'चैते, छिट्टै घर आ !'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

'चैते, छिट्टै घर आ !' अन्य समाचार - 'चैते, छिट्टै घर आ !' - बाँकी छन् युद्धका घाउ पुरानो अंक - जेलमा तीन डन - जो सुन्दरी छे उसैले कमाउँछे - म यो देहबजारकी एक लालुपाते - पुरुषहरु फेसनेबल बन्दै छन् बालमुकुन्द - माछाको कालमा अल्झेको यो जीवन... जीवन विसी 2009-05-31,Sunday दिउँसो १२ बजे जैतपानीको स्थानीय बजारको एक पसलमा सिडिएमए फोनको घन्टी बज्यो । पसलको सानो बेन्चमा अधबंैसे महिला बसिरहेकी थिइन् । उनले लगाएको चोली तीन ठाउँमा फाटेको थियो, फाटेको चोली ढाक्न अर्काे कपडा लगाएकी थिइन् । नाम्लो कम्मरमा बाँधेकी उनी कसैको प्रतीक्षामा बसेजस्तो लाग्थ्यो । दाह्री-जुँघा फुलेका पसलेले फोन उठाए र भने- 'हलो को हो ?' सबैले सुन्नेगरी उताबाट उत्तर आयो, 'म चैते नेपाली भारतको सिमलाबाट बोल्दै छु, त्यहाँ हाम्री जेई आएकी छिन् ?' 'कोे जेई ?' 'म कुपिण्डे गाविस वडा नं ९ स्वाँराको माहिलो दमाईको जेठो छोरो चैते दमाई हुँ । हाम्री जेई त्यहाँ आएकी छिन् कि ? मैले चिठी लेखी आज आउन भनेको थिएँ ।' पसलले कुरा बुझे र बेन्चमा बसेकी महिलाको प्रतीक्षा सकियो । ती चैते दमाईकी जेई -आमा) रहिछिन्, नाम पुतली दमाई रहेछ । १४ वर्षकै उमेरमा दुई पैसा कमाउन भारतको सिमला पुगेका छोरासँग कुरा गर्न त्यहाँ आएकी । न खेतबारी, न आयस्रोत । सातजनाको परिवारलाई साँझ-बिहानको छाक टार्न र बाबुको उपचार गर्दा लागेको ऋण तिर्न नसकेपछि १४ वर्षमै चैते गएको असोजमा सिमला पुगेका रहेछन् । साउन महिनामा बाबुको मृत्यु भएपछि पाँच भाइ, बहिनी र आमाको हेरचाह गर्ने जिम्मा उनकै काँधमा आएछ । भाइ-बहिनीलाई साँझ-बिहानको छाक टार्न र बाबुलाई उपचार गर्दा लागेको १९ हजार ऋण तिर्न उनी अहिले सिमलाका गल्लीहरूमा मजदुरी गर्दै रहेछन् । *** िआमा पुतली र छोरा चैतेबीच संवाद सुरु भयो । सुन्नेजति सबैका आँखा रसाए । पुतलीले असजिलोगरी फोन समातिन् । अब के भन्ने उनलाई समस्या पर्‍यो । फोन समातेर जीवनमा पहिलोपटक कुरा गर्दै रहिछन् । पसलेले भने- 'हलो भन ।' बल्लबल्ल उनले भनिन्, 'हलो ।' 'जेई कस्ती छौ ?' 'राम्रै छु बाबु ? अनि तँ कस्तो छस् ?' 'राम्रै छ जेई, बरियोले थाप्लामाथिका रौं झरिसके । दिनभरि स्याउका पेटी, सिमेन्ट बोक्छु । अनि, भाइ-बहिनी कस्ता छन् नि ?' 'भाइ-बहिनी...' पुतलीको बोली अड्कियो, गला अवरुद्ध भयो, आँखाबाट आँसु बर्सिन थाल्यो । आँसु पुछ्ने केही नभएपछि हातको सहाराले दुवै आँखा छोपिन् । फोन काखमा च्यापिन् । पसलेले रिसिभर समातेर भने- 'तेरी आमा त रुन लागिन् ।' एकछिन्पछि फेरि फोन समात्दै पुतलीले बोल्न थालिन् । 'छोरा तँ गएदेखि भाइ-बहिनीले भात, रोटी खान पाएका छैनन् । म इस्कुलमा दिउँसो, लिटो पकाउन र भाँडा माँभmन जान्छु । त्यहीँबाट लिटो ल्याएर भाइ-बहिनीको सास नौ महिनादेखि बचाएकी छु । कान्छी बहिनी झाडापखालाले...,' फेरि आँखाभरि आँसु पार्दै रुन थालिन् । बासी लिटो खुवाउँदा ६ वषर्ीया छोरी उनले चैत महिनामा गुमाएकी रहेछिन् । दुई दिनसम्म झाडापखाला भएपछि बहिनीको मृत्यु भएछ । परदेशमा भएका छोरालाई रुँदै वेदना पोख्न थालिन् । छोरी मरेको खबर छोरालाई सुनाउँदा पुतलीलाई पीर त थियो नै, व्यथा सुनाएर मन हलुका पार्दै थिइन् सायद । उनको दुःख पोख्ने कोही नभएपछि परदेशको छोरा चैतेलाई सहारा बनाउँदै छिन् । नौ महिनादेखि पाँच वषर्ीय बालकले समेत एकछाक मात्रै खाएर बसेका रहेछन् । दस वर्षभन्दा कम उमेरका बालबालिकाले एकछाक मात्र खाएर कसरी बसेका होलान् ? छोरीजस्तै अरू सन्तान पनि गुमाउनुपर्ने हो कि भन्ने पिरलो रहेछ पुतलीलाई । छोरालाई त्यही वेदना सुनाइन् । 'हुन्छ, जेई मैले दुई हजार भारु जम्मा गरेको छु । कोही आउने साथीभाइलाई पठाइदिन्छु,' उताबाट चैतेले भने । छाक टार्ने समस्यापछि आँखाभरि आँसु बनाउँदै पुतलीले अर्काे वेदना पनि छोरालाई सुनाइन्, 'तेरो बाबुलाई औषधि गराउँदा लिएको ऋण तिरेनन् भनेर रामेहरूले हाम्रो घर लगे छोरा ।' 'कहिले लगे ? कता बसेका छौ त जेई ?' 'वैशाख १६ गते लगेका हुन् । अहिले जेठाजुको घरको माथिल्लो बारीमा थागलले बारेर भाइ-बहिनीलाई राखेकी छु,' आँसु पुछ्दै उनले भनिन्, 'रातभर पानी आयो, चुहिएर सुत्न सकेका छैनौँ । घरदेखि माथिबाट आएको भल पनि भित्र पसेको छ । बाबु तँ कहिले आउँछस् ?' 'जेई दसैसम्म केही पैसा जम्मा गर्छु, अनि घर आउँला ।' *** यित्तिकैमा आमा पुतली र छोरा चैतेको संवाद सकियो । सरकारी/गैरसरकारी संस्थाले कागजमा गरिबी घटाइदिएका छन् । गरिबका नाममा जतिसुकै खर्च गरे पनि गाउँ-ठाउँको हालत यस्तै छ । यस्ता गैरसरकारी संस्थाबारे पुतलीलाई केही थाहा छैन । दलित, विपन्न र असहायका लागि भन्दै सल्यान सदरमुकाममा मात्रै ५४ गैरसरकारी संस्था क्रियाशील छन् । गरिबी निवारणका नाममा करोडांै रकम खर्च पनि गर्छन् । यो प्रश्नको उत्तर कोसँग छ ? नयाँ नेपालमा गाँस बास र कपासको अभावमा पुतलीहरूका छोराछोरीले कहिलेसम्म ज्यान गुमाइरहने ? Source: http://www.nayapatrika.com/new... "हे भगवान हाम्रो देशमा सबैले हरेक दिन दुई छाक खान कहिले पाउने ?"

Free H1B · May 31, 2009 7:57 AM · 2,276 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all