कति अत्याचार गरेको वाफ रे, मान्छे कि पशु ? Filed under: Citizen (Participatory) Journalism — admin @ 2:54 am नवराज न्यौपाने राजधानीबाहिर महिलामाथि हुने गरेको हिंसाको डलरवादी संस्थाले वकालत गर्ने गरेको भएपनि राजधानी मै भएको एउटा क्रुर अमानवीय महिला हिंसाको समाचार चार दिनसम्म पनि बाहिर आउन सकेको छैन। मिति जेठ ६ गते। समय राति नौ बजेको थियो। मानिसहरुको चहलपहल विस्तारै कम हुँदै थियो। सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठी नै लाठीले कुटियो। त्यति मात्र हो र, उनले लगाएको लुगा च्यातचुत पारियो। अनि नाङ्गो पारेर रत्नपार्क वरिपरि घुमाइयो। अत्यन्तै पाशविक उक्त काण्डमा को-को सहभागी थिए भन्ने खुल्न सकेको छैन। तर प्रकृति हेर्दा कुनै विकट जिल्लामा महिलामाथि भएका हिंसाभन्दा कयौँ गुणा पीडादायी थियो। झण्डै पाँच दर्जन युवाहरुको हुल एउटी अबला महिलामाथि जाई लाग्दै थिए। अन्दाजी ३५ वर्षकी जस्ती देखिने एक महिलालाई रत्नपार्कमा भेला भएका युवाहरुले पहिले कुटपीट गरी यातना दिएपछि कपडा च्यातेर निर्वस्त्र बनाए अनि वरपर घुमाए। window.google_render_ad(); शुरुमा लठ्ठीसहितका युवाहरुले चरित्रहीन भएको आरोप लगाउँदै ती महिलालाई खुट्टा, पाखुरा, जीउ र टाउकोमा प्रहार गरे। अनि उनको बाहिरी र भित्री दुवै कपडाहरु खोलेर कुटपीट गरे। उनका संवेदनशील अंगहरुमा समेत लाठीले हिर्काइयो । महिला चिच्याउँदै थिइन्, कराउँदै थिइन्। ‘बचाऊ बचाऊ’ ‘मलाई मारे’ भन्दै उनको चित्कारले रत्नपार्क पूरै गुन्जियो। तर जम्माजम्मी ५० मिटरको दूरीमा रहेको सिंगो उपत्यकाको शान्ति सुरक्षा र जनताको जीउ धनको जिम्मेवारी पाएको प्रहरी आयुक्तको कार्यालय बेखबर रह्यो। भीडले गरेको उक्त कार्यलाई रोक्ने साहस कसैले गरेन। कोही आएको भए ऊ पनि मतियारका रुपमा चुटिने डर हुन्थ्यो। झण्डै आधा घण्टासम्म ३० सेकेण्डको दूरीमा रहेको प्रहरी आउन सकेन। प्रहरी आउँदासम्म ती महिलामाथि कुटपीट र यातना जारी थियो। प्रहरी आइपुग्दा उनलाई सहर घुमाउने भन्दै भक्तपुर बसपार्क अगाडिसम्म ल्याइपुर्याई सकिएको थियो। प्रहरीकै सामुन्ने नाङ्गै भएकी ती युवतीलाई यातना दिनेलाई प्रहरीले पनि पक्राउ गरेन। ती परिचय नखुलेकी महिलामाथि भएको चरम यातनाको अहिलेसम्म कतै रिपोर्ट वा उजुरीको परेको खबर छैन। उनले सामाजिक त्रासले कतै रिपोर्ट नहालेको हुनसक्ने आशंका गरिएको छ। window.google_render_ad();
dipulata · May 25, 2009 2:18 PM · 3,158 views
नेपाल होइन नर्क भैसक्यो , साले खाते हरु, सबै मओबादी ले लिएर आएको काठमाडौंमा यिनी हरु लाई , यो भाते हरु लाई ईराक पठाउनु पर्ने, अफ्रिकाको गाउँमा एस्तो हुन्छ भनेको सुनेको थिए तर आफ्नै देश को राजधानीम भएको देखे, नेपाली भन्न पनि लाज लाग्छ अब त
bisal · May 25, 2009 2:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion