घाँटीमा पासो लगाई झुन्डिएर पनी किर्तिमान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घाँटीमा पासो लगाई झुन्डिएर आत्महत्या गर्ने गरेको खबर त दिनहु रुपमा सुनिरहने खबर हो तर घाँटीमा पासो लगाई झुन्डिएर किर्तिमान बनाएको भने सुन्न कमै पाईन्छ किनकी घाँटीमा पासो लगाई झुन्डिएर किर्तिमान बनाउनु भनेको कुनै चानेचुने कुरा हैन। यसरी घाँटीमा पासो लगाई झुन्डिएर रेकर्ड कायम गर्ने एक भारतिय हुन। तमिलनाडु स्थित Kovilpatti, Toothukudi  का उनले यस्तो खतराजनक काम गरी रेकर्ड कायम गरेका थिए। K. Muthukumar नामका ति व्यक्तिले घाँटीमा डोरीले पासो लगाएर सबैको अगाडी १ मिनेट ३८ सेकेन्ड सम्म झुन्डिएका थिए। उनको यो चर्तिकला हेर्न त्यहाँ लोकल मानिसहरुको साथै किर्तिमानको प्रमाण हेर्न अन्य अधिकारी पनी उपस्थित थिए। यती मात्र होईन उनले सात दिन सम्म १०,००० Black ant हरु सँग बसेर पनी किर्तिमान कायम गरेका छन।

aficionado · May 27, 2009 5:44 AM · 5,119 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all