सबिराको जेरुसेलम यात्रा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सबिराको जेरुसेलम यात्रा सबिरालाई आज निन्द्रा परेको छैन तर पनि उसलाई भोलिको महत्वपूर्ण काम फत्ते गर्नु अगाडि केही बेर आराम गर्ने निर्देशन दिइएको छ। निदाउन पाउनु सबिराको लागि आधारभुत आबस्यक्ता होइन। उस्ले कयौँ रातहरु झिमिक्कै नगरी काटेकी छ।भोक, प्यास र त्रासले गाँजेका ती रातहरु भन्दा आजको रात भिन्नै छ। आज उ अतितका सम्झनाले सुत्न सकेकी छैन। सबिराको पुरा नाम सबिरा नजारी हो। उ पेलेस्टेनी भुभागको पश्चिमि किनारमा रहेको पुरानो शहर रामाल्लाह मा जन्मिएकी थी। बाउ आमाकी कान्छी छोरी सबिराका दुई भाईहरु पनि थिए। सबिराका बाउ सलह अबी नजारी इजराइलले गरेको हवाइ आक्रमणमा पनि मरेका थिए। सयौँ छ्य्त बिछ्य्त भएका लास बिच सलह अबीको लास परिवारका सदस्यहरुले अनुमान गरेर गाडेका थिए। बाबु मरेको १० महिना पछी सबिराले छ र सात बर्षका दुई भाईहरु&nbsp; अर्को इजराइली आक्रमणमा गुमाएकी थी। उस्का दुई भाईहरु सँगइ&nbsp; अरु तीन जना बच्चाहरु पनि मारीएका थिए। इजराइलले त्यो आक्रमण आफ्न तीन सैनिक मारीएकोमा गरेको थियो। सबिर सधैं ति तीन सैनिकहरुको छबी बुन्न खोज्छे। पाँच बच्चा बराबर तीन सैनिक... ... ...&nbsp; यो हिसाब उस्ले कहिले पनि बुझ्न सकिन। सबिराको कथा यही सकिँदैन। साँची भन्ने हो भने उस्को जीवन कथा पश्चिमिहरुको लागि एक साँझ खर्चिने “फिक्सन मुभि” बन्न सक्छ। यसरी युद्दले जर जर भएको भुमिमा ज्यान जोगाउनु कम चुनौतीपूर्ण काम होइन। त्यस माथि सबिरा त एक नारी। संसारका हरेक नारीलाई झै उस्लाई पनि आफ्नो अस्मिता बचाउनु पर्ने जिम्मेबारी त छँदैछ। हुन त उ लुटिइ सकेकी छ। उस्को जीवनको पछील्लो घटना। १५ जनाको सैनिक टोलिले घेरेको थियो उ, उस्की आमा, दुई दिदिहरु अनी अरु ६,७ जना आइमाइहरुलाई। सबिराले मन मनै गनेकी थि ति मान्छेहरुलाई। आधुनिक हतियारको ताकतले मात्तिएका ति सैनिकहरु पागल हात्ती झै देखिन्थे। ती जनावरहरुले आक्रमण गर्दा उस्की आमा र दिदिहरुले प्रतिकार गरे। “डुँग्” “डुँग्” गोलीको आवाज आयो। क्षण भरमै ४,५ जनाको लास काठको मुडो बनेर तेर्सियो। १५ बर्षकी सबिरा तर्सी। उस्लाई ती नरपिसाच भन्दा मृत्‍यु भयन्कर लाग्यो। त्यसैले त चुँइक्क&nbsp; पनि नगरि सुम्पी नि उस्ले आफ्नो अस्मिता। तर उस्लाई त्यस्को पछुतो छ। त्यसैले त यो काम गर्न जाँदैछे नि उ भोली। सबिराको यो कथा पेलेस्टाइनिहरुको लागि भने नौलो होइन। यस्तो कथा इजराइलले ओगटेको पेलेस्टाइनमा बस्ने हरेक दोर्सो, चौथो सबिराको हुन सक्छ। तर कुनै संचार माध्यामहरुले उनिहरुको कथा भन्दैन। न त उनिहरुको घर, देश इजराइलले जबरजस्ती कब्जा गरेको कुरा गर्छ। गरोस् नै किन, न त सबिराको वा सबिरा जस्ताको संचार माध्याममा लगानी छ, न त “सेतो घर” सँग निकट सम्बन्ध। तर दोष यहाँ बिदेशिको मात्रा होइन। सबिराका आफ्नै बाउ, काका, दाजु, भाईहरु पनि त फुटेर ”फताह” र “हमास” बनेका छन। यसै त बिदेशिले कब्जा <span style="

nakkali keti · Jun 1, 2009 8:03 AM · 11,384 views

7 Replies

फरक सैली, फरक प्रस्तुती। राम्रो लाग्यो

perfectionist · Jun 1, 2009 3:23 PM

Raw, gross and inadequately informed. Disppointed to read from otherwise one of the best writing talents of Sajha. Nepe

Nepe · Jun 1, 2009 3:43 PM

Perfectionist Thank you for the comment. Nepe Thank you for your comment too. I can take the "inadequately informed" part of your comment but would you please enlighten me on "Raw" and "Gross" part of it. I will appreciate that.

nakkali keti · Jun 1, 2009 5:13 PM

नक्कलीजी, मेरो अनुदार टिप्पणीबाट म पनि अलि असहज अनुभव गरिरहेछु है । अनि खासमा मैले भन्न चाहेको कुरा मेरा शब्दले राख्‍न सकेनन् कि भन्छु । मलाई दुईवटा कुरा भन्नु थियो: एउटा कुरा राजनैतिक पाटोको थियो भने अर्को साहित्यिक पाटोको । तर ती दुबै केही हदमा अन्तर्सम्बन्धित पनि छन् । राजनैतिक पाटोको हकमा, ईजरायललाई हैकमवादी र फिलिस्तिनी अतिवादलाई मुक्तियोद्धाको रुपमा बुझेको जुन विश्व वामपन्थी, प्रगतिशिल र उदारवादी जनमत छ, त्यो त्रुटीपूर्ण छ । ईजरायली र फिलिस्तीनी जनताको सम्बन्ध यस्तो श्यामश्वेत प्रकृतिको छैन । दुबै जनतामा एकअर्काप्रतिको भावना, चाहना र व्यवहारमा एक अति देखि अर्को अतिसम्मको सम्पूर्ण विविधता छ र यस्तो विविधता र भौगोलिक विभाजनको बिचमा पनि उनीहरुको सहजीवन र सहअस्तित्व एउटा निरन्तर यथार्थ बनेर रहेको छ । चाखलाग्दो कुरा त के छ भने, यो कुराबाट समाचार र प्रचारसाहित्यमा मात्र निर्भर रहेको विश्व बेखबर छ । द्वन्दको मात्र चित्रण गर्ने दैनिक समाचार र conformist literature हरुले गर्दा ईजरायली र फिलिस्तिनी जनताको सहजीवनको यथार्थबाट हामी सबै बेखबर छौं । यो हाम्रो सूचनाको युगको एउटा दु:खद विडम्बना हो । एनिवे, मैले राख्‍न खोजेको तथ्य के हो भने, ईजरायली र फिलिस्तिनी जनतामा सिमित अतिवादी तप्का बाहेक बाँकी सबै तप्कामा सरदर मानिसमा एकअर्काका भय, समस्या र घाउ को जानकारी छ र त्यसबाट एकअर्काप्रति मिश्रित भावना छ भन्ने मेरो लामो र निकट अवलोकनको निस्कर्ष हो । तपाईको कथाको पात्र यो यथार्थबाट टाढा भएको पाएँ । मेरो विमत त्यही हो । अनि कथामा अतिरञ्जना पनि छ । तर त्यसलाई artistic license दिन सकिन्छ । अनि साहित्यिक पाटोमा चाही मैले भनेजस्तै मिश्रीत भावनात्मक यथार्थको पृष्टभूमिमा प्रतिशोध &nbsp;तपाईले चित्रण गर्नुभएको जस्तै एकोहोरो नभई केही अन्तर्द्वन्द सहितको बढी स्वाभाविक हुनेथियो । अमिश्रित घृणाकै कथा हो भने पनि भावनात्मक चित्रणमा केही content त हुनुपर्थ्यो, त्यो छैन । ल मैले मेरो राय राखें । भुलचुक लिनेदिने । &nbsp; Nepe &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;

Nepe · Jun 2, 2009 12:56 PM

यो एउटा समाचार रिपोर्ट पनि सान्दर्भिकै होला यहाँ: Riyashi is hailed as a courageous resistance fighter among Palestinians throughout Gaza and the West Bank, but the truth about what drove her to such a terrible act is much more complex. Palestinians in Gaza and Israeli internal-security experts who studied the background of her case say Riyashi's husband had discovered that she was having an affair with a senior Hamas commander....... Behind the motives of religion and rage at Israeli occupation, Palestinian women, far more than men, tend to choose self-sacrifice as an exit from personal despair, while others are pushed into it for having broken taboos in strict Palestinian society. "These women are both victimizers and victims," Berko says....... At least some of the captured suicide bombers interviewed by Berko say their motivation is the promise of paradise. Terrorist recruiters often tell male martyrs that a bevy of 72 virgins awaits them in heaven. But some women suicide bombers believe that in paradise they will become queens, while others are told by recruiters that no matter how old or grotesque they may be in this life, they will become the fairest of the 72 virgins that await each jihad warrior. Palestinian Moms Becoming Martyrs http://www.time.com/time/magaz... Last edited: 02-Jun-09 01:07 PM

Nepe · Jun 2, 2009 1:05 PM

"Raw" and "Gross" are extreme words for me and definitely those words didn't express your intentions. However, I am glad that you realized it and took time to do some constructive criticism. As far as my writing, this is my first attempt to write in a political issue. As I have accepted before, I may not be adequately informed about the topic as you are. Being an outsider, I didn't have(still don't have but I will do the research) proper understanding of&nbsp; Israeli and Palestinian relationship. I couldn't picture the common pains and fears because of this ignorance. But in this story neither I have shown hatred between civilians nor I am advocating Sabira's action. I just tried to picture conflict between Palestine people and Israeli army and the outcome. Again, thank you for your comments. I expect them in future too. Last edited: 02-Jun-09 06:26 PM

nakkali keti · Jun 2, 2009 6:21 PM

गाजा र पश्चिमी तट (प्यालेस्टाईन ) का प्यालेस्टिनीहरु ईजरायल भित्र काम गर्दछन् भन्ने कुराबाट थुप्रै हामी अनभिज्ञ छौं । हामी प्यालेस्टिनीहरु ईजरायलमा आउने भनेको बम पड्काउन मात्र आउने होला भन्ठन्छौं । तर वास्तविकता के हो भने प्यालेस्टिनीहरुको ठूलो संख्या ईजरायलमा रोजगारी गर्दछन् । ओस्लो सम्झौता अघि त गाजा र पश्चिमी तटका एक तिहाई कामदारहरु ईजरायल भित्र काम गर्दथे । पछि त्यो संख्या ईजरायलको नीति अनुसार कहिले घट्ने कहिले बढ्ने गरेपनि सन् २००० को तथ्यांक हेर्ने हो भने पश्चिमी तटका २०% कामदार र गाजा र पश्चिमी तटका सालाखाला गर्दा २५% कामदारहरु ईजरायलभित्र काम गरिरहेको भेटिन्छ । प्यालेस्टिनी र ईजरायली जनताको यो आर्थिक सह-जीवन (अनेक राजनैतिक समस्याको वावजुद) को पाटो हो मैले अस्तिन हामी असूचित अवस्थामा छौं भनेको । आसा छ यो सानो टुक्रो तथ्यांक हाम्रो लागि सुसूचनाकारी हुनेछ । Number of Palestinians allowed to work in Israel, in Israeli-controlled industrial zones, and in Israeli settlements: &nbsp; 1987 (1) 1991 (2) 1992 1993 (3) &nbsp;1996 &nbsp;1998 January 2000&nbsp;(4) mid-2002&nbsp; &nbsp;end-2002 January 2004&nbsp; March 2004 180,000 100,000 116,000 65,000 &nbsp;35,000 &nbsp;56,000 &nbsp;125,000 &nbsp;7,532 &nbsp;31,018 &nbsp;17,000 33,386 &nbsp; (1) Before the first Intifada (2) After the Gulf war (3) Following the closure policy initiated by the Rabin government in April&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; (4) Before the second Intifada &nbsp;PALESTINIAN Workers in Israel http://www.medea.be/index.html... &nbsp; &nbsp; Last edited: 23-Jun-09 04:34 PM

Nepe · Jun 23, 2009 4:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all