२९ वर्षमा २१ बच्चा कसैको हुन्छ??? यसो सोच्दा लाग्छ कि मानिस के बच्चा जन्माउने मेसिन हो र २९ वर्षमा २१ वटा बच्चा जन्माउनलाई? तर २९ वर्षिय पुरुष Desmond hatchett को लागी भने सत्य सावित भएको छ किनकी उनका ११ वटा फरक-फरक आमाहरु बाट २१ वटा बच्चा हरु छन। अमेरिकाको Knoxville, Tennessee का उनी २ पटक त एक वर्षमा ४ वटा बच्चाका बाबु समेत बने। सामान्य आय-आर्जनको स्रोत भएका उनले आफ्ना बच्चाहरुलाई पाल्न सक्ने स्थिती समेत छैन र यदी उनको कमाई उनका बच्चाहरुलाई भाग लगाएमा एकजनाको भागमा मासिक २ डलर मात्र पर्दछ। उनका बच्चाहरु भर्खरै जन्मे देखी ११ वर्ष सम्मका छन। उनी आफुले ति बच्चाहरु लाई पालन पोषण गर्न नसके पनी आफु एउटा राम्रो बाबु भएको बताउन पछी पर्दैनन। यस बारेमा उनको भनाई छ, "मैले पाल्न नसकेर के भो र? मलाई सबैको नाम, उमेर र जन्म समय थाहा छ"।
aficionado · May 30, 2009 5:23 AM · 5,328 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion