डिप्रेशनले गर्दा महिलाहरु बढी सपिङ गर्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महिलाहरुले डिप्रेशनको बेला बढी सपिङ गर्ने गरेको कुरा हालै गरीएको एक सर्भेक्षणमा देखिएको छ। University of Hertfordshire  का प्रोफेसर तथा Sheconomics का लेखक Karen Pine का अनुसार ७९ प्रतिशत महिलाहरु आफुलाई हल्का र सहज महसुस गराउन सपिङ जाने गर्दछन। सर्वेक्षणको सार अनुसार धेरै जसो महिलाहरु दिक्क लागेको बेला र असन्तुष्टी भएको बेला सपिङ जने गर्दछन। सर्वेक्षण गरी महिलाहरु मध्ये ४० प्रतिशतले आफुलाई डिप्रेशन महसुस भएको बेला बढी सपिङ गर्न जाने बताएका थिए भने ६० प्रतिशतले खाली समय बिताउन र आफुलाई हल्का मससुस हुन्छ कि भन्ने आशामा सपिङ गर्न जाने बताएका थिए। तर कोही महिलाहरु भने सपिङ गएर भन्दा रक्सी खाएर वा अन्य कुनै काम द्वारा शान्ती चाहाने गरेको पाईएको थियो। डिप्रेशनको बेला सपिङ जाने हरु मध्ये पनी कति जनाले सपिङ गर्दा मन हल्का हुने गरेको बताए पनी कति जनाले सपिङमा खर्च हुने पैसाको बारेमा पनी चिन्ता जनाएका थिए।

aficionado · May 26, 2009 12:17 AM · 1,034 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all