I thought damaru is what jogi play.Also magician play to make monkey dance. People call tiger's cub damaru too. It is interesting, worth reading. पोखरामा डमरु भेटीरहन्छन (source:dautari.org) आज दैनीकीमा कास्कीको लेखनाथमा बाघका चारवटा बच्चा अर्थात् डमरु फेला परेका समचार रहेछन।लेखनाथ नगरपालिका वडानम्बर १२, खुदीस्थित शिवराज पौडेलको घर नजिक राखिएको परालको टौवामुनि ती डमरु भेटीएका रहेछन । आखासमेत नखुलेको अवस्थामा भेटिएका तीडमरु केही दिन अघि मात्रै जन्मिएको अनुमान गेरेका रहेछन । स्थानियशिवराजकी श्रीमतीले ती बच्चाहरु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।सुरक्षा निकाय, वन कार्यालय र वन विज्ञान अध्ययन संस्थानबाट गएको टोलीले अहिले ती डमरुलाई घेरामा राखेका रहेछन । भन्छन नि सर्पको बच्चा र बाघको बच्चा सधै एक ठाउंमा बस्दैनन। सानोमा सर्प देख्यो, डराएर साफ। भोली पल्ट त्यो ठाउमा जानै नमान्ने। अनि आमा सम्झाउने गर्नुहुन्थ्यो सर्पको बच्चा र बाघको बच्चा सधै एक ठाउंमा बस्दैनन।यदा कता यसरी बाघका बच्चा भेटीने गर्छन। कुरा एक दशक पहिला को हो। ठाउं पनि त्यही खुदी पारी अझ भनौंन, सेतीपारी भरतपोखरीको हो। भइथर भुनू र उनका साथी वन घांस काट्न गएछन। पानी खान तुरतुरेमा छिरेछन। तुरतुरे धाराका जस्तो चिसो र मिठो पानि मैले कही भेटेको छैन। बाघ त बच्चालाइ लिएर पानी खान त्यही तुरतुरेमा आएको रहेछ। मान्छेलाइ देखेर बाघ बच्चा छोडेर हिडेछ। भयो अब? पानी खाने की नखाने?तिर्खाको सुरमा एक हातमा आसी ठडाउदै पानी खान गए। बाघका बच्चा वाल्ल परेर हेर्दा रेहछन। साना साना आंखा,कमला रौं देख्दा उनीहरुलाइ सारै माया लागेछ। कती राम्रा हुन यि,लैजाम न यि बच्चा। भुनूले भने उताको तिमी लिनु यताको म लिन्छु । बाडफाड पनि गरेछन त्यही। चट्ट घांसको डोकाको माथी बाघको डमरु राखेर घर फर्केछन। घरमा लगेपछी आपत! न संगै सुताउनु, न भैसीको गोठमा बाध्नु। ति साना बच्चा डोकाले छोप्ने कुरो पनि भएन। भुनूको बुद्दी फुरेछ बाख्राको खोरमा राख्ने। उनका साथिले भनेछन बाख्राले मार्लान नि बिचरा यि बच्चालाइ। दुबैले सल्लाह गरेछन,दुबैका बाख्रा एउटै खोरमा राखेर एउटा खोर खाली गरेछन।त्यसपछी त्यही खाली खोरमा बाघका बच्चा राखेछन। दुबै बाघका बच्चा भेटाएकोमा दंग पर्दै सुतेछन। भुनू भोली पल्ट चिया पनि नखाइ बिचरा के गर्दैहोलान भनेर बाघका बच्चा हेर्न खोरको ढोका खोलेको त बच्चा त छैनन। कुन चाही अस्त्तीले चोर्यो भनेर भुनभूनाउदै खोर घुम्दा त खोरको कुनामा ४-५ वटा ढुंगा नै गाएब। बाघले ढोकै नखोली पर्खाल फोरेर आफ्ना बच्चा लगेछ। समाचारसंगै यो कथाको सम्झना आयो।बाघको कथा त अर्को पनि छ। पोखराकै सेन्टर महेन्द्रपुल छेउमै ठाना छ। खास यस्कको नाम त गैरापाटन हो क्यार। ठाना छेउमा ठुलो बांस घारी छ। त्यो घारीमा यदा कता ठानाबाट कैदी भागेर लुक्ने गर्छन। यती घना घारी छ कि चोर कता पस्यो कता, पुलिसलाइ सधै त्यो बांसघारी सास्ती हुनेगर्छ। भएन भनेर एक सांझ त्यही बांस घारीमा बाघ आएर बसेछ। मान्छे त्यो बाटो कसरी हिंड्ने? केही देखिन्न त्यहां। चोर त लुक्न मिल्छ अब बाघ। २-४ दिन मान्छे त्यो बाटो नै हिड्न छोडे। पोखराका बाघका कथा भनेरै सकिन्नन। कथा गण्डकी बोर्डीगं पढ्ने ताकाको हो। साउनको झरी १२ कक्षाको परिक्षा। बिहानको खाना खाएर यसो पढ्न के आटेको थिए लौ बाघ आयो भनेर हल्ला पो सुनियो। के पढ्नु नी , बाघ नै हेर्न दौडियो। होस्टेल पछाडी क्रिषी फारम थियो। थुप्रै मान्छे बाघ हेरेर झुम्मिएका रहेछन। एक दुइ जना भाइ लौ बाघ समात्ने भनेर तम्सिदै थिए। धरानका गौरब भाइ चाही हातमा बन्चरो लएर फिल्मी पारामा बाघको पिछा गर्दै थिए। एउटा बाघ, ४०-५० जना मान्छे। बिचरो बाघ यता र उता गर्दै थियो। एक छिनमा त बाघ १० फिटको तार फिड्किएर पोखरा इन्जिनियरीगं क्याम्पसतिर दौडियो। सबै जना हेरको हेर्यै। बाघको कथा भन्दा आफ्नो कथा पनि नबाडी रहन सकिन। चैत बैशाखको समयमा पातहरु निकै झर्छन। पातहरु सोरेर खेतमा राखी कम्पोस्ट बनाउने निकै प्रचलित छ हाम्रो गाउंमा। म ६ कक्षामा पढ्दा, एउटा शुक्रबारमा हाफ छुट्टी पछि म र बैनी ठुला ठुला डोका बोकेर पात सोर्न निस्कियौं। तेर्सो बाटो मुनी निकै पात थुप्रिएका थिए। म दंग पर्दै बाटो बाट यसो तल ओर्लेको त बाटोमुनीको पहारामा बाघ मस्त सुतीरहेको। पाइला त्यही अडिए। त्यतीकैमा बाघ उठेर पो हेर्छ। यस्तरी सातो गयो कराउन मुख पनि खुलेन। बाघ पुन पल्टेर सुत्यो। बैनीलाइ हेरको बैनी त डरले निली पो भैसिछे। बाघलाइ उपकारै गरिस प्रभु भनेर पातै नसोरी हामी सिधै घरमा पुग्यौं। पुन नसुतेको भए त्यो बाघले के गर्थ्यो होला, अझै पनि आगं सिरिगं हुन्छ। Last edited: 26-May-09 07:20 AM
sanas · May 26, 2009 7:13 AM · 10,436 views
I found the original news. It is in Dainiki. पोखरामा डमरु भेटिए(source:dainikee.com) पोखरा, १२ जेठ कास्कीको लेखनाथमा बाघका चारवटा बच्चा अर्थात् डमरु फेला परेका छन् । लेखनाथ नगरपालिका वडानम्बर १२, खुदीस्थित शिवराज पौडेलको घर नजिक राखिएको परालको टौवामुनि ती डमरु फेला परेका हुन् । आखासमेत नखुलेको अवस्थामा भेटिएका ती डमरु केही दिन अघि मात्रै जन्मिएको अनुमान गरिएको छ । मंगलबार बिहान करिब १० बजेतिर पराल निकाल्ने क्रममा शिवराजकी श्रीमतीले ती बच्चाहरु देखेपछि प्रहरीलाई खबर गरिएको थियो । सुरक्षा निकाय, वन कार्यालय र वन विज्ञान अध्ययन संस्थानबाट गएको टोलीले अहिले ती डमरुलाई घेरामा राखेका थिए ।
sanas · May 26, 2009 7:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion