शरिरलाई हेर्ने मानिसहरुको आ-आफ्नै तरिका हुन्छ कसैले कपडा विनाको शरिर लाई नग्न ठान्छन र त्यसलाई लज्जाको विषय ठान्दछन भने कसैको लागी त्यो सिर्जनाको एउटा अचुक विषय बन्न जान्छ। जस्तो कुनै डाक्टरले कुनै बिरामी लाई जाँच गर्दा उसको नग्न शरिर जाँचेको ठान्दैन त्यस्तै एउटा कलाकारको लागी पनी त्यो एउटा नाङगो र अश्लिल नभई आफ्नो कला मार्फत अभिव्यक्ति दिने एउटा माध्यम बन्न जान्छ। यसै विषयमा आधारित भएर तयार पारिएका सिर्जनाहरु नेपालमा नै पहिलो पटक प्रदर्शनमा राखिएको छ। दरबारमार्ग स्थित "The Art Shop" मा हिजो शुक्रबार देखी "MOTIF OF NUDES" नाम दिईएको प्रदर्शनी शुरु भएको छ। "Nude Art" नेपालमा पहिले देखी नै मन्दिर र टुडालहरुमा कुदेर बनाईएको रुपमा देख्दै आईएको भए पनी कागजमा भने यो विषयमा आधारित भएर कमैले मात्र सिर्जना गरेको देखिन्छ। २२ वटा सिर्जनाहरु राखिएको यस प्रदर्शनीमा ८ वटा कलाकारहरुका सिर्जना सामेल छन। अमेरिकाको टेक्सास बाट कला सम्बन्धी अध्ययन गरेका कपिल मणी दिक्षित, डिजिटल कलाकार जया शर्मा, कलाकार विरेन्द्र प्रताप सिंह, सुदर्शन विक्रम राणा, सुनिता राणा, चिराग वाङदेल, हिमालय गौतम, नेम बहादुर तामाङका सिर्जनाहरु The Art Shop मा देख्न सकिन्छ। शरिर कला मार्फत विभिन्न भाव देखाउन खोजिएका यि सिर्जनाहरुको मूल्य ८,००० देखी ६०,००० सम्म तोकिएको छ। यो प्रदर्शनी जेठ २७ गते सम्म सञ्चालन हुनेछ।
aficionado · May 31, 2009 1:17 AM · 5,620 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion