बेलायतमा टिनएजर लगायतका युवतीहरुलाई कन्डम बोकेर हिडन प्रोत्साहन दिनको लागी बेलायती सरकारले एउटा नौलो कुरा प्रयोग गरेको छ। त्यहाँको सरकारले कन्डम बोकेर हिडेका युवतीहरु प्रती पुरुष आकर्षित हुने भन्दै युवतीहरुलाई कन्डम बोकेर हिड्न उक्साएको खबरले अहिले चारैतिर चर्चा पाईरहेको छ। यसरी प्रचार प्रसार गर्नको लागी मात्रै सरकारले ५ मिलियन पाउन्ड भन्दा बढी रकम समेतछुट्याईसकेको छ। स्वास्थ्य मन्त्रीले शुरु गरेको यो योजनामा युवतीहरुलाई कसरी पुरुषहरुलाई कन्डम प्रयोग गर्न प्रोत्साहित गर्ने भन्ने बारेमा समेत सल्लाह दिईएको समाचारमा उल्लेख गरीएको छ। Cosmopolitan magazine कि लेखिका Sarah Hedley को यसको बारे मा यस्तो भनाई छ, "कन्डम साथमा लिएर हिड्नु भनेको साथमा मोबाईल, पर्स र साँचो लिएर हिड्नु जस्तै हो। कन्डम साथमा लिएर हिड्नु होस स्वस्थ र रमाईलो सेक्स जिवन यापन गर्नु होस"। तर सरकारको यो कार्यलाई कसैले भने आलोचना गरेका छन। आलोचकधरुको भनाई छ, "हुन त कन्डमको यौन रोग भित्रन नदिन र सुरक्षित यौन सम्बन्ध स्थापित गर्न ठूलै भुमिका होला तर यो अश्लिलता भित्र्याउने माध्यम हो जसले गर्दा युवतीहरुलाई झन बढी यौन सम्बन्ध राख्न प्रेरीत गर्दछ र यसले झन समस्या निम्त्याउँछ"।
aficionado · May 29, 2009 1:11 AM · 5,459 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion