अहिले विश्वका धेरै देशहरुले आर्थिक संकट झेलिरहेको बेला एकजना बेलायती नागरीकले जागिर नपाए पछी जागिर खाने नया आईडिया निकालेका छन। Maidstone, Kent का ३० वर्षिय व्यक्तीले eBay मा आफुलाई लिलामीमा राखेका राखेर जागिर खाने प्रयास गरेका छन। Andy Palmer नामका ति व्यक्तीले कानुन सम्मत भएका जुन सुकै काम पनी गर्न तयार भएको भन्दै यस्तो घोषणा गरेका हुन। उनले आफ्नो न्युनतम पारिश्रमिक £1,000 तोकेका छन जुन पाए बापत उनले एक महिना काम गर्ने छन। आफुलाई एकदमै मेहनती र केही सिक्न चाहाने मानिसको रुपमा चित्रित गर्दै उनले eBay मा आफुलाई राखेका छन। त्यस बापत पएको सबै रकम भने उनले नलिने पनी उनको भनाई छ। उनले पाएको रकमको २५ पतिशत च्यारीटी लाई दिने छन। उनले अन्त्यमा भनेका छन, "यसो गरे बापत तपाई र तपाईको व्यावसायले पाउने प्रचार प्रसारको बारेमा पनी सोच्नु होला"।
aficionado · Jun 3, 2009 7:26 AM · 5,213 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion