सबिराको जेरुसेलम यात्रा सबिरालाई आज निन्द्रा परेको छैन तर पनि उसलाई भोलिको महत्वपूर्ण काम फत्ते गर्नु अगाडि केही बेर आराम गर्ने निर्देशन दिइएको छ। निदाउन पाउनु सबिराको लागि आधारभुत आबस्यक्ता होइन। उस्ले कयौँ रातहरु झिमिक्कै नगरी काटेकी छ।भोक, प्यास र त्रासले गाँजेका ती रातहरु भन्दा आजको रात भिन्नै छ। आज उ अतितका सम्झनाले सुत्न सकेकी छैन। सबिराको पुरा नाम सबिरा नजारी हो। उ पेलेस्टेनी भुभागको पश्चिमि किनारमा रहेको पुरानो शहर रामाल्लाह मा जन्मिएकी थी। बाउ आमाकी कान्छी छोरी सबिराका दुई भाईहरु पनि थिए। सबिराका बाउ सलह अबी नजारी इजराइलले गरेको हवाइ आक्रमणमा पनि मरेका थिए। सयौँ छ्य्त बिछ्य्त भएका लास बिच सलह अबीको लास परिवारका सदस्यहरुले अनुमान गरेर गाडेका थिए। बाबु मरेको १० महिना पछी सबिराले छ र सात बर्षका दुई भाईहरु अर्को इजराइली आक्रमणमा गुमाएकी थी। उस्का दुई भाईहरु सँगइ अरु तीन जना बच्चाहरु पनि मारीएका थिए। इजराइलले त्यो आक्रमण आफ्न तीन सैनिक मारीएकोमा गरेको थियो। सबिर सधैं ति तीन सैनिकहरुको छबी बुन्न खोज्छे। पाँच बच्चा बराबर तीन सैनिक... ... ... यो हिसाब उस्ले कहिले पनि बुझ्न सकिन। सबिराको कथा यही सकिँदैन। साँची भन्ने हो भने उस्को जीवन कथा पश्चिमिहरुको लागि एक साँझ खर्चिने “फिक्सन मुभि” बन्न सक्छ। यसरी युद्दले जर जर भएको भुमिमा ज्यान जोगाउनु कम चुनौतीपूर्ण काम होइन। त्यस माथि सबिरा त एक नारी। संसारका हरेक नारीलाई झै उस्लाई पनि आफ्नो अस्मिता बचाउनु पर्ने जिम्मेबारी त छँदैछ। हुन त उ लुटिइ सकेकी छ। उस्को जीवनको पछील्लो घटना। १५ जनाको सैनिक टोलिले घेरेको थियो उ, उस्की आमा, दुई दिदिहरु अनी अरु ६,७ जना आइमाइहरुलाई। सबिराले मन मनै गनेकी थि ति मान्छेहरुलाई। आधुनिक हतियारको ताकतले मात्तिएका ति सैनिकहरु पागल हात्ती झै देखिन्थे। ती जनावरहरुले आक्रमण गर्दा उस्की आमा र दिदिहरुले प्रतिकार गरे। “डुँग्” “डुँग्” गोलीको आवाज आयो। क्षण भरमै ४,५ जनाको लास काठको मुडो बनेर तेर्सियो। १५ बर्षकी सबिरा तर्सी। उस्लाई ती नरपिसाच भन्दा मृत्यु भयन्कर लाग्यो। त्यसैले त चुँइक्क पनि नगरि सुम्पी नि उस्ले आफ्नो अस्मिता। तर उस्लाई त्यस्को पछुतो छ। त्यसैले त यो काम गर्न जाँदैछे नि उ भोली। सबिराको यो कथा पेलेस्टाइनिहरुको लागि भने नौलो होइन। यस्तो कथा इजराइलले ओगटेको पेलेस्टाइनमा बस्ने हरेक दोर्सो, चौथो सबिराको हुन सक्छ। तर कुनै संचार माध्यामहरुले उनिहरुको कथा भन्दैन। न त उनिहरुको घर, देश इजराइलले जबरजस्ती कब्जा गरेको कुरा गर्छ। गरोस् नै किन, न त सबिराको वा सबिरा जस्ताको संचार माध्याममा लगानी छ, न त “सेतो घर” सँग निकट सम्बन्ध। तर दोष यहाँ बिदेशिको मात्रा होइन। सबिराका आफ्नै बाउ, काका, दाजु, भाईहरु पनि त फुटेर ”फताह” र “हमास” बनेका छन। यसै <span style="" cdac-gistyoges
nakkali keti · May 29, 2009 2:56 PM · 284 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion