सभामुख महोदय, म निकै पीडाका साथ यो सम्मानीत सदनलाई स्पष्ट गर्न चाहान्छु कि कटवाललाई सेनापतिबाट अवकाश दिने प्रयोजनका निमित्त भनेर नै सरकारमा रहेका पाँचवटै पार्टीहरुको पूरै सहमतिले स्पष्टीकरण प्रक्रिया सुरु गरिएको थियो। सद्भावनाका नेता राजेन्द्र महतोले मात्र यो निर्णय लिँदा दशपटक सोच्न आग्रह गर्नु भएको थियो। हुँदैन भन्ने विरोध कसैको थिएन। सरकारमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको आमसहमतिले क्याविनेटबाट यो निर्णय भएपछि मैले संक्षिप्त मन्तव्य दिएको थिएँ। त्यसमा मैले भनेको थिए कि लोकतन्त्र र नागरिक सर्वोच्चताको सुदृढीकरण सेना समायोजन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउने सन्दर्भमा यो निर्णय दुरगामी महत्वको रहेको तथा हाम्रो क्याविनेटको यो एकताबद्ध निर्णय ऐतिहासिक हुने कुरा राखेको थिएँ। त्यो दिन सबै माननीय मन्त्रीजीहरु मेरो हेराईअनुसार महत्वपूर्ण निर्णय लिन सकेकोमा हर्ष र गर्वको अनुभूति गरेर निष्कनु भएको थियो। स्वर्गबाट आकाशवाणी आयो वा कतैबाट रिमोट कन्ट्रोल भयो वा केही जादु भयो सरकारका केही दलहरु १८० डिग्रीमा फेरिए। कारवाहीसम्म पुग्दा जे भयो हामी सबैका अगाडी छ। सभामुख महोदय ! यस परिघटनाले वडो निर्मम र मार्मिक रुपले प्रमाणित गरी दिएको छ कि हाम्रा राजनीतिक दल र तिनका नेताहरुको वैचारिक नैतिक र स्वनिर्णयको हैशियत कति कमजोर लोकतन्त्र र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता कति खोक्रो र कमजोर छ। यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वभिमानको विष्मयकारी रुपले कमजोर स्थितिलाई उजागर गरेकेा छ। अहिले कतिपय वृत्तबाट माओवादीको एकलौटी निर्णय भनेर आलोचना भइरहँदा त्यसो भन्नेहरुको दृष्टी र नैतिक हैसियत देख्दा मलाई कहिले असीम पीडा र कहिले हाँसो उठ्ने गर्दछ। आत्मसमर्पण गर्ने विश्वासघात गर्ने र नागरिक सर्वोच्चताको खिल्ली उडाउनेको पक्ष-पोषण गर्ने कुसर्ी त्याग्ने तर राष्ट्रिय अडान नछाड्नेको विरोध यो उल्टो गंगा बगाउने प्रयत्न नेपालमा कहिलेसम्म हुने हो यो पनि प्रश्न निकै गम्भीर छ।
Ignitor · May 22, 2009 7:26 AM · 53,312 views
Hahaaa Terrorists talking about "nagarik sarwochatta", can there be a bigger joke than this
mandale murdabad · May 22, 2009 6:23 PM
Prachanda le naitikta ko kura garda maile haso thamna sakina. Tyatro video aauda naitikta ko aahdar ma party nai chondu parne ho . Sap samu mafi magnu parne ho . Tara uskai swor thulo thiyo. Ajhai manche marya video cha herne ho bhancha.
no_quiero · May 22, 2009 7:11 PM
"JO CHOR OOSAI KO THULO SHOR"... Slogan of Public Supremacy by Maoist is like "DOODH KO SAACHI BIRALO" . How could a cat be a caretaker of milk? No body trust it, Right?
nepalitexan1 · May 22, 2009 9:49 PM
nope.. nobody can trust... Prachana and Maoists are now only giving some lame excuses to exit. That's all...
Ved555 · May 22, 2009 10:09 PM
Maoist and Prachanda are just trying to lure people again by repeating the sweet and patriotic, but fake slogan "Public Supremacy". Wake up People and don't be fool anymore before it's too late.
nepalitexan1 · May 22, 2009 10:33 PM
Why can not he stand firmly without twisting his body every second left and right? What is wrong with him or his body? His body motion and his "ho pani hoina pani huncha" theory perfectly match. Both show that he is unstable.
GP · May 22, 2009 10:52 PM
नौ महिनामै प्रधानमन्त्रीको कुर्सीबाट गल्हत्तिनु पर्दा अहिले फिट्फिटे महोदयको हालत तातो तेल म परेको फुरौलोको जस्तो भएको होला । स्वयंघोसित 'राष्ट्रबादी'ले अहिले अरु सबैलाई दलाल देखेर सार्वजनिक गाली गर्दै विलाप गर्नु त कुन ठुलो कुरा भयो र। आफ्नै आङ को भैंसी देख्न सक्ने भैदिएको भए यत्रो रडाको किन मच्चिन्थ्यो। नौ महिनामा सपरिवार बिदेश भ्रमण गर्ने बाहेक देशको लागि सिन्को नभाच्नेले भोलिदेखि नै जनता को नाम मा सडक मा तान्डव नाँच शुरु गर्ने होला, त्यो पो समस्या छ त । Propoganda पनि यस्तो छ कि ६०% जनता को त भोट नै होइन, माओवादीलाई भोट दिने मात्रै जनता !!
naivelyStupid · May 22, 2009 11:53 PM
Hey Ignitor: Are you one of the gang of 20-25 poeple who killed Mr. Hamal??? You went to Nepal from BC... and now this is what you did because your Master Prachanda is being terminated? NC cadre killed in Jumla A Nepali Congress cadre Uma Kant Hamal, 55, has been killed in Jumla Friday night. NC has claimed Hamal was killed by YCL cadres. Hamal was abducted from his house at Friday midnight by a gang of 20 – 25 people. His body was found in a wood near his house Saturday morning. nepalnews.com May 23 09
Ved555 · May 23, 2009 12:05 AM
Ya, Ya, Maoist are terrorist, they shold be punished but who is Khum Bahadur who killed 7 tharus, fire all the villages and killed lot of tharus, who is Sher Bahadur who bombed whole villages, who is Girija who has killed more than 10,000 people. Ya, we are supporting khadka, gachhedar, joshi, wagle, who finished all the wealth of the country. So every one are equally criminal to the country. and who is UML who helped to do all these things for congress for 20 years of democracy. Don't talk about the king, who is terrorising Nepal for more than 200 years.
timer · May 23, 2009 1:40 PM
Time's UP for Maoists... hello Timer.. youare the timer.. you should've known better.. hoina ra????
Ved555 · May 23, 2009 8:20 PM
भ्रष्ट र जाल-साजी कांग्रेसीहरुको हरिबिजोग ! सी के लाल : http://www.himalkhabar.com/hkp... शील नभएको एउटा निरीह प्राणीबारे पाकिस्तानमा एउटा कथा प्रचलित छ। एकपटक एउटा जनअदालत ले एउटा सामान्य कसुरका लागि उसलाई सजाय रोज्न भनेछः कि १०० प्याज हसुर वा १०० कोर्रा खाउ। विचरोले प्याज खान शुरु गर्छ। तर २५ वटा रातो प्याजले वान्ता हुने अवस्था उत्पन्न भएपछि ऊ चिच्याउँछ- होइन वा, बरु कोर्रा खानु जाती। तर कोर्रा खान झ्न् के सजिलो हुन्थ्यो! ऊ फेरि रोज्छ, र प्याज खान्छ। एवंरीतले त्यो विचरो १०० प्याज पनि पचाउँछ र १०० कोर्रा पनि खान्छ। नेकाको अवस्था अहिले झ्ण्डै झ्ण्डै त्यस्तै बन्न पुगेको छ। मा'वादीहरूको मतियारमा दरिसकिएको काङ्ग्रेस एमालेको सत्ता साझ्ेदार बनेपछि आफ्नो रहेसहेको साख पनि रातारात गुमाउने छ। Last edited: 23-May-09 10:25 PM
à¤à¥à¤°à¤·à¥à¤Ÿ कांगà¥à¤°à¥‡à¤¸à¥€ म · May 23, 2009 10:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion