जगत भुर्तेलको एक ट्वाक गीदी र नागरिक आन्दोलनको खास्सा इतिहास !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जगत भुर्तेलको एक ट्वाक गीदी र नागरिक आन्दोलनको खास्सा इतिहास ! ------------------------------------------------------------------------------------- http://www.nayapatrika.com/new...   जतिवेला माओवादी जनयुद्धको मोर्चामै थियो, संसदीय दलहरू ज्ञानेन्द्रको अट्टालिकाबाट हुत्तिएर सडकमा आइपुगेका थिए, तर जनताले साथ दिइरहेका थिएनन् । नागरिक आन्दोलनका तिनै अगुवाहरू सडकमा उत्रिए, डा. देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, कृष्ण पहाडी, श्याम श्रेष्ठ आदि-इत्यादि । यिनै अगुवाले संविधानसभाको खुलेर वकालत गर्दा कांग्रेस/एमालेमार्का नागरिक समाजवालाहरू माओवादीपरस्त भयो भन्दै हल्ला गर्थे । त्यतिवेला पनि नागरिक समाज विभाजितै थियो ः संविधानसभा मान्ने नागरिक आन्दोलन र संविधानसभा नमान्ने नागरिक समाजका रूपमा । बाह्रबुँदे सहमतिले माओवादीइतरका दललाई पनि संविधानसभासम्म लतारिसकेपछि कांग्रेस/एमालेमार्का नागरिक समाजवालाहरू मूलधारको नागरिक आन्दोलनमा मिसिन आएका थिए । यी मिसिन आउनेहरू त्यतिवेला पनि आफ्नो दलगत उद्देश्यसहित सडकमा उठ्न खोजिरहेको आन्दोलनमा थपिएका थिए ।

भ्रष्ट कांग्रेसी म · May 23, 2009 10:55 PM · 3,155 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all