आँधी, बतास, समुद्र गहमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आँधी, बतास, समुद्र गहमा यत्तिखेर बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर   जीन्दगीको ओझेलमा कसरी रमाउँ मिठास छैन गुलियो महमा यत्तिखेर   थियो जो अब छैन मनको छेवैमा दु:खी रहेछु पोखिएको बहमा यत्तिखेर   फुलि नै रहेँथे म बिझाएँ कसरी नजानी तिम्रो मुटुको तहमा यत्तिखेर   लस् एन्जेलस्  

rakeshkarki · May 31, 2009 1:58 AM · 14,980 views

3 Replies

चरम स्वार्थ सर्वत्र, कल्याण बरु यसमै छ- ‘मनको बह, कसैलाई नकह’ मा यतिखेर     यो मन्त्रणाका साथ तपाईको कोसेलीको लागि धन्यवाद ! साथै, सिर्जना निरन्तर होस्, यो शुभकामना पनि । Nepe 

Nepe · May 31, 2009 12:12 PM

राकेशजी   प्राय: सुषुप्त गजल समुहमा तपाईलाई ल्याउने असफल प्रयास बाबजुद तपाईका गजलहरु शौखले पढ्छु है र आज लागेका केहि कुराहरु हाल्दै छु !   आँधी, बतास, समुद्र गहमा यत्तिखेर बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर  आंधी बतास समुन्द्रले ल्याउने असरको बयान अलि कमजोर देखियो - बग्नुको सट्टा छाल, ज्वारभाटा ल्याउने वा सो सरहमा भए बढ्ता असर हुन्थ्यो कि ? यंहा "बग्नु" भनेको साधारण  नै भयो नि हैन र  ?   जीन्दगीको ओझेलमा कसरी रमाउँ मिठास छैन गुलियो महमा यत्तिखेर   यो शेरका मिसरा ए उला र सानिहरुको सम्बन्ध देखिन मैले  । पहिलो मिसरामा ओझेलमा रमाउन नसक्नु भन्दा बरु जिन्दगीको स्वाद हराएको बर्णन गर्दा बेस हुन्थ्यो कि ? मेरो सोचाई मात्र यस्तो हो है – अन्यथा नलिनु होला !   थियो जो अब छैन मनको छेवैमा दु:खी रहेछु पोखिएको बहमा यत्तिखेर एक्लै डुबिरहेछु भन्न खोज्नु भएको होला हैन ?     फुलि नै रहेँथे म बिझाएँ कसरी नजानी तिम्रो मुटुको तहमा यत्तिखेर   ब्याकरणको हिसाबले “म” भन्दा “मैले” राखे कस्तो हुन्थ्यो ? जस्तै : फूली नै रहेथें, मैले बिझाएं कसरी ? त्यसो त फूलको धारले रेटेको पनि भोग्नेहरु छन् !  

shirish · May 31, 2009 1:59 PM

ma ta kina aandhi, batas, Hundari ko kura gare bhanera matra...............sorry for hindrance of the fluency of the topic.

hundari · May 31, 2009 6:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all