेर हिँडेका थिए। सभापतिको यो निर्णयको पार्टीका प्राय: सबै नेताले विरोध जनाएका छन्।
Morange · Jun 3, 2009 10:50 AM · 3,413 views
Atleast someone is worried bout his dignity.
Poon-Hill · Jun 3, 2009 11:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion